बबरमहल लण्डनको बकिङघम दरबारको स्वरूपमा वि.सं. १९७० सालमा चन्द्र सम्शेरले आफ्नो छोरा बबरसम्शेर राणाको निम्ति बनाएका थिए। सात हेक्टर जग्गाभित्र रहेको उक्त दरबारको आन्तरिक साजसज्जामा बेलायती शैलीको प्रभाव परेको पाइन्छ ।

बबर महल
बबरमहल हाल सडक विभाग रहेको भवन
नक्सा
सामान्य विवरण
वास्तुकलाको ढाँचायुरोपेली शैली
सहरकाठमाण्डौ
राष्ट्रनेपाल
ग्राहकचन्द्र शमशेर जङ्गबहादुर राणा, बबरसम्शेर राणा
प्राविधिक विवरण
बनावटईँट र गिलेवा
योजना तथा निर्माण
वास्तुकारकुमार नरसिंह राणा, किशोर नरसिंह राणा

१९९० सालको भूकम्पपछि १९९१मा त्यस दरबारको जीर्णोद्धार गरियो । त्यहाँ हाल सडक विभाग रहेको छ । यस दरबारको जग्गाभित्र अहिले महालेखा परीक्षकको कार्यालय, भवन विभाग आदि सरकारी कार्यालयहरू रहेका छन् भने दरबारको क्षेत्रफलको केही अंशमा बबरशमशेरकै सन्तानहरूको स्वामित्व रहेको छ ।

बबरमहलको हालको नाजुक स्थितिप्रति चिन्तित हुँदै बबरशमशेरकै नाति जितु राणा आफू जन्मेको दरबारको त्यस्तो दुःखलाग्दो हालतले गर्दा नै बबरमहलकै ढाँचा र स्वरूपको अनुसरण गरी बबरमहल रिभिजिटेडको निर्माण गरेको बताउँछन् ।

इतिहास सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्