सिपापोखरे नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। सिपापोखरे गाविस जिल्लाको दक्षिणी इलाकामा पर्दछ। जिल्ला सदरमुकामबाट पाँच कोष दुरी टाढा पर्ने यस गाविसको कुल क्षेत्रफल १०.४६ वर्ग किलोमिटर छ। यस गाविसको पूर्वमा भोटसिपा गाविस पश्चिममा बाडेगाउँ गाविस उत्तरमा कुन्चोक गाविस र दक्षिणमा भीमटार गाविस पर्दछ। भोटसिपा थुम अन्तर्गत पर्ने यस गाविसमा उष्ण तथा औसत हावापानी पाइन्छ। यस गाविसमा ब्राम्हण जातिको बाहुल्यता छ। गाविसका अधिकांश मानिसहरू कृषिमा निर्भर भएता पनि अन्य मानिसहरू नोकरी तथा अन्य पेशामा आवद्ध छन्। यस गाविसको प्रमुख कृषि बालीमा धान गहु मकै तथा व्यावसायीक तरकारी पर्दछ। जिल्ला निर्वाचन क्षेत्र नम्बर दुई अन्तर्गत पर्ने यस गाविसको वि।सं। २०५८ सालमा कुल जनसङ्ख्या ४३४५ घरपरिवार संख्या ८१९ र साक्षरता दर ३५ थियो।[१]

सिपापोखरे
देश नेपाल
अञ्चलबागमती
जिल्लासिन्धुपाल्चोक
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

  1. "सिपापोखरे", मेरोसिन्धु डट कम, अन्तिम पहुँच २०११-०८-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१५-०३-११ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्