व्रजनाथ पौड्याल

व्रजनाथ पौड्याल वा व्रजनाथ पण्डित नेपाल अधिराज्यको एक भारदार, राजगुरु र तान्त्रिक थिए । उनको जन्म वि सं १८१० मा भएको थियो।[१]उनी स्याङ्गजाका जयमङ्गल पण्डितका छोरा थिए । उनी देवान स्वरुप सिंह कार्कीका पक्षका नेता थिए र राजा प्रताप सिंह शाहका निकट भारदार थिए। युवराज प्रतापसिंह शाहलाई शिक्षादिक्षा दिन भनी श्री ५ पृथ्वीनारायण शाहले काममा खटाएका थिए। पं वज्रनाथ पौडेल एक आज्ञाकारी विद्धान हुनाले युवराज प्रतापसिंहको शाहको रुचि जता लाग्यो उतै ध्यान दिनु राजकाजका गुरुजीका कर्तव्य सम्झन्थे। [२] स्वरुप सिंहको पक्षका भारदारहरू अगोरखाली मोर्चाका थिए जसको राजनीतिक द्वन्द बहादुर शाहको गोरखाली मोर्चासंग थियो । प्रतापसिंह शाहको मृत्यु पछि वज्रनाथ पण्डित राजेन्द्र लक्ष्मीलाई सति पठाएर आफू बालक राजाको नाममा शासन चलाउन चाहन्थे।[३] उनका छोरा रङ्गनाथ पौड्याल नेपालको मुख्तियार थिए ।

सन्दर्भसम्पादन

  1. Vaidya & Vajracharya 1990-1991, p. 4.
  2. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १८७, आइएसबिएन 99933-2-406-X 
  3. प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: १९०, आइएसबिएन 99933-2-406-X