कालो मृत्यु विश्वको मानव इतिहासमा सबैभन्दा विध्वंसकारी विश्वमारी रोगहरू मध्येको एक रोग हो। यसको महामारीबाट विश्वमा साडे ७ देखि २० करोड मानिस मरेको अनुमान गरिएको छ। युरोपमा यो रोगको सबैभन्दा बढि प्रकोप सन् १३४८ - ५० मा भएको थियो। [][][] कालो मृत्यु सम्बन्धि रोग अध्ययन शास्त्रको अनुसार केहि फरक फरक किसिमका विचारधाराहरू भए पनि सन् २०१० र २०११ मा प्रकाशित उत्तर र दक्षिण यूरोपका मृतकहरूको डिएनए अध्ययन विवरण अनुसार यो रोग Yersinia pestis नामको जिवाणु द्वारा भएको थियो। []

कालो मृत्यु मध्य एसिया का सुख्खा क्षेत्रमा सुरु भएको अनुमान लगाइएको छ। त्यहाँबाट यो महामारी रेशम मार्ग हुँदै सन् १३४६ मा क्राइमिया पुगेको थियो। त्यसपछि एक प्रकारको कालो मुसामा लाग्नेपुर्वेली मुसे उपियाँ सामान ढुवानीका पानी जहाजमा सल्केका मुसा मार्फत भूमध्य घाटी र यूरोपका अन्य भागमा फैलिएको अनुमान गरिएको छ। कालो मृत्युले युरोपका ३० देखि ६० प्रतिशत मानिसहरू मारेको अनुमान गरिएको थियो। [] समग्रमा कालो मृत्युले १४औँ शताब्दीमा विश्वको जनसङ्ख्या अनुमानित ४५ करोडबाट घटाएर ३५ करोडसम्म बनाएको अनुमान गरिएको थियो।

कालो मृत्युको महामारीले युरोपको इतिहासमा अनेकौँ गम्भीर धार्मिक, सामाजिक र आर्थिक उथलपुथल ल्याएको थियो। कालो मृत्यको महामारी १९औँ शताब्दीसम्म पनि कहिलेकाँहि दोहोरिने गरेको थियो।

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्
  1. ABC/Reuters (२९ जनवरी २००८), "Black death 'discriminated' between victims (ABC News in Science)", Australian Broadcasting Corporation, अन्तिम पहुँच ३ नोभेम्बर २००८ 
  2. "Health. De-coding the Black Death", BBC, ३ अक्टोबर २००१, अन्तिम पहुँच ३ नोभेम्बर २००८ 
  3. "Black Death's Gene Code Cracked", Wired, ३ अक्टोबर २००१, मूलबाट ५ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ३ नोभेम्बर २००८ 
  4. Bos, Kirsten I.; Schuenemann, V. J., Golding, G. B., Burbano, H. A., Waglechner, N., Coombes, B. K., McPhee, J. B., DeWitte, S. N., Meyer, M., Schmedes, S., Wood, J,. Earn, D. J. D., Herring, A., Bauer, P., Poinar, H. N., Krause, J., (१२ अक्टोबर २०११), "A draft genome of Yersinia pestis from victims of the Black Death", Nature, डिओआई:10.1038/nature10549  |coauthors= प्यारामिटर ग्रहण गरेन (सहायता)
  5. Austin Alchon, Suzanne (२००३), A pest in the land: new world epidemics in a global perspective, University of New Mexico Press, पृ: २१, आइएसबिएन 0-8263-2871-7