नानचिङ नरसंहार विश्व इतिहासमा नानचिङ बलात्कारको नामबाट परिचित, सन् १९३७–३८ मा दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा द्वितीय चीन-जापान युद्धको क्रममा शाही जापानी सेनाद्वारा गरिएको एक भयानक नरसंहार थियो। यो नरसंहार चीनको तत्कालीन राजधानी नानचिङका (सन् १९१२–४९) जनतामाथि गरिएको थियो। सन् १९३७ को डिसेम्बर १३ मा ६ हप्तासम्म चलेको नरसंहारले नानचिङभरी तहल्का मच्चाएको थियो।[८][९][१०][११] यस अवधिमा जापानको शाही सेनाले ४० हजार देखि ३ लाख निर्दोष चिनियाँ मानिसहरूको हत्या, व्यापक लुटपाट र महिलामाथि बलात्कार गरेको थियो।

नानचिङ नरसंहार (नानचिङको बलात्कार)
दोस्रो विश्वयुद्धद्वितीय चीन-जापान युद्धको भाग

एक जना जापानी सैनिक किनहुया नदीको किनारमा नानचिङ नरसंहारका पीडितहरूको शवनजिकै उभिरहेको एक दृश्य।
मिति१३ डिसेम्बर १९३७ – जनवरी १९३८
स्थान
नानचिङ, चीन
परिणाम ५०,०००–३,००,००० चिनियाँ नागरिकको हत्या (प्राथमिक अनुसन्धान)[१][२]
[३][४][५][६][७]

मार्को पोलो पुलको घटनापछि चीन-जापान युद्ध सुरु भएको थियो भने सन् १९३७ डिसेम्बर १३ का दिन लामो घेराबन्दी पछि लगभग १ लाख ५० हजार जापानी सेनाले चिनियाँ सहर नानचिङ कब्जा गरेको थियो। त्यसको केही हप्तासम्म सहरमा भयानक नरसंहार गरिएको थियो। सुनियोजित रूपमा जापानी सैनिकहरूले नरसंहारको योजना बनाई सुखविलासको उद्देश्यले अनिश्चितकालका लागि नानचिङ सहरका चिनियाँ जनताहरूको हत्या र महिलामाथि बलात्कार सुरु गरेका थिए। यस नरसंहारमा सम्भवतः ४ लाख चिनियाँ नागरिको हत्या र बलात्कृत भएका हजारौँ महिलाहरू पनि हत्या भएको थियो।[१२]

नरसंहारको यो घटना पत्रपत्रिकामा आएपछि पनि जापानी सेनाको नेतृत्व र सम्राट हिरोहितोविरुद्ध कुनै पनि कारबाही गरिएको थिएन। युद्धको अन्त्य पछि पनि यस नरसंहारमा संलग्न अधिकांश सैन्य नेताहरूलाई मुद्दा नचलाइएको वा दण्डित गरिएको थिएन। सुदूर पूर्वमा अन्तर्राष्ट्रिय सैन्य अपराध न्यायाधिकरणले युद्ध अपराधका लागि धेरै व्यक्तिलाई सजाय सुनाएको भएतापनि यसको मुख्य योजनाकार जापानी राजकुमार आसाकालाई सजाय दिन सकिएन। यसबाहेक दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गर्नुअघि यससँग सम्बन्धित सबै प्रमाणहरू नष्ट गरिएको थियो। सन् १९४६ मा टोकियोस्थित अन्तर्राष्ट्रिय युद्ध अपराध न्यायाधिकरणका अनुसार उक्त नरसंहारमा दुई लाखभन्दा बढी चिनियाँ मारिएका थिए। सन् १९४७ मा चीनमा स्थापना भएको युद्ध अपराध न्यायाधिकरणका अनुसार तीन लाखभन्दा बढी मानिस मारिएका अनुमान गरेको थियो। जापानी सरकार र त्यस समयमा नानचिङ अभियानमा भाग लिएका धेरै सैनिकहरूले त्यहाँ बलात्कार र लुटपाट जस्ता युद्ध अपराधहरूमा संलग्न भएको स्वीकार गरेका थिए।[१३][१४]

सैन्य स्थिति सम्पादन गर्नुहोस्

सन् १९३७ अगस्टमा जापानी सेनाले साङ्घाईमा सुरु गर्दा उनीहरूले कडा जनप्रतिरोधको सामना गरेका थिए भने यसमा भारीमात्रामा हताहत भएको थियो। दुवै पक्ष युद्धमा उत्रिएपछि सहरी क्षेत्रहरूमा भएको यो प्रारम्भिक युद्ध रक्तपातपूर्ण बनेको थियो। नोभेम्बरको मध्यसम्ममा जापानीहरूले नौसेना तथा हवाई बमबारीको सहायताले जापानी सेनाले साङ्घाई कब्जा गरेको थिए।[१५] टोकियोस्थित सैनिकको मुख्यालयले सुरुमा उच्च हताहती र सेनाको न्यून मनोबलका कारण युद्ध विस्तार नगर्ने निर्णय गरेतापनि डिसेम्बर १ मा मुख्यालयले चिनियाँ सैनिक क्षेत्र र तत्कालीन राजधानी नानचिङ कब्जा गर्न आदेश दिएको थियो।

राजधानीको स्थानान्तरण सम्पादन गर्नुहोस्

साङ्घाईको युद्धमा पराजित भएपछि च्याङ काई सेकले नानचिङ पतन हुनसक्ने अनुमान गरेका थिए। उनी र उनका कर्मचारीहरूले राजधानीको प्रतीकात्मक तर निराशाजनक प्रतिरक्षामा आफ्ना कुलीन सैनिकहरूको विनाशको जोखिम मोल्न सक्दैनन् भनेर बुझेका थिए। भविष्यमा हुने युद्धका लागि सेनालाई सुरक्षित राख्न, सैनिकको अधिकांश भाग फिर्ता लिइएको थियो। च्याङले आफ्ना जर्मन सल्लाहकारहरूको सुझावलाई पछ्याउँदै जापानी सेनालाई चीनको गहिराइमा तान्ने र चीनको विशाल भूभागलाई रक्षात्मक शक्तिको रूपमा प्रयोग गर्ने रणनीति बनाएका थिए। च्याङले चीनको भित्री इलाकाहरूमा जापानीहरूलाई परास्त गर्न लामो युद्ध लड्ने योजना पनि बनाइरहेका थिए।[१६]

नानचिङको रक्षाका लागि रणनीति सम्पादन गर्नुहोस्

ताङ सेङ्जीले विदेशी पत्रकारहरूलाई एक प्रेस विज्ञप्ति जारी गर्दै सहरले आत्मसमर्पण नगर्ने र मृत्युसम्म लड्ने घोषणा गरेका थिए। ताङले लगभग एक लाख सैनिकहरू जम्मा पारेका थिशग जसमध्ये अधिकांश अप्रशिक्षित नै थिए भने यी सैनिकहरूमा साङ्घाईको युद्धमा भाग लिएका चिनियाँ सैनिकहरू पनि रहेका थिए। चीन सरकारले डिसेम्बर १ मा स्थानान्तरणका लागि प्रस्थान गरेको थियो भने डिसेम्बर ७ मा राष्ट्रपतिले नानचिङको सम्पूर्ण जिम्मा जर्मन नागरिक जोन राबेको नेतृत्वमा रहेको अन्तर्राष्ट्रिय समितिलाई छाडेर गएका थिए।

नानचिङमा बस्दै र नानचिङ अन्तर्राष्ट्रिय सुरक्षा क्षेत्र समितिका अध्यक्षका रूपमा काम गर्दै आएका जोन राबेले डिसेम्बर ९ मा युएसएस पेनाय (पिआर–५) मा भाग लिएका थिए। उनले त्यससमय दुईवटा टेलिग्राम पठाएका थिए। पहिलो हाङ्कुमा एक अमेरिकी राजदूतमार्फत च्याङलाई भेटेर चिनियाँ सेनाले नानचिङभित्र 'कुनै सैन्य कारबाही नगर्न' आग्रह गरिएको थियो। दोस्रो साङ्घाईमार्फत जापानी सैन्य नेताहरूलाई पठाइएको थियो भने चिनियाँ सहरहरूबाट जापानी सेना फिर्ता गर्ने उद्देश्यका साथ तीन दिनको युद्धविरामको वकालत गरिएको थियो।

त्यसको अर्को दिन अर्थात्, डिसेम्बर १० का दिन राबेले जनरलिसिमोबाट आफ्नो जवाफ प्राप्त गरेका थिए। हाङ्कुस्थित अमेरिकी राजदूतले युद्धविरामका लागि राबेको प्रस्तावलाई आफूले समर्थन गरेतापनि च्याङले समर्थन नगरेको प्रतिक्रिया दिएका थिए। यस सन्दर्भमा राबेले; राजदूतले हामीलाई एउटा छुट्टै गोप्य टेलिग्राम पनि पठाएका थिए। समितिको युद्धविराम योजनाको यो अस्वीकृतिले नानचिङमा धेरै दिनदेखि लगातार बमबारी भइरहेको थियो र त्यहाँ रहेका चिनियाँ सैनिकहरू निराश भई सहरको पतन हुनुअघि नै रक्सी पिउन थालेका थिए।डिसेम्बर ११ मा राबेले चिनियाँ सैनिकहरू अझै पनि सुरक्षा क्षेत्रको क्षेत्रमा बसिरहेको पाएपछि उक्त क्षेत्र जापानी आक्रमणहरूको लागि लक्षित बनेको थियो जबकि बहुसङ्ख्यक निर्दोष नागरिकहरू अझैपनि सोही स्थानमा रहेका थिए। राबेले यी चिनियाँ सैनिकहरूलाई हटाउने प्रयास कसरी असफल भयो र जापानी सैनिकहरूले शरणार्थी क्षेत्रमा बमबारी गर्न थाले भनेर टिप्पणी गरेका थिए।

नरसंहार सम्पादन गर्नुहोस्

चीनको राजधानी स्थानान्तरण र जापानी क्रूरताको प्रतिवेदनका साथ अधिकांश नागरिकहरू युद्धको डरले नानचिङबाट भागेका थिए। भाग्नेहरूमा धनी परिवारहरू सबैभन्दा पहिले, मध्यम वर्गीय मानिसहरू दोस्रो र गरिबहरूको तेस्रो स्थान थिए जबकि टङ्का माझी जातिहरू जस्ता बेसहारा अतिनिम्न वर्गीय मानिसहरू मात्र पछाडि परेका थिए।[१७] तीन चौथाइ भन्दा बढी जनसङ्ख्या जापानी सैनिकहरूको आगमन भन्दा पहिले नै नानचिङबाट भागेका थिए।[१८]

नानचिङ नरसंहार
चिनियाँ नाम
परम्परागत चिनियाँ 南京大屠殺
सरलीकृत चिनियाँ 南京大屠杀
जापानी नाम
खान्जी 1. 南京大虐殺
2. 南京事件

सन् १९३७ डिसेम्बर १३ का दिनबाट जापानी सेना अनियमित हत्या, युद्धकालीन बलात्कार, लुटपाट, आगजनी र अन्य युद्ध अपराधमा संलग्न भएको थियो। यस्तो भयानक अत्याचार तीनदेखि छ हप्तासम्म चलिरहेको थियो भने पहिलो तीन हप्ता अझ तीव्र रूपमा अघि बढेको थियो। राबेको नेतृत्वमा विदेशी आप्रवासीहरूको एक समूहले नोभेम्बर २२ मा नानचिङ सुरक्षा क्षेत्रका लागि १५ सदस्यीय अन्तर्राष्ट्रिय समिति गठन गरी सहरमा नागरिकहरूको सुरक्षाका लागि नानचिङ सुरक्षा क्षेत्रको नक्साङ्कन गरेको थियो।[२०]

नरसंहार प्रतियोगिता सम्पादन गर्नुहोस्

सन् १९३७ मा ओसाका मेनिची सिम्बुन र यसको भगिनी पत्रिका टोकियो निची निची सिम्बुनले जापानी १६औँ विभागका दुई जापानी अधिकारी, तोसिआकी मुकाई र त्सुयोसी नोदाबीचको प्रतिस्पर्धालाई समेटेको थियो। यी दुई व्यक्तिहरूलाई तरबारले १०० जनाको हत्या गर्ने पहिलो व्यक्तिहरू भएको बताइएको छ। जुरोङदेखि ताङसानसम्म (चीनको जियाङ्सु प्रान्तका दुई सहर) मुकाईले ८९ जनाको हत्या गरेका थिए भने नोदाले ७८ जनाको हत्या गरेका थिए। यस भयानक प्रतियोगितामा कसैले पनि १०० जनाको ज्यान नलिएका कारण यस प्रतियोगिता जारी नैै रहेको थियो। जिजिन पर्वतमा आइपुग्दासम्म नोदाले १०५ जनाको हत्या गरिसकेका थिए भने मुकाईले १०६ जनाको हत्या गरिसकेका थिए।[२१] दुवै अधिकारीहरूले युद्धको चरम विन्दुमा आफ्नो लक्ष्य पार गर्दा कसले वास्तवमा प्रतियोगिता जितेको थियो भनेर निर्धारण गर्न असम्भव बनाएको थियो। यसैले डिसेम्बर १३ का दिन टोकियो निची निची सिम्बुनमा लेख्दै पत्रकार असामी काजुओ र सुजुकी जिरूका अनुसार उनीहरूले १५० जनाको हत्या गर्न अर्को प्रतियोगिता सुरु गर्ने निर्णय गरेका थिए। सन् १९४५ मा जापानले आत्मसमर्पण गरेपछि मुकाई र नोदा दुवैलाई गिरफ्तार गरी युद्ध अपराधीको रूपमा मुद्दा चलाइयो र उनीहरू दुवैलाई दोषी ठहर गरी सन् १९४८ जनवरी २८ का दिन गोली हानेर मृत्युदण्ड दिइएको थियो।[२२]

प्रमाण सङ्कलन सम्पादन गर्नुहोस्

नानचिङ नरसंहारक‍ समयमा जापनीहरूले महत्त्वपूर्ण कागजातहरू मध्ये थुप्रैलाई नष्ट गरेका थिए भने केहीलाई लुकाएका थिए। यस्ता युद्धकालीन प्रमाणहरूलाई जफतबाट बचाउन उनीहरूले यस्तो कदम लिएका थिए।[२३] सन् १९४५ अगस्ट १५ का दिन युद्धविरामको घोषणा र अगस्ट २८ मा जापानमा अमेरिकी सेनाको आगमनको हुनु पूर्व जापानी सेना र नागरिक अधिकारीहरूले योजनाबद्ध रूपमा सैनिक, नौसैनिक र महत्त्वपूर्ण सरकारी अभिलेखहरू नष्ट गरेर जसमध्ये धेरैजसो सन् १९४२-१९४५ को अवधिका थिए। प्रशान्त र पूर्वी एसियामा रहेका विदेशी सैनिकहरूलाई युद्ध अपराधका प्रमाणहरू नष्ट गर्न आदेश दिइएको थियो। जापानी सेनाको युद्धकालीन प्रमाणहरू लगभग ७० प्रतिशत नष्ट भएको थियो।[२३] [२३] नानचिङ नरसंहारको सन्दर्भमा जापानी अधिकारीहरूले जानीजानी युद्धकालीन प्रमाणहरू लुकाउँदा यस्ता महत्त्वपूर्ण कागजात तथा प्रतिवेदनहरू अमेरिकी अधिकारीहरूले जफत गर्न सकेनन्। लुकेका केही सूचनाहरू युद्धको केही दशकपछि मात्र सार्वजनिक गरिएको थियो। उदाहरणका लागि, नानचिङ अभियानसँग सम्बन्धित सैन्य दस्तावेजहरूको दुई खण्डको सङ्ग्रह सन् १९८९ मा प्रकाशित भएको थियो। सन् १९८० को दशकको सुरुतिर नानचिङका सेनापति केसागो नाकाजिमाको डायरीबाट विचलित पार्ने अंश प्रकाशित भएको थियो।[२४]

जापानका एक रासायनिक कामदार ओनो केन्जीले सन् १९३७ मा नानजिङको युद्धमा लडेका जापानी भूतपूर्व सैनिकहरूको युद्धकालीन डायरीहरूको सङ्ग्रह तयार पार्न सुरु गरेका थिए।[२५] सन् १९९४ मा उनको सङ्ग्रहमा लगभग २० डायरीहरू प्रकाशित भए जुन नरसंहारको लागि प्रमाणको महत्त्वपूर्ण स्रोत बनेको थियो।[२६] सेवानिवृत्त जापानी सैनिकको सङ्गठन काइकोसाद्वारा आधिकारिक युद्ध जर्नल र डायरीहरू पनि प्रकाशित गरिएको थियो।[२७] सन् १९८० को दशकको सुरुतिर जापानी पत्रकार होन्दा कात्सुइचीले नानचिङ नरसंहार कुनै एक्लो घटना नभएको र साङ्घाईको युद्धदेखि नै तल्लो याङत्से नदीमा चिनियाँहरूमाथि जापानी ज्यादती सामान्य रहेको दाबी गरेका थिए।[२८] उनको दाबीलाई चीनमा लडेका अन्य चिकित्सक र लडाकुका डायरीहरूले पनि पुष्टि गरेको थियो।

बलात्कार सम्पादन गर्नुहोस्

 
जोन म्यागीको चलचित्रको घटना ५ मा वर्णन गरिएको किशोरीसँग मिल्दोजुल्दो तरिकाको महिलाको शरीर देखाउँदै जुझोउमा खिचिएको एक तस्वीर
 
जापानी सेनाद्वारा बलात्कार गरिएपछि लिइएको एक नानचिङ महिलाको तस्वीर
 
सन् १९३७ डिसेम्बर १३ का दिन लगभग ३० जना जापानी सैनिकले ५ नम्बर सिनलुकोउको घरमा ११ जना चिनियाँमध्ये दुई जनालाई छाडेर बाँकी सबैको हत्या गरेका थिए। एउटी महिला र तिनका दुई किशोरी छोरीहरू बलात्कृत भए र जापानी सैनिकहरूले उनको योनीमा एउटा बोतल र एउटा लौरो घुसाएका थिए। आठ वर्षीया बालिकामाथि छुरा प्रहार गरिएको थियो तर उनी र उनकी कान्छी बहिनी बाँच्न सफल भएकी थिइन्। तस्वीरमा देखाइएकी वृद्धाको हत्या गरेको दुई हप्तापछि उनीहरु जीवितै भेटिएका थिए। तस्वीरमा मृतकको शव पनि देख्न सकिन्छ।[२९][३०]

सुदूरपूर्वका लागि अन्तर्राष्ट्रिय सैन्य न्यायाधिकरणले अनुमान गरे अनुसार बालिका तथा वृदधाहरू सहित २०,००० महिलाहरू यस समयमा बलात्कृत भएका थिए भने येल विश्वविद्यालयले यसको सङ्ख्या ८०,००० भन्दा बढी भएको दाबी गरेको थियो।[३१][३२] जापानी सैनिकहरूले घर-घरमा गएर महिला तथा किशोरीहरू खोज्ने र यीमध्ये थुप्रैलाई पक्राउ गरी सामूहिक बलात्कार गर्ने क्रममा ठूलो सङ्ख्यामा बलात्कारहरू भएको देखिन्छ।[३३] ती महिलाहरू प्रायजसो बलात्कृत हुनेबित्तिकै सेनाहरूद्वारा मारिने गर्दथे भने बलात्कृत महिलाहरूलाई अङ्गभङ्ग गरेर वा योनीमा तरबार, बाँसको लामो लट्ठी वा अन्य वस्तुहरू छिराएर क्षतविक्षत बनाउने गरिन्थ्यो।[३४]

सन् १९३७ डिसेम्बर १९ का दिन रेभरेन्ड जेम्स एम म्याक्कलमले आफ्नो डायरीमा लेखेका छन्;

कहाँ अन्त्य गर्ने मलाई थाहा छैन। यस्तो क्रूरता मैले कहिल्यै सुनेको वा पढेको थिइनँ। बलात्कार! बलात्कार! बलात्कार! हाम्रो अनुमानअनुसार एक रातमा कम्तीमा एक हजार र दिनमा थुप्रै बलात्कारका घटनाहरू हुन्छन्। प्रतिरोध वा अस्वीकृति जस्तो देखिने कुनै पनि खण्डमा छुरा वा गोली चलाइन्छ। बिहान, दिउँसो र साँझ महिलाहरूलाई बोक्ने गरिएको छ। सम्पूर्ण जापानी सेनाहरू आफ्नो इच्छाअनुसार जान-आउन र आफूले चाहेको कुरा गर्न स्वतन्त्र देखिन्छन्।

सन् १९३८ मार्च ७ का दिन संयुक्त राज्य अमेरिकाद्वारा प्रशासित सुरक्षा क्षेत्रको विश्वविद्यालय अस्पतालका चिकित्सक रोबर्ट ओ विल्सनले आफ्नो परिवारलाई लेखेको पत्रमा यस्तो लेखे: "मारिने मानिसहरूको अनुमानित सङ्ख्या लगभग १ लाख छ।[३५] सन् १९३७ डिसेम्बर १५ र १८ का दिन आफ्नो परिवारलाई लेखेको पत्रका दुई अंश तल प्रस्तुत गरिएको छ;[३६]

सर्वसाधारणको हत्या डरलाग्दो छ । बलात्कार र क्रूरताका घटनाहरू लगभग विश्वास भन्दा बाहिर का घटनाहरू बताउने पृष्ठहरूमा म जान सक्थेँ। जापानी सैनिकहरू बिना कुनै चेतावनी वा कारण भित्र आउँदा उनीहरूले पाँच जनालाई मारेका थिए र दुई जना घाइते भएका थिए जुन उनीहरूको मुख्यालयमा बसिरहेका थिए। पछिल्ला दुई दिनमा घटेका केही घटनाहरू म सम्झन्छु। गत राति विश्वविद्यालयका एक चिनियाँ कर्मचारीको घरमा तोडफोड भएको थियो र दुई महिला, उनका आफन्तहरू बलात्कृत भएका थिए। शरणार्थी शिविरमा १६ वर्षकी दुई बालिकाको बलात्कारपछि हत्या गरिएको थियो। विश्वविद्यालयको मिडिल स्कुलमा रहेका ८,००० मानिसहरू भएको ठाउँमा हिजो राती जापनी सैनिकहरू दश पटक भित्र छिरेर खाना, लुगाफाटाहरू चोरी गरी उनीहरू सन्तुष्ट नभएसम्म महिलाहरूको बलात्कार गरिरहे। तिनीहरूले आठ वर्षको एउटा सानो केटोलाई छुराद्वारा पाँच वटा चोट लगाएका थिए जसमा एउटा छुरा उसको पेटमा भित्रसम्म पसेको थियो।

शाही जापानी सेनाद्वारा सहर र यसको कब्जाको समयमा राखिएको आफ्नो डायरीमा सुरक्षा क्षेत्रका नेता जोन राबेले जापानी अत्याचारको बारेमा धेरै टिप्पणीहरू लेखेका थिए।[३७]

दुई जना जापानी सैनिकहरू बगैँचाको पर्खालमाथि उक्लेका छन् र हाम्रो घरभित्र पस्न लागेका छन्। जब म उनीहरूको सामु हुन्छु उनीहरूले दुई जना चिनियाँ सैनिकलाई पर्खालमाथि चढेको देखेको भनेर बहाना बनाउँछन्। जब म उनीहरूलाई मेरो पार्टीको चिह्न देखाउँछु, उनीहरू जसरी आएका थिए त्यसरीनै फर्कन्छन्। मेरो बगैँचाको भित्तापछाडिको साँघुरो गल्लीको एउटा घरमा एउटी महिला उनीहरूद्वारा भइन् र त्यसपछि घाँटीमा छुराको चोट लागेको थियो। मैले एम्बुलेन्स बोलाउन सफल भएँ ताकि हामी उसलाई कुनै अस्पताल पुर्‍याउन सकौँ। गत रात १,००० भन्दा बढी महिला र किशोरीहरू बलात्कृत भएको बताइएको छ र यो मध्ये गिनलिङ कलेजमा मात्र १०० जना किशोरीहरू बलात्कृत भएका छन्। तपाईले यहाँ बलात्कार घटना बाहेक अरू केही सुन्नु हुन्न। यदि श्रीमान वा भाइहरूले हस्तक्षेप गरे भने उनीहरूलाई सिधै गोली खान्छन्। तपाईले चारैतिरबाट सुन्नु भएको र देख्नुभएको कुरा जापानी सैनिकहरूको क्रूरता र श्रेष्ठता मात्र हो।

नानचिङ नरसंहारबारे बनेको दस्तावेजी चलचित्र सिरू अजुमा नाम गरेका एक पूर्व जापानी सैनिकले नानचिङमा भएको बलात्कार र हत्याको प्रक्रियाबारे खुलस्त कुरा गरेका छन्।[३८]

सुरुमा हामीले पिकानकन जस्ता केही शब्दहरू प्रयोग गर्‍यौँ। पाईको अर्थ "नितम्ब" हो, कनकनको अर्थ "हेर्नु" हो। पिकानकनको अर्थ एउटी महिलाले सुरुवाल खोलेको हेरौँ भन्ने हुन्छ। चिनियाँ महिलाले भित्री वस्त्रहरू लगाएका हुन्थेनन्। बरु यसको सट्टामा उनीहरूले डोरीले बाँधेको सुरुवाल लगाउँथे। त्यहाँ पेटीपनि थिएन। जब हामीले डोरी तान्यौँ, नितम्बहरू उजागर भए। केही समयपछि हामी "नुहाउने दिन आज मेरो हो" भन्थ्यौँ र पालैपालो उनीहरूलाई बलात्कार गर्थ्यौँ। यदि हामीले उनीहरूलाई बलात्कार मात्र गऱ्यौँ भने सबै ठीक नै हुन्थ्यो तर हामीले जहिले पनि उनीहरूलाई छुरा हानेर मारिदिन्थ्यौँ किनकी शवले कुरा गर्दैन।

नानचिङको बलात्कार नामक एक पुस्तकको लेखिमा आइरिस च्याङले चीनमा जापानी युद्धको अत्याचारको सबैभन्दा विस्तृत विवरण लेखेकी थिइन्। आफ्नो पुस्तकमा उनले जापानी सैनिकहरूद्वारा बलात्कृत चिनियाँ महिलाहरूको संख्या २०,००० देखि ८०,००० सम्म रहेको अनुमान गरेकी थिइन्।[३९][४०] च्याङले सबै बलात्कार पीडित महिला नभएर पुरुषहरू पनि रहेको उल्लेख गरेकी थिइन्।केही चिनियाँ पुरुषहरूलाई यौन शोषण गरी घृणित यौन कार्य गर्न बाध्य पारिएको थियो। जापानी सेनाले परिवारलाई अनैतिक कार्य गर्न जबरजस्ती गरेको विवरणहरू रहेका छन्। छोराहरूलाई जबरजस्ती आमालाई बलात्कार गर्न बाबुले छोरीहरूलाई जबरजस्ती र दाजुभाइले दिदीबहिनीलाई जबरजस्ती करणी गर्न बाध्य बनाइएको थियो।[४१] सबै बलात्कारका लागि जिम्मेवार जापानी सेनाहरूलाई सजाय दिनुको सट्टा मध्य चीनमा रहेको जापानी अभियान बलले यस अवधिमा यौन घरहरूको स्थापना गर्न आदेश जारी गरेको थियो। चुओ विश्वविद्यालयका इतिहासका प्रख्यात प्राध्यापक योसिमी योसियाकीका अनुसार साङ्घाई र नानचिङमा भएको लडाइँ र व्यापक बलात्कारको घटनापछि जापना संयुक्त राज्य अमेरिकायुरोपको आलोचनाबाट डराइरहेको थियो।[४२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "The Nanking Atrocities: Fact and Fable"। Wellesley.edu। सङ्ग्रह मिति २०११-०३-०६ 
  2. "Nanking Atrocities – In the 1990s"nankingatrocities.net। सङ्ग्रह मिति २८ जुन २०१६ 
  3. Bob Tadashi Wakabayashi, सम्पादक (२००८), The Nanking Atrocity, 1937–38: Complicating the Picture, Berghahn Books। 
  4. 362|isbn=1845451805}}
  5. "论南京大屠杀遇难人数 认定的历史演变" (PDF)Jds.cass.cn। सङ्ग्रह मिति २०१६-०३-१६ 
  6. "近十年" 侵华日军南京大屠杀"研究述评" (PDF)Jds.cass.cn। सङ्ग्रह मिति मार्च १६, २०१६ 
  7. "Modern China" (PDF)। सङ्ग्रह मिति मे ३०, २०१४ 
  8. Levene, Mark and Roberts, Penny. The Massacre in History. 1999, page 223–224
  9. Totten, Samuel. Dictionary of Genocide. 2008, 298–299.
  10. Iris Chang, The Rape of Nanking, p. 6.
  11. Lee, Min (मार्च ३१, २०१०)। "New film has Japan vets confessing to Nanjing rape"। Salon/Associated Press। 
  12. "Judgement: International Military Tribunal for the Far East", Chapter VIII: Conventional War Crimes (Atrocities), नोभेम्बर १९४८। 
  13. "Q8: What is the view of the Government of Japan on the incident known as the "Nanjing Massacre"?", Foreign Policy Q&A (page content changed to "Under construction following the Statement by Prime Minister Shinzo Abe on August 14, 2015", Ministry of Foreign Affairs of Japan। 
  14. "I'm Sorry?", NewsHour with Jim Lehrer, डिसेम्बर १, १९९८, मूलबाट २२ फेब्रुअरी २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१६ 
  15. 1937 Japanese Field Commander's Map of the Battle of Shanghai, China geographicus.com Retrieved 22 April 2020
  16. Higashinakano Shudo; Kobayashi Susumu; Fukunaga Shainjiro (२००५), "Analyzing the "Photographic Evidence" of the Nanking Massacre (originally published as Nankin Jiken: "Shokoshashin" wo Kenshosuru)", Tokyo, Japan: Soshisha। 
  17. Suping Lu (२०१९), The 1937–1938 Nanjing Atrocities, पृ: ३३, आइएसबिएन 978-9811396564 
  18. Vautrin, Minnie (२००८), Terror in Minnie Vautrin's Nanjing: Diaries and Correspondence, 1937–38 (अङ्ग्रेजीमा), University of Illinois Press, आइएसबिएन 978-0-252-03332-2, अन्तिम पहुँच १५ अप्रिल २०२० 
  19. "Special Report: How the Nanjing Massacre became a weapon | GRI", Global Risk Insights, २७ अक्टोबर २०१६, अन्तिम पहुँच २०२१-०३-१९ 
  20. "Basic Facts on the Nanking Massacre and the Toyoko War Crimes Trial", अन्तिम पहुँच २६ जनवरी २०१७ 
  21. Wakabayashi 2000, p. 319.
  22. 国防部审判战犯军事法庭对战犯向井敏明等人的判决书. 民国史档案资料丛书—侵华日军南京大屠杀档案. 1947年12月18日: pp. 616–621.
  23. २३.० २३.१ २३.२ Drea, Edward (२००६), Researching Japanese War Crimes, National Archives and Records Administration for the Nazi Warcrimes and Japanese Imperial Government Records Interagency Working Group, पृ: ९। 
  24. Drea, Edward (२००६), Researching Japanese War Crimes, National Archives and Records Administration for the Nazi Warcrimes and Japanese Imperial Government Records Interagency Working Group, पृ: १०। 
  25. Drea, Edward (२००६), Researching Japanese War Crimes, National Archives and Records Administration for the Nazi Warcrimes and Japanese Imperial Government Records Interagency Working Group, पृ: २८। 
  26. Drea, Edward (२००६), Researching Japanese War Crimes, National Archives and Records Administration for the Nazi Warcrimes and Japanese Imperial Government Records Interagency Working Group, पृ: २८। 
  27. Drea, Edward (२००६), Researching Japanese War Crimes, National Archives and Records Administration for the Nazi Warcrimes and Japanese Imperial Government Records Interagency Working Group, पृ: x। 
  28. Drea, Edward (२००६), Researching Japanese War Crimes, National Archives and Records Administration for the Nazi Warcrimes and Japanese Imperial Government Records Interagency Working Group, पृ: x। 
  29. John G. Gagee, Case 9, Film 4, Folder 7, Box 263, Record Group 8, Special Collection, Yale Divinity School Library, cited in Suping Lu. They were in Nanjing: the Nanjing Massacre witnessed by American and British nationals. Hong Kong University Press, 2004
  30. John Rabe, Erwin Wickert. The good man of Nanking: the diaries of John Rabe. A.A. Knopf, 1998. pp. 281–282, २००८, अन्तिम पहुँच २०११-०३-०६ 
  31. उद्दरण त्रुटी: Invalid <ref> tag; no text was provided for refs named Yale Bartlett
  32. "HyperWar: International Military Tribunal for the Far East [Chapter 8]", www.ibiblio.org 
  33. "Japanese Imperialism and the Massacre in Nanjing: Chapter X: Widespread Incidents of Rape", Museums.cnd.org, अन्तिम पहुँच २०११-०३-०६ 
  34. "A Debt of Blood: An Eyewitness Account of the Barbarous Acts of the Japanese Invaders in Nanjing." Dagong Daily (Wuhan ed.). 7 February 1938.; as quoted by Xingzu, Gao, Wu Shimin, Hu Yungong, and Cha Ruizhen. [1962] 1996. "Widespread Incidents of Rape." Ch. 10 in Japanese Imperialism and the Massacre in Nanjing, translated by R. Grey.
  35. Documents on the Rape of Nanking, p. 254.
  36. Zhang, Kaiyuan. 2001. Eyewitness to Massacre: American Missionaries Bear Witness to Japanese Atrocities in Nanjing. M. E. Sharpe
  37. Woods, John E. (१९९८), The Good Man of Nanking, the Diaries of John Rabe, पृ: ७७। 
  38. Choy, Christine (director) (१९९७), In the Name of the Emperor (Documentary), New York: Filmmakers Library। 
  39. Chang, The Rape of Nanking, p. 95, citing:
    • Shuhsi Hsu, Documents of the Nanking Safety Zone
  40. Chang, The Rape of Nanking, p. 89, citing:
    • Catherine Rosair, For One Veteran, Emperor Visit Should Be Atonement;
    • George Fitch, Nanking Outrages;
    • Li En-han, Questions of How Many Chinese Were Killed by the Japanese Army in the Great Nanking Massacre
  41. Yang Daqing, "Convergence or Divergence? Recent Historical Writings on the Rape of Nanjing", The American Historical Review 104 (1999), p. 7.
  42. Chang, Iris (२०१४), The Rape of Nanking: The Forgotten Holocaust of World War II, आइएसबिएन 978-0465028252 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्