ब्रिगेड कर्णेल मान्यवर नेपाल तारा कुमार नरसिंह राणा नेपालको प्रथम सिभिल इन्जिनियर हुन् । उनी काजी बालनरसिंह कुँवरका नाति र बद्रीनरसिंह राणाका काँहिला छोरा हुन् । उनका भाइ किशोर नरसिंह राणा पनि सिभिल इन्जिनियर हुन् ।[] यिनले थोमसन सिभिल इन्जिनियरिङ्ग, रूर्की, भारतबाट शिक्षा हासिल गरेका थिए।

बृगेड कर्णेल मान्यवर नेपाल तारा
कुमार नरसिंह राणा
व्यक्तिगत विवरण
अभिभावक
परिचिआर्किटेक्चर, भवन निर्माण
पुरस्कारनेपाल तारादिश तृतीय श्रेणी

उनले भाइसँग सम्मिलित भई सिंहदरवारको निर्माण गरेका हुन् । भर्सेलिस दरबारको परिकल्पनामा सिंहदरवारको खाका कोरिएको थियो जसमा १७०० कोठाको नक्सा तयार पारिएको थियो । उनले अग्नि शमशेरको निवास शंकर होटलको डिजाईन गरेका हुन् । त्यस्तै विभिन्न भवनहरूमा नियो-क्लासिकल डिजाइन भित्र्याएका थिए । []

यो पनि हेर्नुहोस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्