बाडेगाउँ नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। बाडेगाउँ गाविस जिल्लाको दक्षिणी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट ५ कोष पर्ने यस गाविको कुल क्षेत्रफल २०.२२ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा कुन्चोक गाविस, पश्चिममा शिखरपुर गाविस, बाँसबारी गाविस, उत्तरमा नवलपुर गाविस र दक्षिणमा सिपापोखरे तथा फटकशिला गाविसहरू पर्दछन्। सिपा थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। तामाङ तथा ब्राम्हण जातिहरूको बाक्लो बस्ती भएको यस गाविसका मानिसहरू व्यावसायीक खेती, पशुपालन, माछापालन, नोकरी, व्यापार तथा अन्य पेशामा संलग्न छन्। जिल्ला निर्वाचन क्षत्र नम्बर ३ अन्तर्गत पर्ने यस गाविसमा वि.सं. २०५८ सालको साक्षरता दर ४७ थियो। सोही वर्षको जनगणनामा कुल ११०६ घर परिवार मध्ये कुल जनसङ्ख्या ५९३६ थियो। [१]

बाडेगाउँ
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "बाडेगाउँ", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-१० मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्