कौरव
महाभारतमा पाण्डवहरूका जेठा बुवा धृतराष्ट्रकी पत्नी गान्धारीको एउटै गर्भबाट सय भाइ छोरा र एक छोरीको जन्म भएको थियो। ती सय भाइरूलाई नै कौरव भनिन्छ। कौरवहरूका जेठा भाइको नाम दुर्योधन तथा सुयोधन थियो। पाण्डवहरूसँग कौरवहरूको बाल्य काल देखि नै बिरोध थियो। बाल्यकालदेखि नै पाण्डवहरूका भाइ भीमसेनलाई विषका लड्डु ख्वाउनु, माता कुन्ती सहित पाँचै भाइ पाण्डवहरूलाई लाक्षागृह (लाहाको घर) बनाई आगो लगाउनु इत्यादि दु:ख दिंदै आएका थिए भने पछि पाण्डवहरूलाई शकुनीलाई उल्टा कपटी पासाहरू बनाएर जुवामा हराई पाण्डवहरूकी पत्नी द्रौपदीको सभामा ल्याएर साडी तानेर बेइज्जत गर्नुका साथै बाह्र वर्ष वनवास र एक वर्ष गुप्त वासको कबोल पुरा गरेर मात्र राज्य फर्काउने प्रतिज्ञा गरी राज्यबाट निकाली दिए। यसरी पाण्डवहरूले पनि भने बमोजीम गरे पनि कौरवहरूले राज्य फिर्ता नगरेकाले महाभारत युद्ध गर्नु बाध्यता पर्यो। भारत युद्धमा भिमसेनले कौरवहरूलाई एक एक गर्दै मारेका थिए। [१]
कौरवहरूका नाम
सम्पादन गर्नुहोस्- दुर्योधन
- दुःशासन
- दुःसह
- दुःशल
- जलसंघ
- सम
- सह
- विंद
- अनुविंद
- दुर्धर्ष
- सुबाहु
- दुषप्रधर्षण
- दुर्मर्षण
- दुर्मुख
- दुष्कर्ण
- विकर्ण
- शल
- सत्वान
- सुलोचन
- चित्र
- उपचित्र
- चित्राक्ष
- चारुचित्र
- शरासन
- दुर्मद
- दुर्विगाह
- विवित्सु
- विकटानन्द
- ऊर्णनाभ
- सुनाभ
- नन्द
- उपनन्द
- चित्रबाण
- चित्रवर्मा
- सुवर्मा
- दुर्विमोचन
- अयोबाहु
- महाबाहु
- चित्रांग
- चित्रकुण्डल
- भीमवेग
- भीमबल
- बालाकि
- बलवर्धन
- उग्रायुध
- सुषेण
- कुण्डधर
- महोदर
- चित्रायुध
- निषंगी
- पाशी
- वृन्दारक
- दृढ़वर्मा
- दृढ़क्षत्र
- सोमकीर्ति
- अनूदर
- दढ़सङ्घ
- जरासङ्घ
- सत्यसंघ
- सद्सुवाक
- उग्रश्रवा
- उग्रसेन
- सेनानी
- दुष्पराजय
- अपराजित
- कुण्डशायी
- विशालाक्ष
- दुराधर
- दृढहस्त
- सुहस्त
- वातवेग
- सुवर्च
- आदित्यकेतु
- बह्वाशी
- नागदत्त
- उग्रशायी
- कवचि
- क्रथन
- कुण्डी
- भीमविक्र
- धनुर्धर
- वीरबाहु
- अलोलुप
- अभय
- दृढकर्मा
- दृढरथाश्रय
- अनाधृष्य
- कुण्डभेदी
- विरवि
- चित्रकुण्डल
- प्रधम
- अमाप्रमाथि
- दीर्घरोमा
- सुवीर्यवान
- दीर्घबाहु
- सुजात
- कनकध्वज
- कुण्डाशी
- विरज
- युयुत्सु
पुत्री
सम्पादन गर्नुहोस्- ↑ सुब्बा होम नाथ केदार नाथको महाभारत