सतासीधाम र सुरुङगा गाविसको बीचमा पर्ने एक पर्यटकीय स्थल हो । यस क्षेत्रबाट कन्काई नहर निकाली झापाको शिवगंज, सतासीधाम, पाँचगाछी गाविस क्षेत्रलाई छोएको छ । झापा जिल्लाको सतासीधाम गाविस वडा नं.–८ गैंडेमा अवस्थित माई दोमुखा खासगरी पिकनिक स्थलको रूपमा पूर्वाञ्चलमा नै प्रसिद्ध छ । पिकनिकको सिजनमा (आश्विनदेखि वैशाख सम्म) दैनिक दश हजारसम्म पिकनिक खाने मानिसहरू आउने गरेका छन् । यो स्थानम वैष्णव देवीको मन्दिर समेत छ । पूर्वपश्चिम राजमार्गबाट लगभग ३ कि.मी. उत्तरमा अवस्थित माई दोमुखाबाट मेची अञ्चल कै सबैभन्दा ठूलो सिंचाई योजना कन्काई सिंचाई प्रणालीको नहरको हेड निर्माण गरी नहर छुट्याएर लगिएको छ । सदरमुकाम चद्रगढी बजारबाट लगभग ४० कि.मि. पश्चिममा अवस्थित माई दोमुखा क्षेत्रमा पिकनिकको उद्धेश्य वाहेक धार्मिक कारणले जाने भक्तजनहरू भने खासगरी शनिवार र मंगलवार जाने गरेको पाईन्छ ।[१]

दोमुखा
दोमुखा कन्काई नदी
दोमुखा कन्काई नदी
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा जिल्ला

विस १९९० अगाडि कन्काई माई चुरे पर्वतवाट तराई निस्कदा साँघुरो गल्छी भएको ठाउँमा सखुवाको रुख लडेर दुई मुख परेको अर्को सखुवाको रुखमा अड्किई फड्के पुलको आकार दियो। सो फड्केको उपयोग गरी मानिसहरू आगत जावत गर्दथे र त्यही दुई मुखे सखुवाको रुखबाट यो ठाउँको नाम दुई मुखे भन्दा भन्दै दोमुखा रहन गएको जनश्रुती छ। सतासिधाम गाविसको वजारबाट करीब ३ कि मि उत्तर पूर्वमा झापाको शिवगंज सतासीधाम पाँचगाछी महाभारा बैगुनधुरा र धरमपुर गाविस क्षँेत्रमा िसञ्चाईको सुविधा उपलब्ध गराउनका लागि निर्माण गरिएको नहरको मुहान यसै स्थानमा रहेकोले हाल यो
स्थान पर्यटकीय स्थलको रूपमा पनि रूपान्तरित भएको छ। वाह्रै महिना जस्तो यहाँ दृश्यावलोकन गर्ने मानिसहरूको भीड लागि नै रहेको हुन्छ। विशेषतः वनभोज स्थलका रूपमा यसलाई प्रयोग गर्ने गरेको पाइन्छ। [२]

यो पनि हेर्नुस

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. http://www.tourismofficekvt.gov.np/places/domukha/ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-१३ मिति
  2. "दोमुखा", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्