इन्द्रावती गाउँपालिका

इन्द्रावती गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार प्रदेश नं. ३ मा पर्दछ । जनसङ्ख्या र क्षेत्रफलको हिसाबले सानो भएकोले इन्द्रावती गाउँपालिका विकास गर्न भौगोलिक दृष्टिकोणले

विकट भएता पनि यस गाउँपालिकालाई समृद्ध बनाउनका लागि सम्भावित श्रोत र आधारहरु प्रशस्त मात्रामा छन्।

स्थापना सम्पादन गर्नुहोस्

नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु क्रमशः सिम्पालकाभे्र, कुन्चोक, नवलपुर, वाँडेगाउँ, सिपापोखरे, भोटसिपा र भिमटार समेटेर इन्द्रावती गाउँपालिका घोषणा गरिएको थियो । । यस गाउँपालिकामा १२ वडाहरु रहेका छन् ।

महत्त्वपूर्ण स्थानहरु सम्पादन गर्नुहोस्

इन्द्रावती नदि

रानीओढार

भौगोलिक अवस्थिति सम्पादन गर्नुहोस्

इन्द्रावती गाउँपालिका गाउँपालिका समुद्री सतहबाट ६५४ मिटर उँचार्ईदेखि २८३५ मिटर सम्मको उँचाईमा अवस्थित छ । सिन्धुपाल्चोक जिल्लामा अवस्थित १०५.११ व.कि.मी. क्षेत्रफलमा फैलिएकोे यस इन्द्रावती गाउँपालिकाको उत्तरमा पाँचपोखरी थाङपाल गाउँपालिकाजुगल गाउँपालिका पश्चिमतर्फ मेलम्ची नगरपालिका, दक्षिणमा काभ्रे जिल्ला र पूर्वमा चौतारा साँगाचोकगढी नगरपालिका एवं जुगल गाउँपालिका रहेका छन् । पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको केही भागमा खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि अधिकांश भाग पहाडी भागले ओगटेको छ ।

बसोबास सम्पादन गर्नुहोस्

राष्ट्रिय जनगणना, २०६८ अनुसार इन्द्रावती गाउँपालिकाको जनसंख्या २८,५१७ रहेको छ जस मध्ये पुरुष ४६.९१ प्रतिशत (१३,३७६ जना) र महिला ५३.०९ प्रतिशत (१५,१४१ जना) रहेको यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी तामाङ्ग जाति ७४१४ जना (२६ प्रतिशत), दोस्रोमा ब्राम्हण (पहाडी)४२८३ जना (१५.०२ प्रतिशत) र तेस्रोमा क्षेत्री ४१८४ (१४.६७ प्रतिशत) हरूको बसोबास रहेको छ । शैक्षिक हिसावमा यस गाउँपालिकामा सामुदायिक १२ वटा मा.वि, ३९ वटा आधारभूत, र ८ वटा सामुदायिक बालविकास केन्द्र गरी जम्मा ५९ वटा शिक्षण संस्थाहरु संचालित छन् ।

चाडपर्बहरु सम्पादन गर्नुहोस्

परम्परागत संस्कृतिमा आधारित असारे गीत, तीज गीत, झ्याउरे भाका र दोहोरीगीत आदि यस गाउँपालिकामा सर्वाधिक लोकप्रिय छन्। बैशाखी पूर्णिमा, ल्होसार, उधौली, उभौली, बुद्ध पूर्णिमा, असार १५ मा दही चिउरा,साउने संक्रान्ति, नागपञ्चमी, ऋषितर्पणी पूर्णिमा, बडा दशैँ, तिहार, देउसी, माघे संक्रान्ति, फागु पूर्णिमा (होली), रामनवमी, ठूलो एकादशी, नेवार समुदायको सठी, म्ह पुजा आदी विशेष महत्त्वका साथ यहाँका जनमानसले मनाउने मुख्य पर्वहरु हुन्।

संस्कृति, कला, भाषा र साहित्य सम्पादन गर्नुहोस्

इन्द्रावती गाउँपालिकामा विभिन्न जाती, धर्म सम्प्रदाय र भेषभुषाका मानिसहरु बसोबास गर्दछन्। सबै जातजाती र सम्प्रदायका आ–आफ्नै खाले धर्म संस्कृति र चालचलनहरु छन्यहाँको भेषभूषा लाई हेर्दा महिलाले साडी, चोलो तथा पुरुषलेधोती, कुर्ता, कमेज लगाउँछन्। क्षेत्री, बाहुन, कामी, दमाई आदि पुरुषले कमेज–सुरुवाल, दौरा–सुरुवाल लगाउँछन्भने तामाङ्गहरूले चौबन्दी चोलो, लुङ्गी, कम्मरमा पटुकी बाँध्ने गर्दछन्। तर अहिलेको समयमा सबै जातजातिका युवा, युवतीहरु क्रमशः पैन्ट, शर्ट, साडी ब्लाउज, कुर्ता–सलवार नै लगाउन रुचाउँछन्। गाउँपालिकामा रहेका नेवार, दनुवार, माझी, गुरुङ्ग आदीको रहनसहन र संस्कृति गहनाकोरूपमा रहेको छ ।