इन्द्रचोक, काठमाडौँ
इन्द्रचोक (नेपाल भाषा: वंघः) काठमाडौँभित्र रहेको एक बजार क्षेत्र हो। यो क्षेत्र नेपालको ऐतिहासिक कालखण्डबाट पार हुन्छ। इन्द्रचोकको चोक, मरू, काठमाडौँ दरबार क्षेत्र, मखन, जन बहा, असन र नक्सलको साथ, पुरानो भारत-तिब्बत व्यापार मार्ग चिन्हित गर्ने गर्दछ जुन अहिले जीवन्त बजार सडक हो।[१] इन्द्रचोकमा छ वटा सडकहरू जोडिन्छन् र चोकलाई काठमाडौँको प्रमुख इलाकाहरूमा जोड्दछन्। यहाँ रहेका हिन्दु मन्दिरहरू र बजारले तीर्थयात्रीहरूको ध्यान तान्दछ।
इन्द्रचोक
वंघः | |
---|---|
पर्यटकीय स्थल सहरी बस्ती | |
निर्देशाङ्क: २७°४२′२२″N ८५°१८′३५″E / २७.७०६०°N ८५.३०९६°Eनिर्देशाङ्कहरू: २७°४२′२२″N ८५°१८′३५″E / २७.७०६०°N ८५.३०९६°E | |
देश | नेपाल |
प्रदेश | बागमती प्रदेश |
जिल्ला | काठमाडौँ जिल्ला |
सहर | काठमाडौँ महानगरपालिका |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
नामकरण
सम्पादन गर्नुहोस्यो चोकको नाम हिन्दू पौराणिक कथाको स्वर्गका राजा इन्द्रको नामबाट राखिएको हो।
मन्दिर र रथयात्रा
सम्पादन गर्नुहोस्इन्द्राचोक एक औपचारिक स्थल हो र प्रमुख उत्सवमा रथयात्रा चोकको मध्य भागबाट पार हुन्छन्। इन्द्रजात्रा समयमा कुमारी, गणेश र भैरवको रथहरू यहाँ हुदैँ तानिन्छन्। सेतो मच्छिन्द्रनाथको रथयात्रा (जना बह दाहा जत्राको रथ यात्रा) पनि इन्द्रचोकको बिचबाट भएर जान्छ।
चित्र दीर्घा
सम्पादन गर्नुहोस्-
सन् १९१० मा इन्द्र चोकको उत्तरी भाग
-
मानिसहरू इन्द्र चोक वरिपरि आवतजावत गर्दै
-
आकाश भैरव
-
आकाश भैरव मन्दिर
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Proksch, Andreas; Baidya, Huta Ram; Deutsche Gesellschaft für Technische Zusammenarbeit, Urban Development Through Local Efforts Project (1995). Images of a century: The changing townscapes of the Kathmandu Valley. Deutsche Gesellschaft für Technische Zusammenarbeit. Page 58.