मोरङ जिल्ला (उच्चारण (सहायताजानकारी); अङ्ग्रेजीMorang District) नेपालको पूर्वाञ्चल विकास क्षेत्र, कोशी अञ्चलमा पर्ने औद्योगिक जिल्ला हो। मावराङ्गबाट अपभ्रंस भएर मोरङ यसको नाम भएको मान्यता छ । पूर्वाञ्चलकै ऐतिहासिक गौरव बोकेको मोरङ जिल्ला औद्योगिक एवं जनसंख्याको हिसाबले नेपाल कै दोस्रो ठूलो जिल्लाको रूपमा परिचित छ। बहुजाती बहुभाषीले सजिएको नेपालको पूर्वी तराईमा पर्ने यो जिल्ला प्राचिनकालमा बिराट राजा को राजधानीको र मध्यकालमा लिम्बुवानको सबभन्दा प्रचण्ड राज्यको रूपमा प्रख्यात थियो। मोरङका अन्तिम राजा बुद्धिकर्ण राय खेवाङ हुन्। वि.सं २०१८ सालको प्रशासनिक विभाजन भन्दा अगाडि ३५ जिल्ला हुँदा पनि यो एउटा जिल्लामा अवस्थित थियो जुन हाल मोरङ, सुनसरी तथा झापा जिल्लाहरूमा विभाजित भएको छ। मोरङ जिल्लाको क्षेत्रफल १,८५५ वर्ग किलोमिटर छ। यो पूर्वमा झापा र पूर्वोत्तरमा यो इलाम संग जोडिएको छ भने उत्तरमा धनुकूटा पाँचथर र पश्चिममा सुनसरी तथा दक्षिणमा भारतको बिहारसंग यसको सीमाना रहेको छ । वि.सं. २०६८ मा यस जिल्लाको जनसङ्ख्या ९,६५,३७० थियो। मोरङ जिल्लाको सदरमुकाम र प्रमुख औद्योगिक शहर बिराटनगर हो । (पूरा पढ्नुहोस्...)
अक्षर गणना: क्यारेक्टर: १२७०, अक्षर: ७७४, स्पेस: १६१
आवेदनकाे कारणहरू: नेपालको महत्वपूर्ण जिल्ला भएकोले
२०१८ फेब्रुअरी ११, ०२:४०:२३ (युटिसी(UTC)) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
उपरोक्त लेख प्रमुख लेखका मापदण्ड अनुसार रहेकोले प्रमुख लेख छनाैटको लागी मतदानको लागी सिफारिस गर्दछु । Nirjal stha (कुरा गर्ने) १५:४१, २८ जनवरी २०१८ (युटिसी(UTC))