बुधबारे नेपालको मेची अञ्चलको झापा जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउँमा ३९२८ वटा घर छन्।

बुधबारे
बुद्धशान्ति गाउँपालिका
देश नेपाल
अञ्चलमेची अञ्चल
जिल्लाझापा
जनसङ्ख्या
 (1991)
 • जम्मा१६५६७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २००१ को जनगणना अनुसार बुधबारेको जनसङ्ख्या १९,७४२ छ।[१] यस मध्य पुरुष ५०%, र महिला ५०% छन्। यसको उत्तर तिर इलाम जिल्ला र शान्तिनगर गा.बि.स. पर्छ । पूर्वमा शान्तिनगर । दक्षिणमा शनिश्चरे र अर्जुनधारा पर्छ । पश्चिममा यहि गा. बि. स.बाट फुटेको खुदुनाबारी पर्छ । प्रमुख खोलामा बिरिंग, हडिया हुन । मेची राजमार्ग यहि गा.बि.स. भएर जान्छ । सडक सुबिधाले सम्पन्न यस गा.बि.स.बाट बैकल्पिक मार्ग शनिश्चरे हुदै बिर्तामोड जाने बाटो पनि पिच भएको छ । यस गा.बि.स. मा विशेष गरी सुपारी र नरिवलको खेति हुन्छ । धान पनि प्रसस्तै फल्छ । ९ वटा वडा रहेको बुधबारेको वाड न. १ म भोटेटार र् उत्तरी भेग, २ मा जयपुर् चोकबाट उत्तर भेग, ३ मा पिपल चोक उत्तर र नमुना चोक दक्षिण बिचको भुभाग, ४ मा जयपुरको तेर्स्रो बाटोबाट दक्षिण भेग खतिवडा चोकसम्म, ५ मा गोपालडाँडा र सेतीपानी आसपास, ६ मा इन्द्रेणी चोकबाट केहि पर उत्तर पुर्वी क्षेत्र, ७ मा ७ नम्बर चोक आसपास, ८ मा ७ नम्बर पुर्व र ९ मा बुध बारे चोक आसपास पर्दछ।

बुद्धशान्ति गाउँपालिका पूर्वी नेपालको मेची अञ्चल अन्तरगत झापा जिल्लाको उत्तरपूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो  । वि.सं. २०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागू गर्दा झापा जिल्लामा साविकको बुधबारे र शान्तिनगर गाउँ विकास समितिहरूलाई बुद्धशान्ति गाउँपालिका बनाइएको हो । बुद्धशान्ति गाउँपालिकाको कूल क्षेत्रफल ७९.७८ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ७ वडामा विभाजन गरिएको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार यस गाउँपालिकाको कूल जनसङ्ख्या ५२९११ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मेचीनगर नगरपालिका पश्चिममा अर्जुनधारा नगरपालिका उत्तरमा इलाम जिल्ला तथा दक्षिणमा मेचीनगर र अर्जुनधारा नगरपालिका सम्म फैलिएको छ । यस गाउँपालिकाको कार्यालय झापाको मेचीनगर नगरपालिका  तथा इलामको  रोङ गाउँपालिकालाई जोड्ने  मेची राजमार्गमा रहेको बुधबारे चोकको  पश्चिममा रहेको  साबिक बुधबारे गा. बि. स. को कार्यालय लाई तोकिएको छ. यसै स्थानको करिब  १०० मि. पूर्व  मा बुधबारे बजार पनि रहेको छ. प्रत्येक हप्ता को बुधबार हाट-बजार लाग्ने बुधबारे बजार साबिक बुधबारे तथा शान्तिनगर गा.बि. स. को एकमात्र  पुरानो बजार हो जहाँ अहिले  पनि सदाझैँ  उत्तिकै जनसहभागिता र उत्साह पुर्बक किनमेल तथा हाट बजार गर्ने संस्कृति पाईन्छ ।बुद्धशान्ति गाउँपालिका बिशेस गरि धान खेति को लागि चिनिने गर्छ भने यहाँका कृषकहरु  सुपारी ,नरिवल ,चिया ,मकै लगायत अन्य खेति मा पनि संलग्न भएको पाईन्छ  ।हाल धेरै संख्यामा यहाका कृषकहरु गाइ ,कुखुरा , खसी ,सुँगुर आदि जस्ता पशुपालनमा पनि आकर्षित रहेको र उल्लेखनिया मुनाफा आर्जन गरेको पनि पाईन्छ ।बुद्धशान्ति गाउँपालिकाले शहरीकरणलाई व्यवस्थित गरि आधुनिक शैलीको नगर व्यवस्थापन गर्न यहाँ रहेका आर्थिक, सामाजिक, साँस्कृतिक, शैक्षिक तथा पर्यटन क्षेत्रको बिकास तथा प्रबर्धन गर्न बुद्धशान्ति गाउँपालिका तथा गाउँपालिकाबासी अग्रसर तथा उत्साहित रहेको देखिन्छ . यहि हौसला तथा उर्जालाइ  बिकासको आधार  मान्ने हो भने यो गाउँपालिका ले चाडै नै आधुनिक सहर को रुपमा काँचुली फेर्छ भन्ने बिश्वास गर्न सकिन्छ। विविध जातजाति,धर्म,वर्ग,पेशा व्यवसाय भएका मानिसहरुको शान्तिपूर्ण रुपमा धार्मिक सहिष्णुता कायम राख्दै आपसी मेलमिलाप तथा हातेमालो गरि बसोबास गरेको यस गाउँपालिकामा थुप्रै सम्भावनाहरु रहेका छन् । पहाडको चिसो संगसंगै मधेशको सुरुवाती तापको सम्मिश्रण रहेको यो गाउँपालिकालाई अनुकुल वातावरण,प्राकृतिक सुन्दरता तथा धार्मिक सहिष्णुता भएकाले एक उपयुक्त पर्यटकीय गन्तव्य स्थल को रुपमा लिन सकिन्छ  । यहाँ झापा, मोरङ, सुनसरी तथा भारतको विभिन्न भूभागको मनोहर दृष्यावलोकन गर्न सकिने गरि यस गाउँपालिकाको  वडा नं ७ स्थित धारागोला भ्यु टावर को निर्माण तिब्र गति मा भइरहेको छ ।यस क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरी आन्तरीक तथा बाह्य पर्यटकको पहिलो रोजाईको स्थान बनाउने लक्ष्य राखीएको छ ।

नगरोन्मुख यस गा. वि. स. का आफ्ना छुट्टै विशिष्टता रहेका छन् । यो नेपालमा भूमीसुधार लागु भएको पहिलो गाउँ पञ्चायत हो । समथर भुभाग तथा पहाडी क्षेत्रको साँधमा रहेको यस क्षेत्रको उर्बर माटोका कारण कृषि उपज उत्पादनमा समेत अब्बल मानिन्छ । उर्वर भूमी भए ता पनि यहाँका वडा नं. २, ४, ५, ६ मा सिँचाइको अपर्यप्तताका कारण अपेक्षित रूपमा उत्पादन नभएको पाइन्छ । आगामी दिनका योजना निर्माण गर्रदा स्थानीय, जिल्ला तथा केन्द्रीय तहमा समेत यस पक्षलाइ ध्यान दिनु जरूरी छ । समथर भुभाग तथा पहाडी क्षेत्रको साँधमा रहेको यस क्षेत्रले प्रचुर पर्यटन तथा वजार विस्तारको सम्भावना बोकेको छ, यो क्षेत्रमा कृषि बजार, ग्रामीण पर्यटन, सुपारी खेतीको प्रसश्त सम्भावना रहे ता पनि निम्न चुनौतीहरू रहेका छन् ।

१. उच्च जनसङ्ख्या वृद्धिदर, २. समथर भुभाग तथा उर्वर भूमीको खण्डीकरण, ३. सिँचाइ सुविधाको अभाव, ४. विरीङ तथा हँडिया खोलाका कारण वाढीको जोखिम आदि ।

क्र.सं. नयाँ वडा समावेश गाविस / नगरपालिका क्षेत्रफल(वर्ग कि.मी.) जनसंख्या पुरुष महिला १ १ बुधवारे(१,३,६) ९.५८ ५००६ ५३८१ २ २ बुधवारे(२,४,५) ११.०७ ४३४९ ४८०० ३ ३ बुधवारे(७,८,९) १०.६८ ५७३८ ६५०२ ४ ४ शान्तिनगर(१) १७.७३ ५५८५ ६१०७ ५ ५ शान्तिनगर(३,४,५) १७.६५ १९५६ २०७१ ६ ६ शान्तिनगर(२,७-९) ९.९३ १५८० १६७० ७ ७ शान्तिनगर(६) ३.१५ १०४६ १२१९


स्रोत सम्पादन गर्नुहोस्

  1. "नेपाल जनगणना २००१", अन्तिम पहुँच अप्रिल २९  |accessyear= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २००७-०७-०८ मिति