पहिलो नेपाल तिब्बत युद्ध

पहिलो नेपाल तिब्बत युद्ध

तिब्बती विरुद्ध प्रथम अभियान
चित्र:Battle of Jhunga.jpg
झुँगा, पहिलो नेपाल-तिब्बत युद्धको पहिलो चरणको युद्ध
मिति१७८८ - ८९
स्थान
परिणाम नेपालको जित, केरूङको सन्धि
योद्धा
Qing Dynasty तिब्बत किंगको शासनमा नेपाल अधिराज्य
सेनापतिहरू
Qing Dynasty दलाई लामा रणबहादुर शाह
बहादुर शाह
शक्ति
१०,००० १०,०००
मृत्यु र क्षति
अज्ञात

पृष्ठभुमी सम्पादन गर्नुहोस्

नेपालका लागि तिब्बत प्रागएतिहासिक काल देखि राम्रो बजार थियो नेपाली ब्यापारी हरूले आफ्नो ब्यापारीक संबध तिब्बतमा अती राम्रो राखेका थिए। नेपालका राजा अंसुर्वमाले छोरी भृकुटीको विवाह तिब्बतका राज स्रङचगं गम्पो सँग गरिदीनुका साथै थुप्रै नेपाली ब्यापारी तथा सरकारी कर्मचारी हरूले तिब्बती केटी विवाह गर्ने गर्दथे। व्यापारीक रूपमा पनि नेपालका लागि यो संबध लाभकारक थियो किन भनें तिब्बत आफैले सिक्का बनाउदैनथ्यो। नेपाली चांदीका पैसानै तिब्बतका पनि पैसा का रूपमा उपयोग हुन्थे।

तर त्यो राम्रो संबध तब बिग्रन थाल्यो जब मल्ल राजाहरूले काठमाडौँ एकिकरणको अवस्था तिर शुद्ध चांदीका पैसा नपठाइ मिसावटी चाँदीका पैसा पठाउन शुरू गरेकाले भोट रउपत्यकाका मल्लहरूका बीच खटपट शुरू भयो । भोट रकाठमाडौं उपत्यका बीच मुद्रामा विवाद परेका बेलातिर भोटको चीनसंग र उपत्यकाका मल्ल राजाहरूको गोरखाकाराजा पृथ्वीनारायण शाहसंग संघर्ष चलिरहेको थियो ।फलस्वरूप भोटले चीनको अधिपत्य स्वीकार गर्नु पन्यो ।चीन सरकारका दुईजना प्रतिनिधिलाई ल्हासामा रहने अनुमति दिनु पर्ने बाध्यता भयो । यिनीहरूलाई "अम्बा "भनिन्थ्यो र यिनीहरूले भोटको शासनको नियन्त्रण गर्दथे |

ई. (१७६८/६९ ) मा पृथ्वीनारायण शाहले उपत्यकाका मल्लराज्यहरूमा अधिकार जमाएपछि नेपाल- भोट सम्बन्ध शाहहरूको हातमा पर्न गयो । उपत्यका अधिनमा आए पश्चात् भोट सरकारसंग अशुद्ध मुद्रा वा मिसाहा टकको कारण उल्केको समस्या सुल्झाउन पृथ्वीनारायण शाहले विभिन्न प्रयासहरू गरे । परन्तु उक्त समस्या समाधान हुनसकेन । उनले तिब्बतसंग पहिले नै हिमाल वारपारको व्यापारिक केन्द्रको रूपमा नेपाल स्थापित भई नै रहोस् तथा तिब्बतसंगको व्यापारमा बढी फाइदा होस् भन्ने चाहनाराखेर तिब्बतलाई बंगालबाट हुने इष्ट इण्डिया कम्पनीकासामानहरू अन्य मार्गबाट आयात नगर्न अनुरोध गरे । नेपालबाट तिब्बत जाने व्यापारिक मार्ग मध्ये कुती र केरूङबाहेक अन्य मार्गहरू बन्द गरिदिए । तिब्बतले नेपालसंग व्यापारिक गतिविधि सञ्चालन गर्न पत्राचार पनि गरेको थियो । पृथ्वीनारायण शाहले उक्त प्रस्ताव इन्कार गरिदिए । नेपाल + तिब्बत व्यापारिक गतिविधिमा गतिरोध पैदा भएकोअवस्थामा ई. १७४४ मा काठमाडौंमा जम्मा दुई वटा काश्मिरी कोठीहरु थिए । यसै समयतिर दुई जना काश्मिरीहरू नेपालबाट भागी ल्हासा गएर भुटानको बाटोबाट आफ्नो व्यापार सञ्चालन गर्न थालेका थिए । यस प्रकार पृथ्वीनारायण शाहको समयमा नेपाल + तिब्बत व्यापारिक गतिविधि सुचारू हुन नसकेको पुष्टि हुन आउँछ ।

पृथ्वीनारायण शाहपछि प्रतापसिंह शाहका समयमा नेपाल + तिब्बत व्यापारिक गतिविधि सुचारू रूपमा संचालनगर्नका लागि प्रयासहरू भए । नेपाल सरकारले रूप नारायण कार्कीको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल कुती पठायो ।प्रतिनिधिमण्डलले तिब्बतका शेल, खेम्पो र देन्यो पदसभलसंग कुराकानी गरी एउटा सन्धि गरेको थियो । सन्धि अनुसार नेपालले सुनचाँदिका मुद्राहरू टकमारी तिब्बत पठाउने, तिब्बतले पूर्वतर्फका व्यापारिक बाटाहरू बन्द गरी केरूङ्ग रकुतीबाट मात्र व्यापार गर्ने तथा सन्धिको पालना नगर्नेले जरिवाना स्वरूप ५० धार्नी सुन दिनु पर्ने रहेको थियो । सन्धि भए तापनि खोटो मोहर वा मिसाहा टक सम्बन्धी समस्याको चर्चा यसमा नपरेको हुँदा यस सन्धिले स्थायित्व पाउन सकेन । खोटो मोहर तिब्बतमा पूर्ववत् प्रचलनमा रहिरहयो । यसका अतिरिक्त पूर्वतर्फको बाटो बन्द नगरी तिब्बतले व्यापार पनि गर्दै रहँदा सन्धिको उलङ्घन भएको आभास भई रहेको थियो । उक्त कुरा नेपाल सरकारलाई मन परेको थिएन । ई.स. १७७५ मा नेपाल र सिक्किमबीच युद्ध हुनपुग्यो र बालुङ्गको सन्धि पश्चात् अन्त्य भयो । यस युद्धमा तिब्बतले सिक्किमको पक्ष लिएको थियो । साथै सन्धि गर्दा तिब्बतले आफ्नो प्रतिनिधि पठाएको थियो । यसप्रकार प्रतापसिंह शाहका समयमा पनि नेपाल + तिब्बत सम्बन्धमा कुनै सुधार आउन सकेन । यसपछि करिब १२ वर्षसम्म नेपाल + तिब्बत सम्बन्ध यथास्थितिमा नै रहेको देखिन्छ । प्रतापसिंह शाहको मृत्युपछि अढाई वर्षका नाबालक रणबहादुर शाह नेपालका राजा भए । उनको नायव भएर उनकी मुमा राजेन्द्रलक्ष्मीले शासन चलाइन् । उनको प पछि उनका काका बहादुर शाहले नायवी चलाए । उनले नायवी सम्हालेपछि नेपालको एकीकरण अभियान तदारुकताका साथ अगाडि बढ्यो र तिब्बतसंगका सम्बन्धमा विशेष ध्यान पुग्न सकेन । यसै समयताका तिब्बतमा आन्तरिक कलहको श्रृजना भयो । तिब्बतका तेश्रा पञ्चेन लामाको चीनको सद्भाव भ्रमणमा जाँदा मृत्यु भयो। सम्पत्तिको बाँडफाँडमा उनका २ भाइहरूका बीच घरायसी झगडा भयो । त्यसपछि ई. १७८८ मा पञ्चेन लामाका भाइ समर त्रुलुक राजनैतिक शरणार्थीका रूपमा नेपाल आए । स्यामर्पा लामा र उनका १४ चेला हरूलाई नेपालले सरण दिने भन्ने कुराले घटन पुग्यो। उनी तिब्बतबाट राजनीतिक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए। उनको आगमनले नेपाल + तिब्बतको सम्बन्धमा नयाँ परिस्थितिको सिर्जना भई दुई देशका बीचमा तनावको स्थिति पैदा भयो । नेपाल सरकारले समरपा लामालाई नेपाल तिब्बतको मामिलामा सल्लाहकारका रूपमा राख्यो । उनैको सल्लाहानुसार बहादुर शाहले मुद्रा समस्या समाधान गर्नका लागि भोटसंग युद्धपनि मोलेका थिए ।

कारण सम्पादन गर्नुहोस्

शुद्धा र मिसावटी टक् सम्पादन गर्नुहोस्

व्यापारिक मार्ग सम्पादन गर्नुहोस्

समरपा लामालाई शरण दिनु सम्पादन गर्नुहोस्

यसै समयताका तिब्बतमा आन्तरिक कलहको श्रृजना भयो । तिब्बतका तेश्रा पञ्चेन लामाको चीनको सद्भाव भ्रमणमा जाँदा मृत्यु भयो। सम्पत्तिको बाँडफाँडमा उनका २ भाइहरूका बीच घरायसी झगडा भयो । त्यसपछि ई. १७८८ मा पञ्चेन लामाका भाइ समर त्रुलुक राजनैतिक शरणार्थीका रूपमा नेपाल आए । स्यामर्पा लामा र उनका १४ चेला हरूलाई नेपालले सरण दिने भन्ने कुराले घटन पुग्यो। उनी तिब्बतबाट राजनीतिक तथा धर्मिक कारणले गर्दा नेपाल पसेका थिए। उनको आगमनले नेपाल + तिब्बतको सम्बन्धमा नयाँ परिस्थितिको सिर्जना भई दुई देशका बीचमा तनावको स्थिति पैदा भयो । नेपाल सरकारले समरपा लामालाई नेपाल तिब्बतको मामिलामा सल्लाहकारका रूपमा राख्यो । उनैको सल्लाहानुसार बहादुर शाहले मुद्रा समस्या समाधान गर्नका लागि भोटसंग युद्धपनि मोलेका थिए ।

पत्राचार सम्पादन गर्नुहोस्

यसै बेला एकजना तिब्बती यात्री काठमाडौंको बौद्ध धार्मिक स्थलको दर्शन गर्नका लागि आएका थिए । उनी मार्फत् बहादुर शाहले तिब्बत सरकारलाई एक पत्र पठाएका थिए । उक्त पत्रमा तिब्बतले पुराना खोटा सिक्काहरूको प्रचलनलाई त्यागी नेपालले टकमारेका शुद्ध सिक्का मात्र प्रचलनमा ल्याउनु पर्ने, तिब्बतले शुद्ध नून नेपाल पठाउनु पर्ने, यी मागहरू पूरा नभएसम्म समरपा लामालाई बन्धक राख्ने र तिब्बतको न्याङग, रोङसर र केरूङ्ग कब्जा राख्ने धम्की समेत दिएको थियो ।१६तिब्बत सरकार नेपाल सरकारका यी मागहरू पूरागर्ने पक्षमा थिएन । तिब्बत सरकारले उक्त पत्रको जवाफमा सबै दोष नेपाल कै भनेर पन्छाई दियो । मल्लकालीन मुद्रालाई अवमूल्यन गर्न नसकिने, नूनको दायित्व दुवै देशका अधिकारीको भएको र समरपा लामासंग कुनै सरोकार नभएको उनी स्वइच्छाले नेपाल आएको हुँदा उनको उत्तरदायित्व तिब्बतले नलिने, फर्की गएमा स्वागत गर्ने कुरो जनाउँदै पत्र पठायो । भोट सरकारले नकारात्मक जवाफ पठाउनुको साथै नेपालसंगको व्यापारिक मार्गहरू पनि बन्द गन्यो । फलस्वरूप नेपाल सरकार असन्तुष्ट भै युद्ध गर्नुपर्ने स्थिति देखियो ।

युद्ध सम्पादन गर्नुहोस्

नेपाल सरकारले तुरून्तै कुती र केरूङ्ग दुईमार्गद्वारा तिब्बतमा आक्रमण गर्न फौज पठायो । नेपाली फौजले कुती, केरूङ्ग, झुङ्गा र शेखर झोङ्गआदि स्थानहरू आफ्नो कब्जामा लियो । यसको प्रतिरोधगर्न तुरून्तै तिब्बतले सकेन । तिब्बत सरकारले अम्बाहरूमार्फत् चीन सरकारसंग मद्दतका लागि अनुरोध पनि गयो ।त्यस्तै भारतको गभर्नर जनरल समक्ष एउटा गोप्य पत्र पनि पठायो । तर तिब्बतलाई मद्दत दिएर नेपालसंग सम्बन्ध बिगार्न अंग्रेजहरू चाहँदैनथे । तिब्बतका मामिलामा हस्तक्षेपगर्दा चीन पनि रिसाउने हुँदा अंग्रेजहरूले तिब्बतलाई सहयोग गर्न आलटाल गरेका थिए । "चीनका वादशाहले आफ्ना अङ्गरक्षक सुआन च्यागका गभर्नरलाई स्थिति अध्ययन गर्न पठाए । चान्चूको नेतृत्वमा २००० सेनाहरू पनि पठाए । भोटका अधिकारीहरू नेपालसंग युद्ध चालु राख्ने पक्षमा थिए । तर चिनीयाँहरू युद्धको पक्षमा नभएकाले सन्धिका लागि छलफल शुरू भयो । तिब्बतले सन्धिको प्रस्ताव अगाडि सान्यो । केरूङ्गमा दुवै देशतर्फकाप्रतिनिधिहरू भेला भए । भोटले ई. १७७५ को सन्धि उल्लंघन गरेका हुनाले नेपालले ५० धार्नी सुन र कुतीको भू-भाग माग गर्यो । तर यी कुराहरू दिन तिब्बत तयार थिएन ।

केरूङ सन्धि सम्पादन गर्नुहोस्

आखिरमा लामो छलफल गरेर २ महिनापछि एउट सन्धि गर्ने निर्णय भयो । यस सन्धिलाई केरूङ्गको सन्धि भन्दछन् । यो सन्धि २ जुन १७८९ मा हस्ताक्षर भएको थियो । सन्धि अनुसार नेपालको नयाँ मुद्रा प्रचलनमा ल्याउन सटही दर कायम भयो । तिब्बतले नेपाललाई युद्धको हर्जाना वार्षिक रूपमा तिर्ने, तिब्बतले एक वर्षको हर्जाना तिरेपछि नेपालले कब्जा गरेको तिब्बतको भूभाग छोड्ने, नेपालको एउटा प्रतिनिधि तिब्बतमा रहने, तिब्बतको शुद्ध नून पठाउने, तिब्बतले सिक्किम भुटानबाट दक्षिण एशियाली देशसंग व्यापार गर्न नपाउने शर्तहरू राखिएका थिए ।[१]

तिब्बतको असन्तुष्टि र उल्लंघन सम्पादन गर्नुहोस्

केरूङ्ग सन्धिबाट तिब्बत सन्तुष्ट थिएन । किनकी यस सन्धिमा आफूले पहिलेदेखि नै विरोध गर्दै आएको कुरामान्न तिब्बत विवश भएको थियो । यो सन्धि समानताकोआधारमा नभई एक पक्षीय भएको मानेर तत्कालमा तिब्बतले पहिलो किस्ता मात्र नेपाललाई बुझायो दोश्रो बुझाएन र तेश्रो वर्ष सन्धिमा संशोधन गर्ने माग राख्यो । माग बमोजिम वार्ता कुतीमा गर्ने तय भयो । वार्तामा भागलिन सरकारका तर्फबाट स्यामार्पा लामा पनि गएका थिए । जसलाई तिब्बतिहरूले पक्रन खोजेकोमा नेपाल रूष्ट भई युद्धको पुनरावृति हुन गयो । युद्धमा केही हदसम्म चीनपनि संलग्न भएको हुनाले यो युद्ध नेपाल + तिब्बत + चीनयुद्धमा परिणत भएको थियो भन्न सकिन्छ, नेपाल + तिब्बत + चीन युद्ध हुनुको मुख्य कारण मा तिब्बतले प्रथमतः केरूङ्ग सन्धिका शर्तहरूलाई उल्लंघन गर्नुथियो । तिब्बतले पूर्वतर्फका नाकाहरू खोल्न नपाउने शर्तभएकोमा सो कुरा नमानी पूर्वतर्फका नाकाहरू खोलिदिंदा युद्ध बाहेक अरू विकल्प थिएन ।

  1. जोशी, श्रीमती इन्दिरा, "नेपाल‌+तिब्बत सम्बन्ध: ऐतिहासिक सिंहावलोकन", प्राचीन नेपाल: 22।