२०२० नेपालमा कोरोनाभाइरस महामारी
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
सन् २०७६ माघ १० मा नेपालमा कोरोना भाइरस महामारी प्रथमपटक देखा परेको थियो। जुन दक्षिण एसियाकै प्रथम प्रमाणित मामला थियो । २०७६ माघ मा वुहानबाट नेपालीहरूलाई फिर्ता ल्याएर भक्तपुरमा क्वारनटाइन राखिएको थियो जसमा सबै व्यक्तिको परीक्षण नकारात्मक रहेको थियो । सन् २०७६ फागुन २६ मा २ नेपाली व्यक्ति युएईमा कोरोनाभाइरसबाट संक्रमित भएको प्रमाणित भएको थियो । स्वास्थ्य विभागका अनुसार सन् २०७६ फागुन २७ मा आएका १ दक्षिण कोरियाली व्यक्तिमा रोगको लक्षण देखापरेको थियो, तर उक्त मामला प्रमाणित हुन बाँकी छ । स्वास्थ्यकर्मीहरूले विभिन्न शंकास्पद मामलाहरू रहेको अनुमान गरेका छन् ।
२०२० नेपालमा कोरोना भाइरस महामारी | |
---|---|
रोग | कोभिड-१९ |
विषाणुको प्रजाति | सार्स-कोभ-२ |
स्थान | नेपाल |
प्रथम सङ्क्रमित घटना | बागमती प्रदेश |
आगमन मिति | २०७६ पुष २० |
उत्पत्ति | वुहान, चीन |
निश्चित सङ्क्रमित | ६०३ |
स्वस्थ्य लाभ भएका | ४७ |
मृत | ३ |
अञ्चल | बाग्मती प्रदेश, सुदूरपश्चिम प्रदेश |
शङ्कास्पद सङ्क्रमित‡ | - |
‡ Suspected cases have not been confirmed as being due to this strain by laboratory tests, although some other strains may have been ruled out. |
फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षिया नेपाली छात्रालाई चैत १० कोरोनाभाइरस प्रमाणित भएपश्चात नेपालको दोस्रो प्रमाणित मामला देखापरेको थियो । चैत १२ मार्चमा खाडी मुलुकबाट आयात गरिएको तेस्रो कोरोनाभाइरस बिरामी देखापरेको थियो । काठमाडौँ बाहिर पहिलो पटक कोरोनाभाइरस संक्रमण चैत १४ धनगढीमा देखिएको थियो जुन नेपालको चौथो संक्रमण थियो ।
पृष्ठभूमि
सम्पादन गर्नुहोस्कोभिड-१९ महामारी
सम्पादन गर्नुहोस्महामारी कोरोनाभाइरस रोग २०१९ (COVID-19) novel korona virus (सार्स-कोभ -२) को कारणले हुन्छ। [१] यसको प्रकोप पहिलो पटक चीनको वुहान, हुबेईमा डिसेम्बर २०१९ मा पहिचान गरियो र ११ मार्च २०२० मा विश्व स्वास्थ्य सङ्गठन (WHO) द्वारा महामारीको रूपमा मान्यता दिइयो। [२] सन् २०७६ चैत ६ सम्म, कोभिड-१९बाट सङ्क्रमित ७०८,००० भन्दा बढी घटनाहरू १९० भन्दा बढी देश र क्षेत्रहरूमा रिपोर्ट गरिएका छन्, जसको परिणाममा लगभग 33,500 भन्दा बढीको मृत्यु भएको छ। [३] र १५०,००० भन्दा बढी व्यक्तिहरूको सङ्क्रमणबाट ठीक पनि भए। [४] भाइरस मुख्यतया इन्फ्लूएन्जा जस्तै मानिसमा khoki वा hachhyubaat श्वासप्रवाहको थोप्ला द्वारा फैलिन्छ।[५][६][७] एक्सपोजर र लक्षण सुरुवात बीचको समय सामान्यतया पाँच दिन हो तर दुईदेखि चौध दिनसम्म हुन सक्छ। [७][८] लक्षणमा प्राय: ज्वरो, सुख्खा खोकी, र सास फेर्न गाह्रो हुन्छ। [७][८] जटिलताहरूमा निमोनिया र तीव्र श्वासप्रश्वासको समस्या सिन्ड्रोम हुन सक्छ। त्यहाँ कुनै खोप वा विशिष्ट एन्टिवाइरल उपचार छैन, तर अनुसन्धान जारी छ। प्रयासहरू लक्षित लक्षणहरू र सहयोगी थेरापी प्रबन्ध गर्ने उद्देश्यले हुन्। सिफारिस गरिएको रोकथाम उपायहरूमा हात धुनु, खोक्ने बेला मुख ढाक्नु, अन्य व्यक्तिहरूबाट दूरी राख्नु (विशेष गरी जो अस्वस्थ छन्), र संक्रमित भएको आशंकामा रहेको व्यक्तिहरू चौध दिनसम्म निगरानी र सेल्फ-इसोलेशनमा बस्नु पर्दछ। आत्म-पृथक गर्दछ। [६][७][९]
महामारीको समयरेखा
सम्पादन गर्नुहोस्प्रमाणित मामलाहरू
सम्पादन गर्नुहोस्जनवरी
सम्पादन गर्नुहोस्- कोरोना भाइरस (सार्स-कोभ-२) को उद्गमस्थल चीनको वुहान सहरबाट ३१ वर्ष नेपाली विद्यार्थी सन् ५ जनवरी २०२० मा नेपाल आएका थिए । सन् १३ जनवरीमा उनी रूघाखोकीबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए र १७ जनवरीमा उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमै क्वारनटाइन गर्नु भनिएको थियो । उनको घाँटीको थुकको नमुना हङकङ पठाइएको थियो । सन् २४ जनवरी २०२० मा नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले उनको कोभिड-१९ रोग परीक्षण सकरात्मक रहेको जनाएको थियो । उनको २९ तथा ३१ जनवरी २०२० मा फेरि कोभिड-१९ परीक्षण गर्दा कारोनाभाइरस नरहेको पुष्टि भएको थियो ।[१०][११][१२] ३ हप्तापछि पनि उक्त बिरामीसँग नजिक रहेका स्वास्थ्यकर्मीहरूमा रोगको लक्षण देखा नपरेको हुँदा उनले उक्त रोग अरूलाई नसारेको प्रमाणित भएको थियो ।[१३]
मार्च
सम्पादन गर्नुहोस्- सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ वर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँमा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।[१४][१५][१६]
- २५ मार्चमा नेशनल हेल्थ पब्लिक ल्याबोरेटोरी (एनएचपीएल)ले १ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएसँगै बिरामीको संख्या ३ पुगेको थियो ।[१७][१८] उक्त ३२ वर्षिय व्यक्ति १८ मार्चमा एअर अरबियाबाट दुबई, युएई देखि काठमाडौँ आएका थिए र उनमा कोरोनाभाइरसको संक्रमण २४ मार्चमै पुष्टि भएको एनएचपीएलले जानकारी गराएको थियो । उनी धादिङका स्थानीय हुन् तर उनले काठमाडौँको आएपश्चात होटलमा बसेका थिए र कुनै क्वारेनटाइनको नियम पालना गरेका थिएनन् ।[१९][२०][२१]
- २७ मार्चमा ३४ वर्षीय नेपाली पुरूषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै काठमाडौँ बाहिर पहिलो कोरोनाभाइरस संक्रमण र नेपालको चौथो कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी धनगढीको सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।[२२][२३]
- पाँचौ कोरोनाभाइरस संक्रमण २८ मार्चमा १९ वर्षिया नेपाली युवतीमा पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार र कतारबाट २३ मार्चमा क्युआर- ६५२ हुँदै नेपाल आएकी थिइन् ।[२४][२५]
अप्रिल
सम्पादन गर्नुहोस्- अप्रिल २ मा भर्खर १७ मार्चको दिन १९ वर्षीया महिलाको साथ बेल्जियमबाट काठमाडौँ यात्रा गर्ने ६५ वर्षीया महिलाले सकारात्मक परीक्षण गरी सङ्क्रमित रहेको पुष्टि भए। स्वास्थ्यमन्त्रीले उनी बाग्लुङ्गमा आफ्नो घरमा बसिरहेको कुरा पुष्टि गरे। [२६]
- अप्रिल ४ मा नेपालको सुदूर पश्चिमी क्षेत्रमा तीन नयाँ सकारात्मक घटनाहरूको पुष्टि भयो। ती मध्ये २१-वर्षे कैलालीका पुरुष छन् जो भारतको मुम्बईबाट फर्केका थिए, ४१ वर्षीया पुरुष कञ्चनपुरका जो भारतको उत्तराखण्डबाट फर्केका थिए, र कैलालीका ३४-वर्षे युवती जो पहिले संक्रमित व्यक्ति मध्ये एकको नातेदार हुन।[२७] यो नेपालमा स्थानीय कोरोनाभाइरस प्रसारणको पहिलो मामला हो। [२८]
- मे ६ मा वीरगञ्जमा एकै परिवारका १७ जनामा कोरोना संक्रमित पुष्टि
प्रमाणित मामलाहरूको सूची
सम्पादन गर्नुहोस्मामला नं. | प्रमाणित मिति | वर्ष | लिङ्ग | राष्ट्रियता | रोग लागेको स्थान | रोगको उपचार गरिएको स्थान | वुहान, चीन गएको/नगएको | अन्य कोभिड-१९ संक्रमित देश (चीनबाहेक) गएको/नगएको | स्थिति | कैफियत | स्रोत |
---|---|---|---|---|---|---|---|---|---|---|---|
१ | २४ ज्यानवरी २०२० | ३१ | पुरुष | नेपाली | बागमती प्रदेश | शुक्रराज अस्पताल, टेकु | हो | होइन | डिस्चार्ज गरिएको | दक्षिण एसियाकै पहिलो संक्रमण मामला । | [१०][२९] |
२ | २३ मार्च २०२० | १९ | महिला | नेपाली | बागमती प्रदेश | शुक्रराज अस्पताल, टेकु | होइन | हो | उपचाररत | फ्रान्सबाट कतार हुँदै नेपाल आएकी | [१५] |
३ | २४ मार्च २०२० | ३२ | पुरुष | नेपाली | बागमती प्रदेश | शुक्रराज अस्पताल, टेकु | होइन | हो | उपचाररत | युएईबाट नेपाल आएको | [१७][१९] |
४ | २७ मार्च २०२० | ३४ | पुरुष | नेपाली | सुदूरपश्चिम प्रदेश | सेती अञ्चल अस्पताल, धनगढी | होइन | हो | उपचाररत | युएईबाट नेपाल आएको | [२३] |
प्रान्त अनुसार तथ्यांक
सम्पादन गर्नुहोस्नेपालका प्रान्तहरु[note १] | बिरामी [note २] | निको[note ३] | मृत्यु | स.बि. | स्रोत | |
---|---|---|---|---|---|---|
७ | ४ | १ | ० | ३ | ||
कोशी प्रदेश | ० | ० | ० | ० | ||
मधेश प्रदेश | ० | ० | ० | ० | ||
बागमती प्रदेश | ३ | १ | ० | २ | ||
गण्डकी प्रदेश | ० | ० | ० | ० | ||
प्रदेश नं. ५ | ० | ० | ० | ० | ||
कर्णाली प्रदेश | ० | ० | ० | ० | ||
सुदूरपश्चिम प्रदेश | १ | ० | ० | १ | ||
२६ अक्टोबर २०२४ (युटिसी) अनुसार· प्रमाणित मामिलाहरूको इतिहास: कोरोनाभाइरस महामारी | ||||||
शंकास्पद मामलाहरू
सम्पादन गर्नुहोस्- सन् १० मार्चमा नेपाल आएका १ दक्षिण कोरियाली व्यक्तिमा कोभिड-१९ को लक्षण देखा परेपछि उनलाई शंकास्पद मानिएको छ ।[३२]
- १४ मार्चमा एक साउदी अरबबाट आएका नेपाली कामदार व्यक्तिले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (विपीकेआईएचएस) धरानमा उपचार गर्न गएका थिए जसलाई विराटनगर कोशी अस्पतालबाट उक्त अस्पतालमा कोरोनाभाइरसको आशंकामा पठाइएको थियो । विपीकेआईएचएसका चिकित्सकहरूको सल्लाहको अवज्ञा गर्दै उनले आईसोलेशन वार्डमा बस्न मानेनन् र घर फर्किए । उनले धरान आउन विराटनगरदेखि बस चढेका थिए । यदि उनको परीक्षण सकरात्मक देखापरेको स्थितिमा चिकित्सकहरूका अनुसार उक्त बसमा सवार सबै व्यक्तिहरूलाई पत्ता लगाउनुपर्ने हुनेछ । उक्त व्यक्तिले आइतबार १५ मार्चमा घाँटी थुक तथा नाकको सिगानको नमुना दिने बताएका छन् ।[३३]
- शुक्रवार मार्च २० मध्यरात्रि पछि अध्यागमन विभागको उडान निषेध निर्देशन अवज्ञा गर्दै निषेधित क्षेत्रहरूबाट ट्रान्जिट हुँदै आएको एअर इन्डिया र थाई एअरवेजबाट आएका ६४ नेपालीलाई १४ दिने क्वारेनटाइनका लागि खरिपाटी भक्तपुर पठाइएको थियो ।[३४]
- २१ मार्चमा अध्यागमन विभागको उडान निषेध निर्देशन अवज्ञा गर्दै सिंगापुरबाट काठमाडौँ आएको सिल्क एअरका २ जापानी तथा १ डच नागरिक यात्रुलाई खरिपाटीमा क्वारेनटाइन पठाइएको र बाँकी नेपाली नागरिकलाई घरमै १४ दिने क्वारेनटाइन गर्न निर्देशन दिइएको थियो । उक्त जहाजमा निषेधित युरोपेली राष्ट्रका नागरिक सवार भएकाले फिर्ता जान निर्देशन दिइँदा पनि इन्धन सकिएको आधारमा अवतरण गराइयो र तत्पश्चात यात्रुहरूले नाराबाजी लगाउँदै फिर्ता जान मानेका थिएनन् ।[३५]
- कोरोनाभाइरस संक्रमित १९ वर्षीया किशोरीसँगै १७ मार्चमा कतारबाट काठमाडौँ आएका बाग्लुङ ढोरपाटन नगरपालिकाका १ युवालाई घरमै आइसोलेसनमा राख्ने तयारी भएको थियो । २३ मार्चमा सहयात्री किशोरीको संक्रमण साबित भएसँगै उनलाई कोरोनाभाइरस संक्रमण भएको आशंका गरिएको थियो । उनी एक रात काठमाडौँ बसेर बाग्लुङ गएका थिए ।[३६]
नेपालबाट विदेशमा फैलावट तथा विदेशमा नेपाली बिरामीहरू
सम्पादन गर्नुहोस्- १३ फेब्रुअरीमा स्पेनमा निमोनियाबाट भएको मृत्युमा अनुसन्धानद्वारा उनी कोभिड-१९बाट संक्रमण भएको र उनको पछिल्लो यात्रा इतिहास नेपालमा भएको पत्ता लागेको थियो । यस अनुसन्धानबाट उक्त मामला स्पेनको पहिलो कोरोनाभाइरस मृत्यु साबित भएको थियो ।[३७][३८][३९]
- सिंगापुर हुँदै तास्मानिया, अस्ट्रेलिया पुगेका एक नेपाली विद्यार्थीमा ८ मार्चमा कोभिड-१९ पुष्टि भएको थियो ।[४०]
- ९ मार्चमा युएईमा २ नेपालीहरूमा कोभिड-१९ पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।[४१][४२]
- १७ मार्च मंगलबार राति ६६ वर्षीय नेपाली मूलका भूतपूर्व बेलायती गोरखाली सैनिक लीला बहादुर राईको बेलायत लण्डनको नोर्थविक पार्क अस्पतालमा कारोनाभाइरस संक्रमणबाट मृत्यु भएको थियो ।[४३]
- २० मार्चमा लन्डनमा १ नेपाली महिला (भगवती रानाभाट)लाई कोरोनाभाइरस संक्रमण भइ लण्डनको नोर्थविक पार्क अस्पतालमा भर्ना भएको उक्त बिरामीले फेसबुकबाट जानकारी गराएकी थिइन् । त्यस्तै १ नेपाली युवा व्यवसायीलाई कोरोनाभाइरसको संक्रमण भएको लोकान्तर डटकमले जानकारी गराएको थियो ।[४४]
- बहराइनमा २१ मार्चमा २ नेपाली कामदार र २२ मार्चमा १ नेपाली कामदारमा कोरोनाभाइरस पुष्टि भएको थियो ।[४५]
- २३ मार्चमा युएईमा ३ निको भएका व्यक्तिहरूमा २ नेपाली कामदारहरू रहेको थिए । [४६]
- १ नेपाली आप्रवासी उबर चालक अनिल सुब्बाको न्यु योर्क, अमेरिकामा २५ मार्चको अमेरिकी रात्रि समय १२:३०मा निधन भएको थियो ।[४७]
स्रोत
सम्पादन गर्नुहोस्- ↑ "Coronavirus disease 2019", World Health Organization, अन्तिम पहुँच १५ मार्च २०२०।
- ↑ "WHO Director-General's opening remarks at the media briefing on COVID-19 – 11 March 2020", World Health Organization, ११ मार्च २०२०, अन्तिम पहुँच ११ मार्च २०२०।
- ↑ उद्दरण त्रुटी: अवैध
<ref>
चिनो;WOM
नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन - ↑ "Coronavirus COVID-19 Global Cases", Johns Hopkins University, अन्तिम पहुँच २० मार्च २०२०।
- ↑ "Getting your workplace ready for COVID-19", World Health Organization, २७ फेब्रुअरी २०२०।
- ↑ ६.० ६.१ "Q&A on coronaviruses", WHO.int, World Health Organization, ११ फेब्रुअरी २०२०, अन्तिम पहुँच २४ फेब्रुअरी २०२०।
- ↑ ७.० ७.१ ७.२ ७.३ "Symptoms of Novel Coronavirus (2019-nCoV)", CDC.gov, US Centers for Disease Control and Prevention), १० फेब्रुअरी २०२०, अन्तिम पहुँच ११ फेब्रुअरी २०२०।
- ↑ ८.० ८.१ Rothan, H. A.; Byrareddy, S. N. (फेब्रुअरी २०२०), "The epidemiology and pathogenesis of coronavirus disease (COVID-19) outbreak", Journal of Autoimmunity: १०२४३३, डिओआई:10.1016/j.jaut.2020.102433, पिएमआइडी 32113704।
- ↑ "Coronavirus Disease 2019 (COVID-19)", CDC.gov, US Centers for Disease Control and Prevention, ११ फेब्रुअरी २०२०, अन्तिम पहुँच ९ मार्च २०२०।
- ↑ १०.० १०.१ "Nepal confirms first case of new coronavirus", Reuters (अङ्ग्रेजीमा), २०२०-०१-२४, मूलबाट ५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११।
- ↑ Bastola, Anup; Sah, Ranjit; Rodriguez-Morales, Alfonso J.; Lal, Bibek Kumar; Jha, Runa; Ojha, Hemant Chanda; Shrestha, Bikesh; Chu, Daniel K. W.; Poon, Leo L. M.; Costello, Anthony; Morita, Kouichi (२०२०-०३-०१), "The first 2019 novel coronavirus case in Nepal", The Lancet Infectious Diseases (Englishमा) 20 (3): 279–280, आइएसएसएन 1473-3099, डिओआई:10.1016/S1473-3099(20)30067-0।
- ↑ "Nepali man suspected to have been infected with the new strain of coronavirus discharged", kathmandupost.com (Englishमा), मूलबाट २८ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११।
- ↑ १३.० १३.१ "Two more coronavirus cases suspected but government agencies are woefully prepared to combat its spread", kathmandupost.com (Englishमा), मूलबाट १ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११।
- ↑ https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/
- ↑ १५.० १५.१ https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19
- ↑ https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html
- ↑ १७.० १७.१ https://myrepublica.nagariknetwork.com/news/nepal-confirms-third-covid-19-case/
- ↑ https://thehimalayantimes.com/kathmandu/third-person-tests-positive-for-covid-19-in-nepal/
- ↑ १९.० १९.१ https://kathmandupost.com/health/2020/03/25/public-health-laboratory-confirms-third-covid-19-case
- ↑ https://m.republicworld.com/world-news/rest-of-the-world-news/nepal-reports-third-coronavirus-positive-case.html वेब्याक मेसिन अभिलेखिकरण २०२०-०३-२५ मिति
- ↑ https://thehimalayantimes.com/nepal/man-from-uae-third-nepali-with-covid/
- ↑ https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/
- ↑ २३.० २३.१ https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case
- ↑ https://thehimalayantimes.com/nepal/fifth-person-tests-positive-for-covid-19-in-nepal/
- ↑ https://kathmandupost.com/national/2020/03/28/fifth-covid-19-case-reported-in-nepal
- ↑ "Health Ministry confirms sixth Covid-19 case", kathmandupost.com (Englishमा), अन्तिम पहुँच २०२०-०४-०२।
- ↑ "Three new positive cases for Covid-19 in Nepal", himalayantimes.com (Englishमा), अन्तिम पहुँच २०२०-०४-०४। वेब्याक मेसिन अभिलेखिकरण २०२२-०७-०५ मिति
- ↑ "First person-to-person Covid-19 transmission in Nepal", himalayantimes.com (Englishमा), अन्तिम पहुँच २०२०-०४-०४।
- ↑ Bastola, Anup; Sah, Ranjit; Rodriguez-Morales, Alfonso J.; Lal, Bibek Kumar; Jha, Runa; Ojha, Hemant Chanda; Shrestha, Bikesh; Chu, Daniel K. W.; Poon, Leo L. M.; Costello, Anthony; Morita, Kouichi (२०२०-०३-०१), "The first 2019 novel coronavirus case in Nepal", The Lancet Infectious Diseases (Englishमा) 20 (3): 279–280, आइएसएसएन 1473-3099, डिओआई:10.1016/S1473-3099(20)30067-0।
- ↑ "Coronavirus suspect goes missing", The Himalayan Times (en-USमा), २०२०-०२-१३, मूलबाट १५ फेब्रुअरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११।
- ↑ "Three coronavirus suspects test negative", The Himalayan Times (en-USमा), २०२०-०२-१४, मूलबाट ११ मार्च २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२०-०३-११।
- ↑ "Suspected COVID-19 case", The Himalayan Times (en-USमा), २०२०-०३-११, अन्तिम पहुँच २०२०-०३-१२।
- ↑ https://kathmandupost.com/2/2020/03/14/man-suspected-of-having-coronavirus-refuses-to-stay-in-isolation-ward-and-returns-home
- ↑ https://www.nepalitimes.com/latest/nepal-quarantines-passengers-on-singapore-flight/
- ↑ https://thehimalayantimes.com/kathmandu/all-98-passengers-in-silk-air-confirmed-to-be-nepali-citizens-three-sent-to-quarantine/
- ↑ http://annapurnapost.com/news/151122
- ↑ https://www.dailymail.co.uk/news/article-8071139/Spains-coronavirus-death-Man-travelled-Nepal-died-virus-MONTH.html
- ↑ https://www.abc.es/espana/comunidad-valenciana/abci-hombre-habia-contagiado-coronavirus-murio-13-febrero-valencia-202003032010_noticia.html
- ↑ https://thehimalayantimes.com/nepal/spanish-coronavirus-victim-visited-nepal/
- ↑ "Nepali in Australia tests positive for coronavirus", The Himalayan Times (en-USमा), २०२०-०३-०९, अन्तिम पहुँच २०२०-०३-११।
- ↑ https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-14-new-cases-of-covid-19-announced-in-uae
- ↑ "Two Nepalis test positive for coronavirus in UAE", The Himalayan Times (en-USमा), २०२०-०३-१०, अन्तिम पहुँच २०२०-०३-१२।
- ↑ https://thehimalayantimes.com/kathmandu/elderly-nepali-origin-man-dies-of-virus-in-uk/
- ↑ https://lokaantar.com/story/103913/2020/3/24/corona
- ↑ https://thehimalayantimes.com/nepal/three-nepalis-contract-covid-19/
- ↑ https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-uae-confirms-45-new-cases
- ↑ https://nypost.com/2020/03/25/uber-driver-who-stopped-working-to-avoid-coronavirus-dies-from-disease/