महेन्द्र राजमार्ग स्थित नेपालको सबैभन्दा लामो कन्काई नदी माथि रहेको पक्की पुल दक्षिण पश्चिम करीब ३ किमी दुरीमा कनकाई माईको किनारामा अवस्थित सतासिधाम गाविस वडा नं. ७ मा पर्ने चिल्लागढ पोखरीको ऐतिहासिकता अझै प्रष्ट भएको छैन तर द्वापर युगमा विराट राजाको गाई वस्तुलाई पानी खुवाउन खनेको पोखरी नै चिल्लागढ पोखरी हो भन्ने भनाई पनि रहेको छ।[स्रोत नखुलेको] यस ठाउँलाई किराँतहरूले आफ्नो पवित्र धार्मिकस्थल भनी पूजाआजा गर्ने गरेका छन्। यस चिल्लागढ पोखरीको नजिकमाई नदी रहेको कारण चैत्र बैशाख महिना तिर पोखरीको पानी घट्दै गएको छ। एक विगाहा क्षेत्रफल ओगटेको यो चारकुने पोखरीको वरिपरि चारकुना बराबरी मिलाएर ६/७ फिटको उचाईमा माटोको घेरा उठाएर किल्लाको स्वरूप दिइएको पाइन्छ। आजसम्म कहिल्यै नसुनेको भनि विश्वास गरिएको यो पोखरीमा कहिलेकाही बन्दुक पड्केको जस्तो आवाज आउने गर्दछ भन्ने भनाई रहेको समेत पाइन्छ। चिल्लागढ पोखरीमा सतासीधामको सिरान पहाडमा पाईएको विशाल शिवलिङ्ग समेत २०५८ सालमा स्थापित गरिएको छ । यस पोखरीको किनारमा मङ्सिर पूर्णिमाका दिन उधौली र बैशाख पूर्णिमाका दिन उभौली पर्व मनाइन्थ्यो । [१]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "चिल्लागढ", birattourism.org.np  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-१६ मिति

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्