सुदूरपश्चिम प्रदेश, अछाम जिल्लामा अवस्थित बाटुलासेन पहिलेको गाँउ विकास समिति हाल रामारोशन गाउपालिकामा पर्छ। बाटुलासेन स्थित जुगातामा ठकुरी (शाह) को मात्र बसोवास छ। जुगाता शिक्षित अग्रज व्यक्तित्वहरुको बसोवास स्थल हो। जुगाताका सवै परिवारका धेरै जसो युवा सदस्यहरुले स्नातकोत्तर तह उर्तिण गरेका छन र वाँकी अरुले पनि कम्तिमा स्नातक तहसम्म उर्तिण गरेका छन । जुगाताका अधिकांस व्यक्ति प्राध्यापन,कानून,पत्रकारिता, राजनीति तथा शिक्षण पेशामा संलग्न छन। यसै ठाँउमा जन्मनु भएका डा. राजेन्द्रकुमार शाहले शिक्षाशास्त्र विषयमा विद्यावारिधी (पिएच डि) गर्नु भएको छ र वहाँलाई शिक्षाक्षेत्रको अनुसन्धान विज्ञका रुपमा चिन्ने गरिन्छ । हाल वहाँ त्रिभुवन विश्वविद्यालयको शिक्षाशास्त्र संकायमा प्राध्यापन गर्नुका साथै अनुसन्धान कार्यमा संलग्न हुनुहुन्छ । वहाँले लेख्नु भएका पुस्तकहरु प्याडागोजि (Pedagogy) र कन्सेप्ट अफ लर्नर सेन्टर्ड टिचिंग (Concept of Learner-entred Teaching) विदेशी विश्वविद्यालयहरुमा समेत रुचाईएका पुस्तकहरु हुन ।

बाटुलासैन
देश नेपाल
अञ्चलसेती अञ्चल
जिल्लाअछाम
जनसङ्ख्या
 (1991)
 • जम्मा३५८७
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्