नेपाल –तिब्बत /चीन युद्ध

तिब्बतमाथि हमला र चिनियाँ हस्तक्षेप

नेपाल तिब्बत चिन युद्ध (चिनियाँ: 廓爾喀之役) नेपालले तिब्बत तथा चीन सँग लडेको युद्ध थियो। यो युद्ध सन् १७८८ देखि १७९२ सम्म चलेको थियो। नेपाल भोट सम्बन्ध व्यपारको विषयले चिसो भएको थियो [१]

तिब्बती विरुद्ध प्रथम अभियान

रसुवागढीको युद्ध
मिति१७८८ - ८९
स्थान
परिणाम नेपालको जित, केरूङको सन्धि
योद्धा
Qing Dynasty तिब्बत किंगको शासनमा नेपाल अधिराज्य
सेनापतिहरू
Qing Dynasty दलाई लामा रणबहादुर शाह
बहादुर शाह
शक्ति
१०,००० १०,०००
मृत्यु र क्षति
अज्ञात
नेपाली विरुद्धको दोस्रो अभियान
चित्र:Battle of Betrawati.jpg
बेत्रावती, पहिलो नेपाल-तिब्बत युद्धको दोस्रो चरणको युद्ध
मिति१७९१ - ९२
स्थान
परिणाम तिब्बत-चीनको विजय
नेपालको पराजय, बेत्रावती सन्धि
योद्धा
Qing Dynasty किंग साम्राज्य नेपाल अधिराज्य
सेनापतिहरू
Qing Dynasty कियानलोंग
Qing Dynasty फुकागन
रणबहादुर शाह
बहादुर शाह
दामोदर पाँडे
शक्ति
७०००० २००००-३००००
मृत्यु र क्षति
अज्ञात

नेपालले हमला गर्दै गयो र ल्हासा समेत कब्जा गर्यो । नेपाली फौजले तिब्बतमा पुरै लुट मच्चायो ।

आफुसँग अर्को कुनै उपाय नभएकाले तिब्बतीहरूले केरूंग सन्धी (खासा सन्धि )गरेका थिए दलाई लामाले समयमा कसैबाट कुनै पनि सहयोग पाउन नसकेकाले उनी अप्ठेरो पारगर्न वार्षीक ५०००० जरिवाना तिर्न राजी भएका थिए, त्यसैले त्यो रकम त्यो वर्ष तिरे पनि अर्को वर्ष तिरेनन नेपालले यसलाई आफ्नो अपमान ठान्यो त्यसैले राजकुमार नायब बहादुर शाह अर्को युद्धको तयारी गर्न लागे।

  • केरूङ्ग दख्खलः काजी अभिमान सिंह बस्नेतलाई केरूङ्ग मोर्चाको नेतृत्व दिइ क्यापटेन कालु पाण्डे, सरदार जसवन्त भण्डारी र सरदार रणजित कुँवरलाई अन्य कमान्डर नियुक्त गरियो। उनीहरूकोलाई दिइएको जिम्मवारी झुँगा कब्जा गरी काजी दामोदर पाण्डेलाई भेटी दिघर्चा कब्जा गर्न सघाउनु थियो।
  • कुती दख्खल: यो अभियानका कमान्डर काजी दामोदर पाँडे थिए क्यापटेन बम शाह, काजी जहर सिंह बस्नेत, सरदार प्रतिमन राना मगर, टकसारी नरसिंह गुरूङ उनका सहायक कमान्डर थिए, उनीहरूको काम कुती कब्जा गरी दिघर्चा कब्जा गर्न काजी अभिमान सिंहसँग भेटनु थियो।
  • खार्ता दख्खल: पूर्वी नेपालको संखुवासभाको चैनपुरबाट अगाडि बढेको यो सैन्य टोलीको नेतृत्व काजी कीर्तिमान् सिँह बस्न्यातले गरेका थिए भने उनका सहायक कमान्डर हरू सुब्बा पदम सिंह बस्नेत तथा सुब्बा मधु शाही थिए। यिनीहरू खार्ता कब्जा गरी कुतीमा दामोदर पाण्डेलाई भेटी दिघर्चा कब्जा गर्न खटिएका थिए।

दोश्रो युद्ध

सम्पादन गर्नुहोस्

रसुवा गढी र टिमुरे सैनिक सहयोग र रसद पानी का लागि महत्त्वपूर्ण मुकाम थिए त्यहा मल्ल काल देखि नै यौटा किल्ला बनाइएको थियो त्यसै गरी दुगुना गढी र लिस्ती नजीकैका लजिस्टीक ब्याकअप विन्दु थिए। नेपाली सैनिक नेपाल चिन तिब्बत सिमा नाघी त्याहा पुगे किन भनें की रक्षात्मक लडांइ का लागि तिठाउँ उपयुक्त थिए। सबै कमान्डरहरूले आफ्नो जिम्माका अभियान सजिलै सकि दिर्घाचा नराम्रो सँग हान्न पुगे र लामाहरू सबै पछाडी हट्न बाध्य भए नेपाली कमान्डर हरूले ५० धार्नी सुन र १ लाख रूपैया युद्धको क्षतिपूर्ति स्वरूप दिर्घाचामा रहेका तिब्बती अधिकारीहरूसँग माग गरे। लामा हरूले त्यो तिर्न अस्विकार गरे। नेपाली सेना नेपाल फर्के पछि दलाई लामा र तिब्बतमा रहेका चिनीया अम्बानले चिनीया बादशाहलाई नेपालीको आक्रमण तथा तुरून्तै सैन्य साहयताको जानकारी गराए।

चीनियाँ संलग्न

सम्पादन गर्नुहोस्

नेपालीहरूले तिब्बती काजीहरूलाई गिरफ्तार गरेकाअले तथा डिगर्चासम्म पुगी लुट समेत गरेको हुनाले तिब्बत ले नेपालसित लड्न चीनिया सहायता माग्यो । चीनबाट पनि सेनापती च्यानचुन प्रशस्त फौज लिई सहायतार्थ ल्हासा आइपुगे । तिब्बत पुग्नासाथै चिनिया सेनापतिले नेपाल नरेशछेउ एक पत्र पठाई, तिब्बती काजीहरू गिरफ्तार गरेको एवं डिगर्चा लूट गरेको कारण सोधी पठाए ।  [२]

यता नेपालमा भने नेपालीहरू खुसी मानाइ रहेका थिए बाहदुर शाह निकै प्रसिद्ध भए उनलाई सुयोग्य बाबुका सुयोग्य छोराको रूपमा सम्मान गरियो। तर रमाइलो त्यतीबेला अर्कै मोड लियो जब ठूलो चिनीया सेना नेपाल विरूद्ध तिब्बतलाई सहयोग गर्न ८ मार्च १७९२ मा लासा पुगीसकेको खबर नेपाल पुग्यो, नेपाल सम्पूर्ण आयश्रोत एकिकरण अभियानमा लगाउदै र भर्खर भएको नेपाल तिब्बत युद्धमा खर्च गरेकाले आर्थिक रूपमा कमजोर थियो।

त्यस्तो बेला चिन तिब्बत संयुक्तको ठूलो संयुक्त सेना सँग लडनु निकै गाह्रो थियो। नेपाली सेनाले पाएको सूचना का आधारमा चिनीया सैनिक नेतृत्व कर्ता फुकांग उनका मित्र हरू थुंग थांग र चुन चान मुख्य सैनिक कमाण्डर रहेका उनी हरू सँग मुख्य गरी ११००० चिनिया सेना थप ३००० तिब्बती सेना का साथै ३००० तिब्बती रिर्जभ सैनिक समेत भएको जानकारी हुन आयो। त्यसबाहेक तिब्बतले काल्लोगं होर खांगको नेतृत्वमा १०००० सेना तयारी गरीरहेका पनि थाह भयो शत्रुको मुख्य शक्ति १७०००० सेना रहेको देखियो तर अर्को खबरले पुस्टी गर्‍यो कि उनीहरूसँग स्थायी, अस्थायी सबै गरी ६०००० देखि ७०००० सैनिक रहेका र चिनीया सेना तिन मुख्य रणमार्गमा नेपाल विरूद्ध आक्रमण गर्न परिचालन गरिएका थाह भयो। पहिलो टोली पहिलो टोली कुतीबाट सोझै नेपाल पट्टी वर्लने भएको थियो भने दोस्रो सैन्य टोली लासा, कुती, दुगुना, लिस्ती, जलवीरे, चौतारा हुदै इन्द्रावती नदी तरेर देवपुर नालदुम माहदेव पोखरी हुदै काठमाडौँ हान्न हिडेको थियो र तेस्रो टोली चाही लासाबाट खार्ता हुदै पूर्वी नेपालको चैनपुर हुदै नेपाली राजधानी आइपुग्न चाहान्थ्यो। खार्ता हुदै आउने तेस्रो टोली ३००० जानाको सानो टोली थियो उनीहरू लै रसदपानी पाउन पनि असुविद्या र चैनपुर क्षेत्रमा बसोबास गर्ने स्थानीयले पनि समर्थन नगर्ने स्थिति भएपछी उनीहरूले सेना सुरूतिरै फर्काए, अन्तत चिनिया सैनिक नेतृत्वले दुई मुख्य मार्ग कुतीबाट चेगं त्सेको नेतृत्वमा तथा केरूगंबाट फुकांग आफै तथा कालोगं होर्कान्डको नेतृत्वमा नेपालमाथी आक्रमण गर्ने निर्णय गरे।

चिनिया सेनापतिले सर्वप्रथम कुतीमा पालो बसेको नेपाली पक्षका ठानेदार इमाबक्स र केही फौजमाथि आक्रमण गरी मारे । त्यसपछि उनीहरू अगाडि बढ्न थाले । यसरी चीनिया फौज बढ्दै अएको हुँदा त्यसलाई रोक्न नेपालबाट पनि फौज खटिएर गयो । यो फौज खासा पुग्दा भारी हिमवर्षा भयो र बाटोघाटो बन्द हुन गयो । यसो हुँदा न नेपालीहरू खासाबाट अगाडी बढ्न सके न त चीनिया फौज नै अगाडी बढ्न सके । [३]

बाटो कारीब दुइ महिना बन्द रह्यो । त्यसपछि चिनिया सेनपति खासा आइपुगे । नेपालबाट गएको फौजसित उनको पहिलो मुठभेट त्यहीं हुन गयो । यस लडाइँमा नेपालीहरूले नेपाल मै तयार गरिएको टोटादार चापवाल बन्दूकको प्रयोग गरेका थिए । लडाइँको क्रममा बारुदखानामा आगलागी भएबाट नेपालीहरू पछि हट्नुपर्‍यो र लिस्तिमा आएर बसे।[३]

कुकुरघाट र झुँगा

सम्पादन गर्नुहोस्
 
रसुवागढी कब्जा
 
स्याफ्रू कब्जा

काठमाडौँमा त्रास

सम्पादन गर्नुहोस्

चिनियाँ सेना त्यस समयमा एसिया र विश्वको उत्कृष्ट सेना थियो । चिनियाँ सेना र तिब्बती सेनाले नेपाली सेनालाई पछाडी धकेल्दै गयो।

भोटे सेना त्रिशुली वेत्रावती, नुवाकोट सम्म आइपुगे पछि काठमाडौँमा त्रासको वातावरण सिर्जना भयो । उनीहरूले एक शक्तिशाली धक्का दिएर काठमाडौँ नेपाल खाल्डो राजधानी कब्जा गर्न सक्थे । त्यसकारण हतार हतार राजधानी नै मकवानपुर सार्ने काम पनि सुरु हुन लाग्यो ।

लिस्ती र धुन्चेको चीनियाँ सेनापतिले संयुक्त रुपमा धैबुङ्गतर्फ बढी हमला गर्‍यो। चीनियाँ फौज धैबुङ पुगेको समाचारबाट परिस्थिति गम्भीर भएको महसूस गरी नेपालाले सुदूर पश्चिम्तिर लड्न बसेका आफ्ना सेनापतिहरूलाई तुरुन्त काठमान्डौँ आउन सूचित गरेको थियो। यस क्षेत्रबाट पनि हारेर फर्कन पर्‍यो बह्ने चीनियाँ फौज विना रोकटोक सरासर काठमाडौं पुग्ने भयो भन्ठानेर नेपालीहरूले आफ्नो सारा शक्ति एवम बुद्धि लगाएर लड्न थाले ।

फलस्वरुप चीनियाँ फौजले पछि हट्नुपर्‍यो। चीनियाँ फौज पछि हटेर धैबुङबाट चार कोस टाढा रामच्या भन्ने स्थानमा गै बसे । यसरी पछी हट्दा भीरबाट खसेर धेरै जवान क्षति भयो । चीनियाँहरू पछि हटे पनि नेपाली फौजले उनीहरूको पीछा गरेनन् । उनीहरू धैबुङ मै मोर्चा बलियो गरी बसी रहे ।

 
जीत पछी चिनियाँ दरबारमा विजय समारोह

मुख्य लेख: बेत्रावती सन्धि

नेपालीहरूले अकल्पनीय पराजय बेहोर्नु परेको कारण बहादुर शाहले चिनियाँ सेनापति फुकाङ्गसंग वार्ता गरे । वार्तामा चिनियाँ सेनापतिले नेपालले लुटेको सम्पत्ति फिर्ता गर्ने, बन्दी बनाइएका भोटका काजीहरूलाई रिहा गर्ने, स्यामार्पा लामालाई तिब्बत सरकारलाई बुझाउनु पर्ने ३ वटा शर्तहरू राखे । नेपालले २ वटा शर्तहरू स्वीकारे तापनि स्यामार्पा लामालाई सुम्पन्न चाँहदैनथे । ई. १७९२ मा स्यामार्पा लामाको मृत्यु भयो र वार्ताको ढोका खुल्यो । पुनः सेनापतिले ३ वटा शर्तहरू राखे । श्यामार्पा लामाको हाडखोर चिनियाँ सेनापति छेउ बुझाउने, दिगर्चामा लुटेको सम्पत्ति फिर्ता गर्ने, ई. १७८८ को सन्धिको सक्कल प्रति चिनियाँ सेनापतिलाई बुझाउने । परन्तु बहादुर शाहले यस बारेमा जवाफ पठाएनन् । यसरी वार्ताले सकारात्मक रूप लिन नसक्दा पुनः युद्ध चर्कने स्थिति देखेर बहादुर शाहले अंग्रेजसंग सहायता लिने निर्णय गरी ई. १७९२ मा अंग्रेजसंग एउटा वाणिज्य सन्धि गरे ।[४] चिनियाँ सेनापति फूकाङ्गले नेपाली फौजमाथि आक्रमण गर्ने आदेश दिए। यो आक्रमण नेपालको लागि घातक सिद्ध भयो । चिनियाँ फौज बेत्रावतीसम्म आइपुगेकाले काठमाडौंलाई खतरा भई ढुकुटी नै मकवानपुर सारिएका प्रसङ्गहरू उल्लेख छन् । नेपालमा त्रासको माहोल सिर्जना भएको र भोटे/ चीनियाँ सेना पनि आफ्नो मुकामबाट निकै टाढाको दुरी आइपुगेको हुँदा सन्धिको कुरा उठ्यो । यस युद्धमा नेपालको पराजय भएको हुँदा सन्धिमा नेपाललाई निकै तल पारियो । [१] त्यसपछि नेपालले चिनियाँ शर्तहरू बाध्य भएर मान्नु पन्यो र ई. १७९२ मा नेपाल + तिब्बत + चीनका बीचमा बेत्रावतीमा सन्धि भई युद्धको अन्त्य भयो । [५]

यस सन्धिले नेपालले आदिकालदेखि प्राप्त गरेको हिमाली क्षेत्रको व्यापारमा एकाधिकार समाप्त गयो। तिब्वती बजारमा वर्षौंदेखि चालु रहँदै आएको नेपाली मुद्रा बाहेक नयाँ मुद्रालाई प्रतिबन्ध लगायो । तिब्बतमा नेपालको जुन स्थिति थियो । त्यो समाप्त भई चीनले प्राप्त गयो । कुती र केरूङ्गका क्षेत्रमा चिनियाँ अधिकारीले रेखाङ्कन गरेको सिमानालाई मान्न नेपाल बाध्य भयो । प्रत्येक पाँच वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउनु पर्ने भयो । यो सम्झौता नेपालका लागि हानिकारक तथा घातक सिद्ध भए तापनि नेपालले यस सम्झौतालाई उल्लंघन गर्ने कोशिस गरेन । बरू प्रत्येक ५-५ वर्षमा एउटा शिष्टमण्डल नियमित रूपमा चीन पठाउने भयो ।[६] बेत्रावतीको सन्धिमा नेपाललाई चीनको अधिनता स्वीकार्नु पर्ने वा कुनै प्रकारको हानि हुने शर्त नरहेकाले नेपालले केही कुरा गुमाउनु परेन

यसप्रकार शताब्दीयौं देखि रहेको नेपाल + तिब्बत सम्बन्धमा गतिरोध आउनुको बदला यस सन्धि पश्चात्चीनको संलग्नता पनि बढ्न गई नेपालको कूटनैतिक इतिहासमा नयाँ अध्यायको शुरूआत भएको पाइन्छ ।[७]

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. १.० १.१ डा. प्रेम सिंह बस्न्यात अन्तर्वार्ता वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-११ मिति
  2. चित्तरञ्जन नेपाली (बि.सं २०२०), श्री ५ रणबहादुर शाह (व्यक्तित्व र शासन), पृ: 94। 
  3. ३.० ३.१ चित्तरञ्जन नेपाली (बि.सं २०२०), श्री ५ रणबहादुर शाह (व्यक्तित्व र शासन), पृ: 95। 
  4. Bhadraratna, Bajracharya (१९९२), Bahadur Shah: The Regent of Nepal, Delhi: Anmol Publication, पृ: 246, 247। 
  5. नेपाल भोट विवाद, काठमाडौँ: नेपाल र एसियाली अनुसन्धान केन्द्र, त्रिभुवन विश्वविद्यालय, २०४१ BS, पृ: 2। 
  6. ज्ञानमणि नेपाल, धनबज्र बज्राचार्य, (वि.स. २०१४), ऐतिहासिकपत्र संग्रह, पहिलो भाग, काठमाडौँ: नेपाल सांस्कृतिक परिषद, पृ: पृ. ७३ ७४। 
  7. जोशी, श्रीमती इन्दिरा, "नेपाल‌+तिब्बत सम्बन्ध: ऐतिहासिक सिंहावलोकन", प्राचीन नेपाल: 22। 

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्