पञ्चावती उदयपुर जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। उदयपुर गढीमा रहेको पञ्चावती देवीको नाममा यस स्थानको नाम रहन गएको हो । उदयपुर जिल्लाका गाविसहरू मध्य एक गाविस पञ्चावती पनि हो । यस गाविस को पर्यटकीय स्थल उदयपुर गढी भन्ने ठाउँ मा वि.सं. २०२८ साल भन्दा अगाडि सम्म उदयपुर जिल्ला को सदरमुकाम रहेको थियो । जस लाई वि.सं. २०२८ साल जेठ ९ गते महेन्द्र राजमार्ग स्थित कदमाहा भन्ने ठाउँ देखि २७ कि.मि. उत्तर गाइघाट भन्ने ठाउँ मा सारियो । पञ्चावती गाविस को नेपालटार बजारबाट करिब १ घन्टा को पैदल यात्रा पछि उदयपुर गढी पुगिन्छ । जहाँ पञ्चावती गाविस को गाविस कार्यालय छ ।

पञ्चावती
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लाउदयपुर जिल्ला
जनसङ्ख्या
 (२०५८)
 • जम्मा६५८०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

उदयपुर गढी डाँडामा अझै पनि राजा उदय सेनको मादल गुञ्जन्छ भन्ने जनविश्वास रहेको छ । पृथ्वीनारायण शाहले राजा उदय सेनको राज्यमाथि आक्रमण गरेपछि उदय सेन अलप मात्र भएका हुन्, अहिले पनि गढी दरबारपारीको जङ्गलको डाँडामा मध्यदिनमा र रातको समयमा उदय सेनले मादल बजाउने गरेको र मादलको आवाज आउने गरेको भनिन्छ ।  पृथ्वीनारायण शाहका फौजका कमाण्डर अमरसिंह थापा, स्वरुप सिंह कार्की, अभिमान सिंह बस्नेतलगायतले उदयपुर गढीमा आक्रमण गरेपछि राजा उदय सेन आफ्नो प्यारो वस्तु मादल लिएर गढी नजिकैको जङ्गलको ओढारमा लुक्न गए र सोही स्थानमा अलप भएको भन्ने जानकारको भनाइ रहेकोछ । सन् १७६० मा उदयपुरको चौदण्डी गढीका राजा विक्रम सेनका भाइ उदय सेन उदयपुर गढीमा चौदण्डीको क्षेत्रीय वडाधीश भई आएर शासन गरेपछि आफूलाई राजा घोषणा गरेका थिए भनी इतिहाँसविद् भन्छन् । गढीमा उदय सेनको कुलदेवीको रुपमा रहेको पञ्चावती देवीको मन्दिरमा अपार जनश्रद्धा अझैपनि देख्न सकिन्छ । नेपालटारबाट सात-आठ किलोमिटर माथि चढेपछी मनोरम उदयपुर गढी आउँछ ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्