राष्ट्रिय सतर्कता केन्द्र

राष्ट्रिय सतर्कता केन्द्र नेपालमा भ्रष्टाचार निवारण र नियन्त्रणका लागि कानुनी र सङ्गठनात्मक व्यवस्थालाई प्रभावकारी बनाउने उद्देश्यले भ्रष्टचार नियन्त्रणका लागि सशक्त र प्रभावकारी सेवा उपलब्ध गराउने संस्था हो ।

नेपाल सरकार
नेपाल सरकार

यसले मुख्य रूपमा दुई किसिमका कार्यहरू गर्दैछ। पहिलो भ्रष्टचार रोक्नको लागि जनउत्तरदायित्व तथा चेतनाको अभिबृद्धि गर्ने कार्य गर्दछ । दोस्रो, भ्रष्टचार भैसकेको ठाउँमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सघाउने काम गर्दछ ।

काम, कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ३८ले यस केन्द्रलाई देहाय बमोजिम काम, कर्तव्य तथा अधिकार प्रदान गरेको छ।

  • नेपाल सरकारका मन्त्रालय/विभाग/कार्यालय वा सार्वजनिक संस्थाबाट सम्पादन हुनुपर्ने कार्यहरू नियमितरूपमा भए नभएको बिषयमा सूचना सङ्कलन गर्ने।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा र्सार्वजनिक संस्थाबाट नियमितरूपमा हुनु पर्ने कार्य भएको नपाइएमा त्यस्ता निकायलाई सो बिषयमा र्सतर्क गर्ने।
  • र्सार्वजनिक पदधारण गरेको ब्यक्तिले प्रचलित कानुन बमोजिम दिएको सम्पत्ति बिवरण र आयको अनुगमन गर्ने।
  • प्राप्त सम्पत्ति विवरण प्रचलित कानुन बमोजिम छानविन गरी आवश्यक कारवाहीको लागि सम्बन्धित निकायहरूमा लेखी पठाउने।
  • भ्रष्टाचार हुनसक्ने स्थान वा काममा नियमित निगरानी राख्ने, छड्के जाँच र अन्वेषण गर्न आवश्यक व्यवस्था मिलाउने।
  • भ्रष्टचार नियन्त्रण सम्बन्धमा अपनाउनु प्रने नीति, रणनीति र तत् सम्बन्धी काननूमा कनु सुधार गर्नुपर्ने देखिएमा नेपाल सरकारलाई आवश्यक सुझाव दिने।
  • नेपाल सरकारका मन्त्रालय, विभाग, कार्यालय वा र्सार्वजनिक संस्थामा उजुरी पेटीका राख्ने व्यवस्था मिलाउने।
  • भ्रष्टाचारको रोकथाम गर्ने उद्देश्यले आवश्यकता अनुसार सम्बन्धित निकायलाई सुझाव वा निर्देशन दिने।
  • भ्रष्टाचार सम्बन्धी कसुरमा अनुसन्धान गर्ने निकाय वा पदाधिकारीबाट भ्रष्टाचार सम्बन्धी आवश्यक विवरण वा सूचना प्राप्त गरी अद्यावधिक गर्राई राख्ने।
  • भ्रष्टाचार सम्बन्धी प्राप्त कुनै जानकारी सम्बन्धित निकायमा लेखी पठाउने।
  • भ्रष्टाचार नियन्त्रण सम्बन्धमा आइपर्ने अन्य काम गर्ने वा गराउने।
  • नेपाल सरकारले तोकेका अन्य काम गर्ने वा गराउने।

सम्पर्क ठेगाना सम्पादन गर्नुहोस्

राष्ट्रिय सतर्कता केन्द्र
सि‍हदरबार, काठमाडौंं
फोन: ४२००३४३ फ्याक्स: ४२००४००
हट लाईन: इमेल: navic@nvc.gov.np

आधिकारीक वेबसाईट सम्पादन गर्नुहोस्

www.nvc.gov.np वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२९ मिति