मेजर जनरल पद्म बहादुर खत्री नेपालको परराष्ट्र मन्त्री थिए। उनले सेनाको अधिकारी र कूटनीतिज्ञको रूपमा पनि काम गरेका थिए। २०३८ सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा खत्री परराष्ट्र र जलस्रोत मन्त्री थिए।

पद्म बहादुर खत्री
अमेरिकाका लागि नेपाली राजदूत
कार्यकाल
सन् १९६४ – १९६८
पूर्वाधिकारीमातृका प्रसाद कोइराला
परराष्ट्र मन्त्री
एकाधिपतिराजा वीरेन्द्र
प्रधानमन्त्रीसुर्यबहादुर थापा
]]
व्यक्तिगत विवरण
जन्म(१९१२-०१-०१)१ जनवरी १९१२
मृत्यु११ सेप्टेम्बर १९८५(1985-09-11) (उमेर ७३)

उनले आफ्नो करियर एक सिपाहीको रूपमा सुरु गरे र अन्ततः मेजर जनरलको दर्जा सम्म पुगे। उनले सन् १९४८ मा संयुक्त राष्ट्र संघको सदस्यताका लागि नेपालको पहिलो आवेदन दिएका थिए, [१] [२] जुन सन् १९५५ मा स्वीकृत भएको थियो। उनले सन् १९६४ [३] बाट कम्तिमा १९७१ सम्म, [४] संयुक्त राष्ट्र संघमा नेपालको स्थायी प्रतिनिधिको रूपमा सेवा गरे र सन् १९७० को दशकमा नेपाल सुरक्षा परिषदको सदस्य हुँदा सुरक्षा परिषद्को दुई पटक अध्यक्ष भएका थिए।

उनको मृत्यु बि.सं २०४१ मा भयो। त्यतिबेला उनी राष्ट्रिय सभा सदस्य थिए। [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Country profile | Nepal", UN Data, मूलबाट २००८-०३-०३-मा सङ्ग्रहित। 
  2. २.० २.१ "Padma Bahadur Khatri, a former foreign minister and ambassador...", United Press International, १९८५-०७-१९, अन्तिम पहुँच २०१७-०७-१९ 
  3. "Vintage photo of Portrait of Padma Bahadur Khatri.", Amazon.com, मूलबाट २०२०-०७-०६-मा सङ्ग्रहित। 
  4. "A/PV.1955 - E - A/PV.1955 United Nations GENERAL ASSEMBLY TWENTY-SIXTH SESSION Officifial Records, 1955th PLENARY MEETING", undocs.org, ६ अक्टोबर १९७१, अन्तिम पहुँच २०२०-०७-०६  वेब्याक मेसिन अभिलेखिकरण २०२०-०७-०६ मिति