प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोरा थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि पिता झैं चरम महत्त्वाकांक्षी र तेजस्वी थिए। अत्यन्तै छोटो शासनकालमा प्रतापसिंह शाहले केही महत्त्वका काम गरेका हुनाले उनको इतिहासमा राम्रै स्थान मिलेको छ। उनले तिब्बत र भारत संगको व्यापार स्थिर गराइदिए। अङ्ग्रेजहरु मैसूर दमन गर्नमा लागेका मौकामा चितवनलाई आफ्नो अधिकारमा लिए। राज्यको उन्नतिमा योगदान दिने हस्तिहरूलाई पुरस्कृत गरी उनीहरूको हौसला बढाए। तर नेपाल दरबारका पाइनदार पुराना प्रशिक्षित भारदारलाई दुर्बल बनाउनमा उनी अगाडि देखिए।[]

प्रतापसिंह शाह
नेपालका राजा
शासनकाल१८३१ पौष २९ – १८३४ मंसिर ४
राज्याभिषेक१८३१ पौष ३०[]
पूर्वाधिकारीपृथ्वीनारायण शाह
उत्तराधिकारीरणबहादुर शाह
जन्म१८०८ बैशाख ५
गोर्खा, गोर्खा राज्य (हाल:नेपाल)
मृत्यु१८३४ मंसिर ४ (२६ वर्ष)
काठमाडौँ, नेपाल
जीवनसाथीराजेन्द्र लक्ष्मी देवी शाह
माइजु रानी महेश्वरी देवी
घरानाशाह वंश
बाबुपृथ्वीनारायण शाह
आमानरेन्द्र राज्य लक्ष्मी देवी शाह
धर्महिन्दु

प्रारम्भिक जीवन

सम्पादन गर्नुहोस्

युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले पं. वज्रनाथ पौडेललाई काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे। []

यिनको समयमा भुवनेश्वर, कविलासी, विजयपुर, तनहुँ , सुमेस्वर जस्ता ठाउँहरू नेपाल राष्ट्रमा गाभिएका थिए । वि.सं. १८३२ मा नेपाल-तिब्बत व्यापारमा वृद्धि गरे । २ वर्ष १० महिना करिब ३ वर्षको छोटो शासन अवधि बित्न नपाउँदै यिनको देहान्त भयो । यिनले सोच-विचार नै नगरी गद्दी ताक्ने आरोपमा भाइ बहादुर शाह र काका दलमर्दन शाहलाई नजरबन्द राखे । बहादुर शाहलाई विश्वास गर्न नसक्नु यिनको ठूलो भूल थियो । पृथ्वी नारायण शाहको देहान्तपछि नेपालका राजा भएका थिए तर दुई वर्ष तीन महिनामा नै यिनको देहान्त भएपछि यिनका छोरा रण बहादुर शाहलाई राजा बनाई रानी राजेन्द्र लक्ष्मी र राजकुमार बहादुर शाहले नायब भई राज्य सञ्चालन गरेका थिए।

उनको रक्तस्रावले गर्दा १८३४ मङ्सिर महिनामा मृत्यु भयो। उनको लास सँगै आठओटी केटीहरू सती गए।[] प्रतापसिंह शाहको क्रियाकाज दलजित शाहले गरे, गर्नुपर्ने बहादुर शाहले थियो, तर पाएनन् ।

नाम जन्म विवाह मृत्यु बच्चाहरु
युवराजाधिराज रणबहादुर १३ जेठ १८३२ राज राजेश्वरी
सुवर्णप्रभा देवी
कान्तिमतिका देवी
ललित त्रिपुरा सुन्दरी
(अरु थप पनि छन्)
१४ बैशाख १८६३ युवराजाधिराज गीर्वाणयुद्ध

(अरु थप पनि छन्)

अधिराजकुमार विदुरबहादुर १४ वैशाख १८६३
अधिराजकुमार शेरबहादुर १४ वैशाख १८६३

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. Royal Ark
  2. नेपालको तथ्य इतिहास राजाराम सुवेदी पृष्ठ १९०
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८७, आइएसबिएन 99933-2-406-X 
  4. राजाराम सुवेदी, नेपालको तथ्य इतिहास (काठमाडौँ: साझा प्रकाशन २०६१ फागुन ) पृष्ठ १९०।