बालागुरू
बालागुरु भोजपुरबाट आएका एक ब्रह्मचारी साधु थिए। उनी इलामको पूर्वी भेगमा विभिन्न समाजसेवा तथा विकासका कार्यहरू गरेका कारण लोकप्रिय छन्।
- बालागुरु धर्मी हुन् सारा
- गाउँघरलाई गर्नुभो उपकार
यो लोकलयको गीत नै उनको बयान गर्न पर्याप्त छ।
बालागुरुले २०११ सालमा पूर्वी नेपालको एक डाँडोमा ठूलो महायज्ञ गरी त्यस ठाउँमा नयाँबजार नामको बजारको स्थापना गरे।[१] जोगमाई नदीमा झोलुङ्गे पूल निर्माण गराए र तान्त्रिक विधिद्वारा रोगीहरूको आयुर्वेदिक उपचार गरे।
सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ हरियाली दर्पण इलाम रणबहादुर कार्की