यो नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो। यो गा.वि.स.मा यादव,मण्डल, शर्मा, पासवान, कर्ण, राम, डोम जस्ता जातजातीहरूको बसोबास रहेका छन्। यो गा.वि.स.मा चारवटा([पूरूवारी], पच्छवारी, कट्टी र अन्धेरी)टोलहरु छन्।

नर्घो
"राजगढ नर्घो"
नर्घोको आधिकारिक छाप
आदर्श वाक्य: 
एकता
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासप्तरी
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा७२३५
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटwww.ddcsaptari.gov.np

स्वस्थ्य सम्पादन गर्नुहोस्

यो गा.वि.स.मा एउटा उप-स्वाथ्यचौकी रहेको छ । यहाँबाट सदरमुकाम करिब 17 कि.मी. भएकोले बिरामी परेकोवेला यहाँका जनतालाई धेरै शास्ती खेप्नु पर्दछ ।

कृषि सम्पादन गर्नुहोस्

यहाँका मानिसहरु विशेषगरी कृषक भएकोले धान, गँहु, दाल, तरकारीहरूको खेतिपातीमा नर्भर छन्। यहाँ तीनवटा सानो-सानो (झौहरा चौक,पुरानो चौक र पछ्वारी चौक)बजार भएकोले यहाँ मानिसहरु सरसमान बेच्ने गर्दछन्। केही मानिसहरु पशुपालन, मच्छापालन पनि गर्दछन्।

शिक्षा सम्पादन गर्नुहोस्

यो गा.वि.स.मा चारवटा सरकारी स्कूलहरु छन्। तीमध्ये एउटा उच्चमावि र अरु तीनवटा प्राथमिक विद्यालय छन्।

  1. जनता शंकर उच्च माध्यमीक विद्यालय ।

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना नर्घोको १,३११ घर धुरीमा कुल जनसङ्ख्या ७,२३५ रहेको छ ।[१]


स्रोत सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", नेपाल सरकार, राष्ट्रिय योजना आयोग, नवम्बर २०१२।  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०२ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्