शान्तिपुर नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, गुल्मी जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ३८६५ रहेको थियो जसमध्ये १७१० पुरुष र २१५५ महिला रहेका थिए भने यहाँ ९१० घरधुरी रहेको थियो।[] यो हाल चन्द्रकोट गाउँपालिकामा पर्दछ।

शान्तिपुर, गुल्मी
पूर्व गाविस
शान्तिपुर, गुल्मी is located in लुम्बिनी प्रदेश
शान्तिपुर, गुल्मी
नेपालको नक्सामा शान्तिपुरको अवस्थिति
शान्तिपुर, गुल्मी is located in नेपाल
शान्तिपुर, गुल्मी
शान्तिपुर, गुल्मी (नेपाल)
निर्देशाङ्क: २८°०३′N ८३°१६′E / २८.०५°N ८३.२७°E / 28.05; 83.27निर्देशाङ्कहरू: २८°०३′N ८३°१६′E / २८.०५°N ८३.२७°E / 28.05; 83.27
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लागुल्मी जिल्ला
जनसङ्ख्या
 • जम्मा३,८६५
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनी अञ्चलका ६ जिल्लामध्ये एक पहाडी जिल्ला गुल्मी हो । २७.५५ۛ अक्षांस देखि २८.२७ۛ उत्तरी अक्षांश र ८३.१३ۛ पूर्व देखि ८३.३५ۛ पूर्वि देशान्तर विच पर्ने यो एक पहाडी जिल्ला हो । यस जिल्लाको पूर्वमा स्याङ्जा र पाल्पा पश्चिममा प्यूठान उत्तरमा बाग्लुङ, पर्वत र दक्षिणमा अर्घाखाँची जिल्ला पर्दछन् । यस जिल्लाको क्षेत्रफल ११४९०० हेक्टर (११४९ वर्ग कि.मी) छ र यो जिल्ला समुद्र सतहदेखि ४६५ मि. (रिडी) देखि २६९० मि. (थाप्ले लेक) सम्म उचाई रहेको छ । यस जिल्लाको पूर्व पश्चिम सरदर लम्वाई ४० कि.मि. र उत्तर दक्षिण सरदर लम्बाई ३० कि.मि. रहेको छ । राजनीतिक रूपमा ३ निर्वाचन क्षेत्र, १३ इलाका र ७९ गा.वि.स. मा विभाजन भएको यस जिल्लाको २०५८ सालको जनगणना अनुसार जनसङ्ख्या २९६६५४ रहेको छ । छिमेकी मुलुक भारतबाट करिब १४० कि.मि.,बुटवलबाट ११५ किमी मात्रको दुरीमा गुल्मी जिल्ला रहेको छ । विकासका पूर्वाधार यातायात, विजुली, सञ्चार सेवा उपलव्ध यस जिल्लाको ७९ गाबिसहरूमा कच्ची मोटरबाटोबाट यातायात सञ्चालन भै रहेको छ । []

प्राकृतिक:

गुल्मी जिल्ला थुप्रै प्राकृतिक अद्दभुद सुन्दरता बोकेको जिल्ला हो । हराभरा पहाड हुन वा समथर बेशी, पहाडका टाकुराहरूबाट छङ्छङ गर्दै झर्ने झरना, बेशिका फाँटहरूमा हरियाली सिँचाउदै बग्ने सालीन बडिगाड, त्यसैगरी   राष्ट्रकै केही महत्त्वपूर्ण एतिहासिक एंव पुरातात्विक स्थल तथा संरचनाहरूलाई शिर र काखमा राखेर बसेको छ  गुल्मी जिल्ला ।  करीब ३,४०० हेक्टरमा फैलिएको रेसुङ्गा जङ्गलै जङगलले ढाकिएको छ । 

गुल्मीका पहाडहरु हराभरा जंगलले ढाकिएका छन भने बेशी अर्थात समथर भाग खेतिपाती र आवाधी गरिदै आएको छ । गुल्मी जिल्लामा रेसुङ्गाको लेक, थाप्लेको लेक, मदानेको लेक, लुम्पेकको लेक, वामिको लेक, अग्लुङ को लेक, पौँदिको लेक, रानीबन, सिद्दबाबाको डाँडा (रुपाकोट) जस्ता अग्ला अग्ला पहाडहरु रहेका छन । गुल्मीमा बग्ने नदी नालाहरूले पनि जिल्लालाई सिगाँर्ने काममा थप सहयोग गरेका छन । 

प्रशस्त मात्रामा सालीग्राम पाइने हुनाले मानिसहरूले यसलाई सालीग्राम नदिको नामले पनि पुकार्दछन । यस नदिलाई एक तिर्थस्थलको रूपमा पनि लिने गरिन्छ । यहाँ स्नान गरेमा पुण्य प्राप्त हुन्छ भने धार्मिक जनबिश्वास पनि रहिआएको छ । त्यस्तै जिल्लाकै मध्यभाग भई बग्ने अर्को नदी हो बडिगाड । यसलाई रुद्रावती नदिको नामले पनि चिनिन्छ । बाग्लुङ जिल्लाको रुद्रताल मुहान भएको यो नदी दरम खोला, हुग्दिखोला लगायत अन्य थुप्रै खोलाहरूलाई साथ लिएर रुद्राबेणीमा आई कालिगण्डकीमा मिल्दछ । त्यस्तै दरम खोला, रिडी खोला, छल्दी खोला, हुग्दी खोला, निस्ती खोला एंव पनाहा खोला गुल्मी जिल्लामा रहेका केही ठुला नदिहरु हुन । 

प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण रेसुङ्गा हो । रेसुङ्गाबाट उत्तरतिर हेर्दा एकैदिनमा पुगिएला जत्तिकै नजिकमा अन्नपूर्ण प्रथम, दोस्रो र तेस्रोका साथै धवलागिरि, निल्गिरी, माछापुच्छ्रेलगायत १५ भन्दा बढी हिमाल देखिन्छन्।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपाल जनगणना २०५८", नेपालका गाउँ विकास समिति, डिजिटल हिमालय, अन्तिम पहुँच १५ सेप्टेम्बर २००८