सङ्घाई/सेङ्घाई

चीनको सबैभन्दा ठ्ूलो सहर हो- साङ्घाई। व्यापारिक तथा वित्तीय राजधानी मानिएको यो सहर परम्परालाई बचाउँदै विश्वकै गगनचुम्बी भवनको सहर बन्दैछ। करिब दुई करोड जनसङ्ख्या रहेको यो सहर अर्बपतिको सहर पनि हो। बहुभाषा, बहुधर्म र संस्कृति रहेको यो सहरले विज्ञान र प्रविधिको अत्याधुनिक उत्पादनलाई उपयोग गरिरहेको छ। चार दर्जनभन्दा बढी ख्याति प्ा्राप्त बहुराष्ट्रिय कम्पनी रहेको यो सहरले कुल राष्ट्रिय आयमा १२ प्रतिशतभन्दा बढीको योगदान पुर्‍याउँदै आएको छ।