नयाँबजार नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, पूर्वाञ्चल विकास क्षेत्रको मेची अञ्चल, इलाम जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८मा यहाँको जनसङ्ख्या ४७४३ रहेको थियो जसमध्ये २३५५ पुरुष र २३८८ महिला रहेका थिए भने यहाँ १०९० घरधुरी रहेको थियो।[][] यो हाल माईजोगमाई गाउँपालिकामा पर्दछ।

नयाँबजार
पूर्व गाविस
नयाँबजारको एक दृष्य
नयाँबजारको एक दृष्य
नयाँबजार is located in कोशी प्रदेश
नयाँबजार
नेपालको नक्सामा नयाँबजारको अवस्थिति
नयाँबजार is located in नेपाल
नयाँबजार
नयाँबजार (नेपाल)
निर्देशाङ्क: २६°२८′N ८७°५०′E / २६.४७°N ८७.८४°E / 26.47; 87.84निर्देशाङ्कहरू: २६°२८′N ८७°५०′E / २६.४७°N ८७.८४°E / 26.47; 87.84
देश नेपाल
प्रदेशकोशी प्रदेश
जिल्लाइलाम जिल्ला
जनसङ्ख्या
 • जम्मा४,७४३
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)

नयाँबजार जान फिक्कल बजारबाट करिव २० कि.मी. कच्ची बाटोबाट पुग्न सकिन्छ। यहाँबाट भारतीय सीमावर्ती बजार जौवारी सम्म जीप चल्ने बाटो छ । नयाँबजारबाटै सोयाङ, प्याङ, जोगमाई, सिरिसे, नाम्सालिङ आदि ठाउँ तर्फ जाने जीप चल्ने बाटाहरू छुट्टिन्छन् । हाल नयाँबजारमा एक उप-स्वास्थ्य चौकी एक उच्च माध्यमिक विद्यालय, एक माध्यमिक विद्यालय, एक सुस्त मनस्थितिका बालबालिकाका लागि कक्षा, दुइवटा निजी विद्यालय, इलाका प्रहरी कार्यालय, २ वटा मन्दिर, इलाका हुलाक कार्यालय र एक पर्यटकीय स्थल उत्तरे पोखरी रहेका छन् । नयाँबजारको स्थापना बालागुरूले २०११ सालमा गरेका हुन्।[]

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "राष्ट्रिय जनगणना २०६८" (पिडिएफ)राष्ट्रिय योजना आयोग सचिवालयनेपाल सरकार केन्द्रिय तथ्याङ्क विभाग 
  2. "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति
  3. हरियाली दर्पण इलामः रण बहादुर कार्की, २०५९