बलबहादुर केसी ( नेपाली: बलबहादुर केसी नेपालका पूर्व मन्त्री हुन । उनी हाल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति सदस्य छन् । [४] [५] उनी अहिले नेपाली राजनीतिमा सक्रिय छन् । नेपाली कांग्रेसका साथै नेपाली राजनीतिमा उनको ठूलो प्रभाव छ । [६]

Bal Bahadur KC
बलबहादुर केसी
Minister for Culture, Tourism and Civil Aviation of Nepal[२]
कार्यकाल
July 25, 2001[१] – ----
एकाधिपतिGyanendra of Nepal
प्रधानमन्त्रीSher Bahadur Deuba
Ministry of Housing and Physical Planning
कार्यकाल
June 30, 1999[३] – ---
एकाधिपतिBirendra of Nepal
प्रधानमन्त्रीKrishna Prasad Bhattarai
व्यक्तिगत विवरण
जन्मJuly 17, 1953 A.D.
Salyan, Solukhumbu
राजनीतिक दलNepali Congress


बहुदलीय व्यवस्था पछिको पहिलो आम चुनावमा सोलुखुम्बुबाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका केसीले त्यसपछिका मध्यावधी चुनाव २०५१ र २०५६ सालमा समेत सोलुखुम्बुबाट लगातार जित हासिल गरे । २०६४ सालमा भएको पहिलो संविधानसभाको चुनावमा पराजित र २०७० सालको दोस्रो संविधानसभामा विजयी भएका केसी २०७४ र २०७९ भने पराजित भए । २०२७ सालमा नेविसंघ, महेन्द्ररत्न क्याम्पसको सभापति पद सम्हालेका केसी २०४० देखि ४४ सालसम्म नेविसंघको केन्द्रीय अध्यक्ष भए ।

परिवार सम्पादन गर्नुहोस्

उनीले सन् १९५३ जुलाई १७ मा सोलुखुम्बु जिल्लाको सल्यान गाविसमा बुबा लालबहादुर केसी र आमा महेश्वरी केसीको कोखबाट जन्म लिएका हुन । उनले पद्मकन्या बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनकी पूर्व अध्यक्ष, नेपाल विद्यार्थी युनियनका पूर्व केन्द्रीय समिति सदस्य र नेपाल महिला संघका पूर्व केन्द्रीय समिति सदस्य रीना उप्रेती केसीसँग विवाह गरेका छन् ।

शिक्षा सम्पादन गर्नुहोस्

उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए गरेका छन् ।

राजनीतिक जीवन सम्पादन गर्नुहोस्

विद्यार्थी नेता तथा प्रजातन्त्रकर्मी सम्पादन गर्नुहोस्

बलबहादुर केसी सन् १९७० देखि १९७२ सम्म महेन्द्र रत्न क्याम्पस ताहाचलको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा निर्वाचित भएका थिए । बलबहादुर केसीलाई २०३५ सालमा बीपी कोइराला (पार्टी सभापती )ले कार्यबाहक सभापतीमा नियुक्त गर्नुभएको थियो, विद्यार्थी तर्फबाट उनले २०३६ सालको जनआन्दोलनको नेतृत्व समेत गरेका थिए । [७] उनी सन् १९८३ (२०४०) देखि १९८७(२०४४ ) सम्म नेपाल विद्यार्थी संघका अध्यक्ष थिए [८] २०५३ सालमा युवा खेलकुद तथा संस्कृतिमन्त्री बनेका केसी २०५६ सालमा आवास तथा भौतिक योजना मन्त्री र २०५८ सालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्नुभयो ।

२०४९ सालदेखि हालसम्म पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा रहेका केसीले २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय परिचालन समिति सदस्य भएर काम गरेका थिए । २०६२÷०६३ को जनआन्दोलनमा नेपाली कांग्रेसको तर्फबाट काठमाण्डौको चावहिल क्षेत्रको इन्चार्जको भूमिका निर्वाह गरेका केसी पटक पटक गरी ७ वर्ष जेल बसेका छन ।


  • उनले नेपाली कांग्रेसको सत्याग्रह आन्दोलनको केन्द्रीय परिचालन समिति सदस्यको रुपमा काम गरेका थिए ।
  • उनले सन् १९८९ को जनआन्दोलन २०४६ जनआन्दोलनको केन्द्रीय परिचालन समिति सदस्यको रुपमा काम गरे ।

[९]

संसदको बाटो (२०४८ साल) सम्पादन गर्नुहोस्

उनी २०४८ सालमा सोलुखुम्बु जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

  • उनी २०४९ सालदेखि हालसम्म नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुन् । [१०]

संसदको बाटो (२०५१ वि.सं.) सम्पादन गर्नुहोस्

उनी २०५१ साल (१९९४) मा सोलुखुम्बु जिल्लाबाट पुनः संसद सदस्यमा निर्वाचित भएका थिए ।

  • उनी नेपालको पहिलो खेलकुद मन्त्री बने । उनी नेपालका युवा, खेलकुद तथा संस्कृतिमन्त्रीमा नियुक्त भएका थिए ।

[११]

  • उनी २०५६ सालमा सामान्य प्रशासन तथा श्रममन्त्री बनेका थिए । (१९९९ ई.)
  • उनी आवास तथा भौतिक योजना मन्त्री पनि भए सन् २०५६ मा। (१९९९ ईस्वी) [१२]

संसदको बाटो (२०५६ वि.सं.) सम्पादन गर्नुहोस्

२०५६ सालमा उनी पुनः संसद सदस्यमा निर्वाचित भए । (१९९९ ई.)

  • पछि २०५८ सालमा उहाँ नेपालको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । (२००१) [१३]


जनआन्दोलन 2062/2063BS (2006 AD) सम्पादन गर्नुहोस्

उनले २०६२/२०६३ जनआन्दोलनमा प्रमुख भूमिका निर्वाह गरेका थिए । चाबहिल काठमाडौंको क्षेत्र सम्हाल्न कमाण्डरको भूमिका थियो । [१४]

संसदको बाटो (२०७० वि.सं.) सम्पादन गर्नुहोस्

उनी सोलुखुम्बु जिल्लाबाट नेपालको व्यवस्थापिका संसदमा निर्वाचित भएका थिए । नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्ने उनी एक सांसद हुन् । (२०१५ ई.) नेपालको २०७२ को संविधान निर्माणमा उनको प्रमुख भूमिका रहेको छ [१५]

देश को लागी उल्लेखनीय कार्य सम्पादन गर्नुहोस्

  • उनले पशुपतिनाथ मन्दिरको पुनर्निर्माणमा योगदान दिएका थिए । (विश्व सम्पदा स्थल)
  • मायादेवी मन्दिर लुम्बिनी गुरुयोजना कार्यान्वयन गरे ।
  • उनले भारतको बनारसमा धर्मशाला निर्माण गरे ।

पासाङ ल्हामु शेर्पालाई राष्ट्रिय नायक घोषणा गर्न उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाप्लु र लुक्ला विमानस्थलको स्तरोन्नति गरी पर्यटन उड्डयन र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय काम गरेका छन् ।

  • उनले सगरमाथा (विश्वको सर्वोच्च हिमाल) मा प्रदूषण नियन्त्रण केन्द्र पनि स्थापना गरेका थिए ।

उनले सोलुखुम्बु जिल्ला र देशको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । उनी सोलुखुम्बुका अभिभावकका रुपमा परिचित छन् ।

  1. "Members of the Council of Ministers(June 25,2001)", Nepal Home Page, २००२-०६-१९, अन्तिम पहुँच २०१७-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०५ मिति
  2. "Bal Bahadur KC", Election.ujyaaloonline.com, २००१-०७-२५, मूलबाट २०१७-०४-०४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०४-०४ मिति
  3. "Members of the Council of Ministers(June 30, 1999)", Nepal Home Page, १९९९-०६-३०, अन्तिम पहुँच २०१७-०४-०४  वेब्याक मेसिन अभिलेखिकरण २०१६-११-०९ मिति
  4. "Nepali Congress Official website | Political party of Nepal", NepaliCongress.org, १९९९-०३-०१, अन्तिम पहुँच २०१७-०४-०४ 
  5. Republica (२०१७-०३-२६), "NC forms Central Work Execution Committee", My Republica, अन्तिम पहुँच २०१७-०४-०५ 
  6. {{cite web|url=https://shilapatra.com/detail/99128
  7. {{cite web|url=https://nepalpatranews.com/posts/247
  8. {{cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
  9. https://www.onlinekhabar.com/2022/11/1218570  |title= रितो (सहायता)
  10. {{Cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
  11. {{Cite web|url=https://ujyaaloonline.com/national-election-2079/election/pratinidhi-contestant/2332
  12. {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
  13. {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
  14. {{Cite web|url=https://www.onlinekhabar.com/2022/11/1218570
  15. {{Cite web|url=https://www.setopati.com/new-news/50040