सिंहदरबार
सिंहदरबार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा अन्य सरकारी कार्यालयहरू भएको परिसर हो। यो काठमाडौँको मध्य भागमा अवस्थित छ। यहाँ नेपालका सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालयहरू रहेका छन्।[१]
सिंहदरबार | |
---|---|
सामान्य विवरण | |
वास्तुकलाको ढाँचा | युरोपेली शैली |
सहर | काठमाडौँ |
राष्ट्र | नेपाल |
ग्राहक | नेपाल सरकार |
प्राविधिक विवरण | |
बनावट | ईँट र गिलेवा |
योजना तथा निर्माण | |
वास्तुकार | कुमार नरसिंह राणा, किशोर नरसिंह राणा |
इतिहास
सम्पादन गर्नुहोस्सिंहदरबार राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा इ.सं. १९०३ मा बनाउन लगाएका थिए। यसको निर्माण कार्य सुरू भएको एक वर्ष भित्र नै पूरा भएको थियो। निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसिया भरिको सबैभन्दा ठुलो दरवार थियो। यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रूपैयाँ खर्च भएको थियो।
२००७ सालमा राणा शासनको अन्त्य भए पछि सिंहदरवारमा नेपाल सरकारको कार्यालय राखियो। त्यतिबेला यो दरवारमा प्रधानमन्त्रीको कार्यालय देखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए।
२०३० सालमा यहाँ ठुलो आगलागि भएको थियो। त्यसबाट यसको पछाडि पट्टिको धेरैजसो भाग नष्ट भएको थियो। त्यस आगलागि पछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो। हाल सिंहदरबार परिसरमा थुप्रै नयाँ भवनहरू बनेका छन्।
वास्तुकला तथा शृङ्गार
सम्पादन गर्नुहोस्यो भवन युरोपेली शैलीमा बनेको छ। चन्द्र शमशेर शिकार तथा कलाका सौखिन भएकाले त्यस बेला उनले यसका भित्ताहरू शिकार गरिएका जनावरहरू तथा युरोपेली शैलीका चित्रकलाहरूले सजाएका थिए। बत्ती तथा अन्य शृङ्गारका वस्तुहरू युरोपबाट मगाईएको थियो।
सिंहदरबार विद्रोह
सम्पादन गर्नुहोस्आगलागि
सम्पादन गर्नुहोस्२५ असार २०३० मा सिंहदरबारमा आगलागि भयो र सबै ध्वस्त भयो। नेपालको केन्द्रीय सचिवालय रहेको त्यो कलात्मक भवनमा आगलागि हुँदा मानवीय क्षति नभए पनि ज्यादै ठुलो भौतिक सम्पत्तिका साथै परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्त्वपूर्ण कागजपत्र र दस्तावेजहरू जलेर नष्ट भए। 'विद्युत् सर्ट' भएर आगलागि भएको बताइएको थियो। यस घटना पछि तत्कालीन प्रधानमन्त्री कीर्तिनिधी बिष्टले "आफ्नो जिम्मामा रहेको सरकारी सम्पत्तिमा क्षति भएको" भनेर राजीनामा दिए।
सरकारी कार्यालयहरू
सम्पादन गर्नुहोस्सिंहदरबारमा रहेका महत्वपूर्ण कार्यालयहरू यस प्रकार छन्।
मन्त्रालयहरू
सम्पादन गर्नुहोस्- प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय
- गृह मन्त्रालय
- जलस्रोत मन्त्रालय
- उद्योग मन्त्रालय
- अर्थ मन्त्रालय
- कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय
- जल तथा शक्ति आयोग
- शान्ति तथा पुन:निर्माण मन्त्रालय
- उद्योग मन्त्रालय
- रक्षा मन्त्रालय
- वन तथा भू-संरक्षण मन्त्रालय
- सूचना तथा सञ्चार मन्त्रालय
- परराष्ट्र मन्त्रालय
- वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालय
विभागहरू
सम्पादन गर्नुहोस्अन्य सरकारी कार्यालयहरू
सम्पादन गर्नुहोस्सुरक्षा व्यवस्था
सम्पादन गर्नुहोस्यो नेपालको सबैभन्दा महत्वपूर्ण सरकारी कार्यालय भएकाले यसको सुक्षामा नेपाली सेनाको एक गण खटाईएको छ।
सम्बन्धित लेखहरू
सम्पादन गर्नुहोस्बाह्य कडीहरू
सम्पादन गर्नुहोस्नेपाली टाइम्समा सिंहदरबारको एक चित्रकारको जीवन कथा
- ↑ दीक्षित, कमल (मङ्सिर २०, २०७१), "मजलिसको आँखा–३", हिमाल खबर, अन्तिम पहुँच जेठ २, २०७९।