हिन्दुहरूको पौराणिक कथा महाभारतको एक महत्त्वपूर्ण पात्र अभिमन्यु पूरु कुलको राजा तथा पञ्च पाण्डवहरूमध्ये अर्जुनका पुत्र थिए। कथामा उनको छलद्वारा कारुणिक अन्त देखाइएको छ ।

अभिमन्यु
Abhimanyu
अभिमन्यु युद्धको लागि जादाँ शोक गर्दै उत्तरा
मातापिताअर्जुन (पिता)
सुभद्रा (माता)
सहोदरउपपाण्डव
सन्तानपरिक्षित

जन्म र प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

अभिमन्यु महाभारतको नायक अर्जुन र सुभद्राका पुत्र तथा बलरामकृष्ण भान्जा (बहिनी छोरा) थिए। 'अभी' (=निर्भय) र 'मन्यु' (=क्रोधी) भएकाले यस बालकको नाम अभिमन्यु राखिएको थियो।[] उनलाई चंद्र देवताको पुत्र पनि मानिन्छ। भनिन्छ कि समस्त देवताहरूले आफ्नो पुत्रहरूलाई अवतारका रूपमा धर्तीमा पठाएका थिए तर चन्द्रदेवले भने कि म आफ्नो पुत्रको वियोग सहन गर्न सक्दैन अतः उनको पुत्रलाई मानव योनिमा मात्र सोह्र वर्षको आयु दिए।

अभिमन्युको बाल्यकाल आफ्नो मामाघर द्वारकामा नै बीत्यो।

उनको विवाह महाराज विराटकी पुत्री उत्तरासंग भयो। अभिमन्युको पुत्र परीक्षित, जसको जन्म अभिमन्युको मृत्यु उपरान्त भयो, कुरुवंश का एकमात्र जीवित सदस्य पुरुष थिए जसले युद्धको समाप्ति पश्चात पाण्डव वंशलाई अगाडि बढाए।

कुरुक्षेत्र युद्ध

सम्पादन गर्नुहोस्

अभिमन्यु एक असाधारण योद्धा थिए।

उनले कौरव पक्षको व्यूह रचना चक्रव्यूहको भेदन गरेका थिए। कथा अनुसार अभिमन्युले आफ्नो माताको कोखमा रहँदा नै अर्जुनको मुखबाट चक्रव्यूह भेदन गर्ने रहस्य जानेका थिए। तर सुभद्रा बिचैमा निदाएकोले उनी व्यूह भन्दा बाहिर आउने विधि सुन्न पाएका थिएनन्। अभिमन्युको मृत्युको कारण जयद्रथ थियो जसले अन्य पाण्डवहरू लाई व्यूहमा प्रवेश गर्नबाट रोकेको थियो। संभवतः त्यसैको लाभ उठाएर व्यूहको अन्तिम चरणमा कौरव पक्ष का सबै महारथी युद्धको मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले वीरगति प्राप्त गरे। अभिमन्युको मृत्युको प्रतिशोध लिनको लागि अर्जुनले जयद्रथको वधको शपथ लिएका थिए।

चित्र:Abhimanyu battling alone in the Chakravyuha.jpg
रथको चक्का लिएर युद्धरत अभिमन्यु

तेह्रौं दिन संशप्तहरूले अर्जुनलाई युद्धका लागि हाँक दिए। अर्जुन उनीहरूसँग भिड्दै दक्षिण दिशातर्फ गए। निश्चित स्थानमा पुगेपछि अर्जुन र संशप्तहरूको घोर सङ्ग्राम भयो।अर्जुन दक्षिण तर्फ गएपछि द्रोणाचार्यले कौरव सेनाको चक्रव्युहमा फेरबदल गरेर युधिष्ठिरमाथि आक्रमण गरे। युधिष्ठिरका तर्फबाट भीम, सात्यकी, चेकितान, धृष्ट्द्युम्न, कुन्तीभोज, उत्तमौजा, विराटराज, कैकेय आदि अन्य पनि निकै सुबिख्यात महारथिहरूले द्रोणाचार्यको आक्रमणको वाढी रोक्न जीउ-ज्यानले कोसिस गरे। तैपनी द्रोणको वेगलाई उनीहरूले रोक्न सकेनन् । यस्तो देखेर पाण्डवतर्फका सबै महारथीहरू चिन्तित भए।

सुभद्रा पुत्र अभिमन्यु बालकै थिए। तैपनि आफ्नो रणकुशलता र शूरतामा प्रसिद्ध भैसकेका थिए। मानिसहरू उनलाई कृष्ण र अर्जुनको बराबरी सम्झन्थे। युधिष्ठिरले ती वीर बालकलाई बोलाएर भने- "बाबू! द्रोणाचार्यले हामीलाई निकै दु:ख दिइरहेका छन्। हामीले हार्नुपर्यो भने त अर्जुनले हाम्रो निन्दा गर्ने छन्। द्रोणले रचेको चक्रव्यूहलाई हामीमध्ये अन्य कसैले पनि तोड्न सक्दैन। त्यसलाई तोड्न तिमीबाट मात्र सम्भव छ। त्यासले आज तिमी द्रोणको सेनामा आक्रमण गर्न तयार होऊ।"

युधिष्ठिरको कुरालाई समर्थन गर्दै भीमसेनले भने-" तिम्रो ठीक पछि पछि म हिड्ने छु। धृषद्युम्न, सात्यकी आदि वीर पनि आ-आफ्ना सेनाका साथ तिम्रो अनुकरण गर्ने छन्। एक पटक तिनीले व्यूह तोडिदियौ भने यो निश्चित सम्झ, हामी सबैए कौरव सेनालाई तहस नहस गरिदिने छौ।" यस्तो सुने निकै उत्साहका साथ अभिमन्युले भने- "म आफ्नो वीरता र पराक्रमद्वारा मामा र पिताजीलाई अवश्य प्रसन्न गर्ने छु।"

आफ्नो सारथीलाई उत्साहित गर्दै अभिमन्युले भने-"सुमित्र! उता हेर! द्रोणाचार्यको रथको ध्वजालाई। त्यसैतर्फ चलाऊ। छिटो गर"। सारथीले आज्ञा पाएर त्यसै तर्फ रथ चलाए। रथको गतिमा सन्तुष्ट नभएर अभिमन्युले सारथिलाई अझै छिटो हिँडाउन उत्तेजित गराए। उत्साहमा आएर उनी बारम्बार भन्न थाले- "छिटो हिँडाऊ, छिटो हिँडाऊ।" यसपछि सारथिले नम्रभावमा भने- "महाराज युधिष्ठिरले तपाईंमाथि यत्रो ठूलो जिम्मेवारी दिनु भएको छ। मेरो विचारमा त तपाईँले अलिबेर विचार गरेर मात्र व्यूहमा प्रवेश गर्ने निश्चय गर्नुहोस्। द्रोणाचार्य अस्त्रविद्याको महान् आचार्य हुनुहुन्छ र महाबली पनि। तपाईं त अहिले केवल बालकमात्र हुनुहुन्छ।" यस्तो सुनेर अभिमन्यु हाँसे र भबे-"सुमित्र! मेरा मामा श्रीकृष्ण र पिता महारथी अर्जुन हुन् भन्ने कुरा तिमीले बुझ्नुपर्छ । शत्रु पक्षका सबै वीरहरूको शक्ति मेरो शक्तिको सोह्रौँ भाग पनि छैन। तिमी पिर नगर। रथ तेज सँग द्रोणाचार्यको सेना तर्फ लैजाऊ। निकै तेजसँग रथ चलाऊ। " अभिमन्युको आज्ञा पाएर सारथिले उतैतिर रथ बढाए।

तीन-तीन वर्षका राम्रा र वेगवान घोडाले त्यो सुनौलो रथलाई निकै द्रुत गतिमा कौरव सेना तर्फ दौडाए। कौरव सेनामा हलचल मच्चियो-"अभिमन्यु आए। उनको पछाडि पाण्डव वीर सेनाहरू आइरहेका छन्।" अभिमन्युको रथलाई आफूतर्फ वेगले आइरहेको देखेर कौरव सेनाको मन आत्तियो। सबै मन मनै भन्न थाले-"वीरतामा अभिमन्यु अर्जुनभन्दा पनि बढी भए जस्तो लाग्छ। आजको दिनमा भगवान नै रक्षक हुनुहुन्छ।" सिंहको बच्चाले हात्ती लाई झम्टे जसरी अभिमन्युको रथ अघि बढ्यो। द्रोणाचार्यले हेर्दाहेर्दै उनले बनाएको व्यूह भङ्ग भयो र अभिमन्यु व्यूहभित्र पुगे। कौरव वीरहरू एक-एक गरेर अभिमन्युसँग लड्न भनी आउँदै गए र आगोमा परेका पुतलीजस्तै गरि भस्म हुँदै गए। जो पनि अगाडि पर्थ्यो, उक्त वीर बालकको वाणले मारिन्थ्यो।

बालक अभिमन्युको वीरता/ पराक्रम देखेर कौरव-सेना आर्त्तस्वरमा हाहाकार मच्चियो। "पापी अभिमन्युको क्षण वध गर।" दुर्योधनले चिच्चाएर भने र द्रोण, कृपाचार्य, कर्ण, अश्वत्थामा, वृहदबल, कृतवर्मा आदि छ महारथिले अभिमन्युलाई चारैतिर बाट घेरे। द्रोणले कर्णको नजिक गैर भने - "यिनको कवच अभेद्य छ । ठीकसँग निशाना लगाएर यिनको रथको घोदाको लगाम काट र पछाडी बाट यिनी बाट अस्त्र चलाउ।" व्यूहको अन्तिम चरणमा कौरव पक्षको सबै महारथी युद्धको मापदण्डहरूलाई भुलाएर उक्त बालक माथि बर्सिए, जसको कारण उनले वीरगति प्राप्त गरे।[]

अभिमन्यु चक्रव्यूह मा।
अभिमन्यु चक्रव्यूह मा।

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

ढाँचा:कुरुक्षेत्र युद्ध का योद्धा

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्