विश्वव्यापी महामारी

सन् १९१८-१९ को स्पेनिश फ्लू एक विश्वमारी थियो जसबाट संसारको सबै भागमा अनपेक्षित संख्यामा मानिस मरे।

ती संक्रामक महामारीलाई विश्वमारी (अंग्रेजी-pandemic) भनिन्छ जुन धेरै क्षेत्रमा (जस्तै धेरै महादेशहरूमा ) फैलिएको हुन्छ। यदि कुनै रोग विस्तृत क्षेत्रमा फैलिएको छ तर यसले प्रभावित व्यक्तिहरूको संख्यामा वृद्धि भएको छैन भने त्यस लाई विश्वमारी भनिदैन। थप रूपमा, फ्लू विश्वमारी अन्तर्गत पर्दैन जुुुन मौसमी कारणले बारम्बार भइरहेको हुन्छ। इतिहासमा असंख्य महामारीहरू जस्तै बिफरक्षयरोग जस्ता यो। एच आई भी र २००९ को फ्लु हालसालका महामारीको उदाहरण हो। हालसालै, मार्च १२, २०२० मा, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइससलाई विश्वमारी घोषणा गरेको छ। [१] १४ औं शताब्दीमा फैलिएको 'ब्ल्याक डेथ' भनेर चिनिने महामारी अहिलेसम्मको सबैभन्दा ठूलो महामारी हो, जसमा अनुमान गरिए अनुसार साढे सात करोड देखि २० करोड मानिसहरू मारिए।

परिभाषा र चरणसम्पादन

वर्तमान महामारीसम्पादन

२००९ इन्फ्लूएन्जा A / H1N1 (A / H1N1)सम्पादन

एचआईभी र एड्ससम्पादन

इतिहासको माध्यमबाट विश्वमारी र उल्लेखनीय महामारीसम्पादन

  • एथेन्सको प्लेग, ४३० ईसापूर्व। एथेन्सका सैनिकहरूको एक चौथाई र जनसंख्याको एक चौथाई चार वर्षको अवधिमा टाइफाइड ज्वरोबाट मरे। यो रोगले एथेन्सको प्रभुत्वलाई घातक रुपमा कमजोर बनायो र विषाणुको डरलाग्दो बिरामीले यसको व्यापक फैलिनमा बाधा पुर्‍यायो; त्यो हो, यसले आफ्नो होस्टलाई तिनीहरूको प्रकोप भन्दा छिटो वेगमा मार्यो। प्लेगको वास्तविक कारण धेरै वर्षसम्म अज्ञात रह्यो। जनवरी २००६ मा , एथेन्स विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले शहरको तल गाडेको एउटा सामूहिक चिहानबाट बरामद गरे र दाँतको विश्लेषण गरे र टाइफाइडको लागि जिम्मेवार ब्याक्टेरियाहरूको उपस्थिति पुष्टि गरे। [२]
  • एन्टोइन प्लेग, १६५-१८०। सम्भवतः नियर इस्टबाट फर्केका सैनिकहरूद्वारा इटालियन प्रायद्वीपमा बिफर आइपुगे। यसले एक चौथाई मानिसहरु सङ्क्रमित भए र समग्रमा ५० लाख मानिसहरुको मृत्यु भयो। [३] प्लेग अफ साइप्रियन (२५१-२६६) नामक यस्तै रोगको चरम अवस्थामा रोममा एकै दिनमा ५,००० मानिसको मृत्यु भयो ।
  • जस्टिनियनको प्लेग, ५४१-७५०, बुबोनिक प्लेगको पहिलो रेकर्ड थियो। यसको उत्पत्ति इजिप्टमा भएको थियो र वसन्त ऋतु पछि कुस्टन्टुनियामा पुगेको थियो, जुन प्रति दिन १०,००० को मृत्यु भयो (बाइजान्टिन इतिहासकार प्रोसोपियसका अनुसार) शहरमा बसोबास गर्ने ४०% जति हुन सक्छ। यो महामारीले सम्पूर्ण ज्ञात विश्वको एक चौथाई जनसंख्याको आधा जनसंख्या अन्त भयो। [४] [५] यसको कारणले ५५० र ७०० बीचमा युरोपको जनसंख्या लगभग ५०% मा सिमित भयो। [६]
  • ब्ल्याक डेथ को सुरुवात १३०० को दशकमा भएको थियो। विश्वव्यापी रूपमा ७.५ करोड मानिस मारिएको अनुमान गरिएको छ। [७] अन्तिम प्रकोपको आठ सय बर्ष पछि, प्लेग युरोप फर्कियो। एसियामा शुरू भएको यो रोग भूमध्यसागर र पश्चिमी यूरोपमा पुगेको थियो (जुन सम्भवतः क्राइमियन युद्धका कारण पलायन भएका इटाली व्यापारीहरूबाट फैलिएको थियो) [८] जसले गर्दा छ वर्षमा अनुमानित २ देखि ३ करोड युरोपियनहरू मरे। जुन कुल जनसंख्याको एक तिहाइ थियो, [९] र सबैभन्दा खराब प्रभावित शहरी क्षेत्रहरूको आधा जनसंख्या भएको थियो। [१०] यो युरोपियन प्लेग महामारीको चक्रको पहिलो प्रकोप थियो जुन १८ औं शताब्दीसम्म जारी रह्यो। [११] यस अवधिमा, १०० भन्दा बढी प्लेग महामारी युरोपभर फैलियो। [१२] उदाहरणका लागि, इंल्याण्डमा, यी महामारीको प्रकोप १३६१ देखि १४८० सम्म दुई पाँच बर्ष चक्रमा बनि रह्यो। [१३] १३७० को दशकमा, इंल्याण्डको जनसंख्या ५०% ले घट्यो। [१४] १६६५-६६ लन्डनको ग्रेट प्लेग, इल्यान्डमा प्लेगको अन्तिम ठूलो प्रकोप थियो। यो रोगले लगभग १,००,००० मानिसलाई मारे, लन्डनको २०% जनसंख्या बराबर थियो। [१५]
  • थर्ड पेन्डेमिक, जसको सुरुवात १८ औं शताब्दीको मध्यमा चीनमा भएको थियो, जुन मानव बसोबास भएको सम्पूर्ण महादेशमा फैलियो र भारतमा मात्र १ करोड मानिस मारिए। [१६] यस महामारीको बखत, १९०० मा संयुक्त राज्य अमेरिकाको सान फ्रान्सिस्कोमा प्लेगको पहिलो घटना भयो। [१७] पश्चिमी संयुक्त राज्य अमेरिकामा अझै प्लेगको अलग घटनाहरू छन्। [१८]


हैजा (कोलेरा)सम्पादन

  • प्रथम हैजा विश्वमारी १८१६-१८२६ पहिले भारतीय उपमहाद्वीप बाट दूर रहने वाली विश्वमारीको शुरुआत बंगालमा भएको थियो, यस पछि यो १८२० सम्म सम्पूर्ण भारतवर्षमा फैलियो। यस विश्वमारीको दौरान १०,००० ब्रिटिश सैनिक र अनगिनत भारतीय को मृत्यु भएको थियो।[१९] यसको प्रकोप कम हुनु भन्दा पहिले यसको विस्तार चीन, इण्डोनेशिया (जहां केवल जावा द्वीप मा १,००,००० भन्दा अधिक मानिसहरुको मृत्यु भएको थियो) र क्यास्पियन सागर सम्म भएको थियो। १८६० र १९१७ बीच भारतमा यसबाट मर्नेको संख्या १.५ कोरोड भन्दा अधिक भएको अनुमान गरिन्छ। १८६५ र १९१७ को बीच अन्य २३ लाख मानिसको मृत्यु भएको थियो। यस अवधिको दौरान यस रोगले मर्ने रूसी नागरिकको संख्या २० लाख भन्दा अधिक थियो।[२०]
  • द्वितीय हैजा विश्वमारी १८२९-१८५१. १८३१ मा यो रोग रुस (हैजा दंगा देखें), हंगेरी (लगभग १ लाख मृत्यु) र जर्मनी मा, १८३२ मा लण्डन (यूनाइटेड किंगडम मा ५५,000 भन्दा धेरैको मृतु भयो) मा,[२१] त्यसै वर्ष फ्रान्स, क्यानाडा (ओन्टारियो) र संयुक्त राज्य अमेरिका (न्युयोर्क) मा,[२२] र १८३४ सम्म उत्तरी अमेरिकाको प्यासिफिक कोस्ट सम्म फैलियो । १८४८ मा इंग्लैण्डवेल्समा एक दुई-वर्षीय प्रकोपको आरम्भ भयो जुनबाट ५२,००० मानिसको ज्यान गयो। [२३] मानिन्छ कि १८४९ र १८३२ को बीचमा हैजाबाट १,५०,००० भन्दा अधिक अमेरिकीको मृत्यु भयो।[२४]
  • तृतीय विश्वमारी १८५२- १८६०. मुख्य रुपमा रूस प्रभावित भयो जहाँ दस लाख भन्दा अधिक मानिसको मृत्यु भयो। १८५२ मा हुआ 1852 में, हैजा पूर्वबाट इण्डोनेशियासम्म फैलियो र पछि १८५४ मा यसले चीन र जापानमा पनि आक्रमण गर्यो। फिलीपीन्स १८५८ मा र कोरिया १८५९ मा यसको चपेटमा आयो। १८५९ मा, बंगाल मा भएको यसको प्रकोपले यस रोगलाई ईरान, ईराक, अरब र रूस सम्म पर्यायो। [२५]
  • चतुर्थ विश्वमारी १८६३-१८७५. ज्यादातर अफ्रिका र यूरोपमा फैलिएको थियो। ९०,००० मक्का तीर्थयात्रीहरु मध्ये कम्तीमा पनि ३०,००० जना यश रोगबाट ग्रसित भए। हैजाबाट १८६६ मा रुसमा ९०,००० मानिसको मृत्यु भयो।[२६]
  • १८६६ मा, उत्तरी अमेरिकामा यस रोगको प्रकोप भएको थियो। यसबाट लगभग ५०,००० अमेरिकीको मृत्यु भएको थियो।[२४]
  • पाँचौ विश्वमारी १८८१-१८९६. यस 1881-1896. १८८३-१८८७ को महामारीको कारणले यूरोपमा २,५०,००० र अमेरिकासमा कम्तीमा ५०,००० मानिसको ज्यान गयो। हैजाबाट रूस (1892)मा २,६७,८९०;[२७] स्पेन में 120,000;[२८] जापानमा ९०,००० ; र फारसमा ६०,००० को ज्यान गयो।
  • १८९२ मा हैजाबाट ह्याम्बर्गको पानी को आपूर्ति संदूषित भयो जसकारण ८६०६ मानोसको मृत्यु भयो।[२९]
  • छैटौं विश्वमारी १८९९-१९२३. सार्वजनिक स्वास्थ्यमा प्रगतिको बाबजुद यूरोपमा यसको प्रभाव पर्यो, तर रुसमा फेरि एक पटक निकै नराम्रो प्रभाव पर्यो (२० औं शताब्दीको पहिलो एक चौथाई अवधिको दौरान हैजाबाट ५ लाख भन्दा अधिकको ज्यान गयो )। [३०] यस विश्वमारीबाट दक्षिण एसियामा ८ लाख भन्दा अधिकको मृत्यु भयो। १९०२-१९०४ मा हैजा महामारीमा फिलिपिन्स मा २,००,००० भन्दा अधिकको ज्यान गयो।[३१] १९ औं शताब्दी देखि १९३० सम्म मक्काको तीर्थयात्राको दौरान २७ महामारि को अभिलख छ। १९०७-०८ हज को दौरान २०,००० भन्दा अधिक तिर्थ यात्रीको मृत्यु भएको थियो।[३२]
  • सातौं विश्वमारी १९६२-६६ .यसको शुरुआत इंडोनेशियामा भएको थियो, यसलाई यसको भयावहताको आधारमा एल टोर (El Tor) नाम दिइयो र यसले १९६३ मा बांग्लादेश, १९६४ मा भारत र १९६६ मा सोवियत संघ प्रवेश गर्यो।

इन्फ्लुएन्जासम्पादन

 
विश्व स्वास्थ्य संगठनबाट इन्फ्लुएन्जा महामारी चेतावनीको चरण

टाइफससम्पादन

नोटहरूसम्पादन

सन्दर्भसम्पादन

  1. "हरियाणा सरकार ने कोरोना वायरस को घोषित किया महामारी", ET Online, १२ मार्च २०२०। 
  2. "प्राचीन एथेनियन प्लेग, टाइफाइड साबित हुआ है" साइंटिफिक अमेरिकन. 25 जनवरी 2006.
  3. यूरोप में कहर ढाने वाली पिछली विश्वमारियां. बीबीसी न्यूज़, 7 नवम्बर 2005
  4. कैम्ब्रिज सूची पृष्ठ "प्लेग एण्ड द एंड ऑफ़ एंटिक्विटी"
  5. "प्लेग एण्ड द एंड ऑफ़ एंटिक्विटी" पुस्तक के उद्धरण, लेस्टर के. लिटिल, संस्करण, प्लेग एण्ड द एंड ऑफ़ एंटिक्विटी: द पैन्डेमिक ऑफ़ 541-750, कैम्ब्रिज, 2006. ISBN 0-521-84639-0
  6. "Plague, Plague Information, Black Death Facts, News, Photos[[:ढाँचा:–]] National Geographic", Science.nationalgeographic.com, अन्तिम पहुँच ३ नवंबर २००८  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  7. न्यू एमओएल आर्कियोलॉजी मोनोग्राफ: ब्लैक डेथ सीमेट्री. आर्कियोलॉजी ऐट द म्यूज़ियम ऑफ़ लन्दन.
  8. डेथ ऑन ए ग्रैंड स्केल. मेडहन्टर्स.
  9. स्टीफन बैरी और नॉर्बर्ट ग्वाल्डे, एल'हिस्टोयर n°310, जून 2006, पीपी. 45–46, कहता है "एक-तिहाई और दो-तिहाई के बीच", रॉबर्ट गॉटफ्राइड (1983). डिक्शनरी ऑफ़ द मिडिल एज्स में "ब्लैक डेथ", खण्ड 2, पीपी. 257–67, कहता है "25 और 45 प्रतिशत के बीच".
  10. प्लेग - लवटुनो 1911. 1911encyclopedia.org.
  11. "इंग्लैंड 1348-1665 में राष्ट्रीय प्लेग महामारियों की एक सूची"
  12. Jo Revill (मई १६, २००४), "Black Death blamed on man, not rats | UK news | The Observer", London: The Observer, अन्तिम पहुँच ३ नवंबर २००८ 
  13. "Texas Department of State Health Services, History of Plague", Dshs.state.tx.us, अन्तिम पहुँच ३ नवंबर २००८ 
  14. "BBC[[:ढाँचा:–]] History[[:ढाँचा:–]] Black Death", bbc.co.uk, अन्तिम पहुँच ३ नवंबर २००८  ইউআরএল শিরোনামে উইকিলিঙ্ক এমবেড করা (सहायता)
  15. लन्दन का महाप्लेग, 1665. हार्वर्ड विश्वविद्यालय पुस्तकालय, मुक्त संग्रह कार्यक्रम: छूत.
  16. प्लेग. विश्व स्वास्थ्य संगठन.
  17. सैन फ्रांसिस्को 1900-1909 में बूबोनिक प्लेग का प्रकोप. ए साइंस ओडिसी. पब्लिक ब्रॉडकास्टिंग सर्विस (पीबीएस (PBS)).
  18. इंसानी प्लेग -- प्लेग संयुक्त राज्य अमेरिका, 1993-1994, सेंटर्स फॉर डिजीज कंट्रोल एण्ड प्रिवेंशन
  19. हैजा-जैविक हथियार
  20. न्यूयॉर्क राज्य में 1832 की हैजा महामारी
  21. 1826-37 की एशियाई हैजा विश्वमारी
  22. संयुक्त राज्य अमेरिकामा हैजा विश्वमारी के वर्ष
  23. हैजे की सात विश्वमारियां, cbc.ca, 2 डिसेम्बर 2008
  24. २४.० २४.१ न्यूयॉर्क राज्य में 1832 की हैजा विश्वमारी - पृष्ठ 2. जी. विलियम बियर्डस्ली द्वारा
  25. 1846-63 की एशियाई हैजा विश्वमारी. यूसीएलए स्कूल ऑफ़ पब्लिक हेल्थ.
  26. पूर्वी यूरोपीय प्लेग और महामारियां 1300-1918
  27. हैजा - लवटुनो 1911
  28. "The cholera in Spain", New York Times, २० जून १८९०, अन्तिम पहुँच ८ डिसेम्बर २००८ 
  29. Barry, John M. (2004). The Great Influenza: The Epic Story of the Greatest Plague in History. Viking Penguin. ISBN 0-670-89473-7. https://archive.org/details/greatinfluenzaep00john. 
  30. हैजा: सात विश्वमारियां, ब्रिटानिका ऑनलाइन इनसाइक्लोपीडिया
  31. 1990 का दशक: महामारियों के वर्ष, सोसाइटी ऑफ़ फिलीपीन हेल्थ हिस्ट्री
  32. हैजा (विकृतिविज्ञान). ब्रिटानिका ऑनलाइन इनसाइक्लोपीडिया.