हनुमाननगर कंकालिनी नगरपालिका
(हनुमाननगर कङ्कालिनी नगरपालिकाबाट अनुप्रेषित)
हनुमाननगर कंकालिनी नगरपालिका सप्तरी जिल्लाको ९ नगरपालिकाहरू मध्येको एक हो।[३][४][५] स्थानीय विकास मन्त्रालयले २०७२ आस्विन १ गते थप २६ वटा नयाँ नगरपालिका थप्दा हनुमाननगर, जोगिनियाँ-१, जोगिनियाँ-२, गोवरगाढा र इनर्वा गरी ५ गाउँ विकास समितिहरूलाई समेटेर हनुमाननगर योगिनीमाई नगरपालिका घोषणा गरिएको थियो।[६] भने २७ फागुन २०७३ मा क्षेत्र विस्तार गर्दा साविकको रामपुर मल्हनिया, भारदह, पर्ताहा र मधुवापुर गाविसलाई पनि यसमा गाभिएको थियो। हनुमाननगर कंकालिनी नगरपालिकाको केन्द्र हनुमाननगर गाउँ विकास समितिको कार्यालयमा रहेको छ।
हनुमाननगर कंकालिनी नगरपालिका | |
---|---|
निर्देशाङ्क: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°Eनिर्देशाङ्कहरू: २६°३८′N ८६°४०′E / २६.६३°N ८६.६७°E | |
देश | नेपाल |
प्रदेश | मधेश प्रदेश |
जिल्ला | सप्तरी |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | वीरेन्द्र माझी (जनमत पार्टी) |
• उपप्रमुख | सरितादेवी यादव सिपालिया (जनता समाजवादी पार्टी, नेपाल) |
क्षेत्रफल | |
• जम्मा | ११८.१९ किमी२ (४५.६३ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ५२,७९६ |
• घनत्व | ४५०/किमी२ (१२००/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | +९७७-०४६ |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाको कुल जनसङ्ख्या ५२,७९६ रहेको छ भने यहाँ १०,६४५ घरधुरी रहेका छन्।[२]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ "२६ नयाँ नगरपालिका थप", नागरिक न्युज, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "छब्बिस नयाँ नगरपालिका थप", गोरखापत्र, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका थप, धनगढी उपमहानगरपालिका बन्यो", हिमाल खबर, अन्तिम पहुँच १ असोज २०७२।
- ↑ "२६ नयाँ नगरपालिका घोषणा", अन्नपूर्ण पोष्ट, २०७२ असोज १, अन्तिम पहुँच २०७२ आस्विन १। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०९-१९ मिति