किशोर नरसिंह राणा

ऐतिहासिक भवनहरूको डिजाइनर इन्जिनियर

कमाण्डिङ्ग कर्णेल किशोर नरसिंह राणा नेपालको ऐतिहासिक भवनहरूको डिजाइनर इन्जिनियर हुन्। यिनी काजी बालनरसिंह कुँवरका नाति एवम् बद्री नरसिंहका पाचौँ पुत्र हुन्। यिनले थोमसन सिभिल इन्जिनियरिङ्ग, रूर्की, भारतबाट शिक्षा हासिल गरेका थिए।[१]

कमाण्डिङ्ग कर्णेल
किशोर नरसिंह राणा
व्यक्तिगत विवरण
मृत्यु२६ अगस्ट, १९४१
अभिभावक
परिचिवास्तुकलाविद्, इन्जिनियर

कार्यसम्पादन

दाजु कुमार नरसिंह राणासँगै यिनले सन् १९०७ मा एसियाकै एक विशाल आवासिय भवन सिंहदरवारको निर्माण गरेका थिए। दाजुभाइ जोडीले श्री दरबारको, हरिहर भवनको डिजाइन बनाएका थिए। त्यस्तै केशर शमशेरको निजी बगैंचा स्वप्न बगैंचाको निर्माण यिनले गरेका हुन्।[२]

यो पनि हेर्नुहोस्सम्पादन

स्रोतसम्पादन