देउखुरी नेपालको लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी हो जसको निर्णय २०७७ असोज २० गते भएको थियो।[१] दाङ उपत्यकाको भित्री तराईमा देखुरी क्षेत्र बनाइनेछ। राप्ती गाउँपालिका, गढवा गाउँपालिकाशीतगङ्गा नगरपालिका लाई मिलाएर राजधानी बनाइनेछ। तीन स्थानीय तह अहिले दुई फरक जिल्ला दाङअर्घाखाँची जिल्लामा रहेका छन्। योजनाबद्ध सहर राप्ती नदीको किनारमा अवस्थित छ।[२]

देउखुरी
प्रदेश राजधानी
देउखुरी is located in लुम्बिनी प्रदेश
देउखुरी
देउखुरी
देउखुरी is located in नेपाल
देउखुरी
देउखुरी
निर्देशाङ्क: २७°५०′३२.२″उ॰ ८२°४५′४१.९″पू॰ / २७.८४२२७८°N ८२.७६१६३९°E / 27.842278; 82.761639निर्देशाङ्कहरू: २७°५०′३२.२″उ॰ ८२°४५′४१.९″पू॰ / २७.८४२२७८°N ८२.७६१६३९°E / 27.842278; 82.761639
देश नेपाल
प्रदेशलुम्बिनी प्रदेश
जिल्लादाङ जिल्ला

भूगोल सम्पादन गर्नुहोस्

पश्चिम नेपालमा राप्ती उपत्यकाको रूपमा चिनिने देउखुरी उपत्यकाको मुख्य नदी राप्ती नदी नै हो अन्य साना ठूला नदी तथा खोलाहरू पनि अन्तत उपत्यका भित्रै या उपत्यका बहिर निस्केर राप्ती मै मिल्दछन।[३] दाङ उपत्यकाको पूर्व तथा दक्षिणमा पर्ने यो उपत्यका पनि अन्न भण्डारका रूपमा चिनीएको छ। राप्ती नदीले चिरेर गएको यो उपत्यका लाई नेपालको सबभन्दा लामो महेन्द्र राजमार्गले समेत बिचैबाट काट्दै गएकाले शिक्षा स्वास्थ्यको पनि विकास हुँदैछ साथै लमही, भालुवाङ तथा कुसुम जस्ता वाणीज्य केन्द्रको पनि विकास हुदै गइरहेको छ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. खड्का, नारायण, "गाउँपालिकाबाट सोझै राजधानी बनेको देउखुरी उपत्यका (तस्बिर/भिडिओ)", सेतोपाटी, अन्तिम पहुँच २० मङ्सिर २०७९ 
  2. "कस्तो छ लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी उपत्यका ?", कान्तिपुर, अन्तिम पहुँच २० मङ्सिर २०७९ 
  3. "देउखुरी उपत्यकामा तीन नयाँ शहरसहित राप्ती करिडोर बन्ने", गोरखापत्र, अन्तिम पहुँच २० मङ्सिर २०७९