नेपाल मेडिकल काउन्सिल


नेपाल मेडिकल काउन्सिल चिकित्सा शिक्षा र नेपालमा डाक्टरहरूको रेजिष्ट्रेसन नियन्त्रण गर्ने एक वैधानिक निकाय हो ।[१]

नेपाल मेडिकल काउन्सिल
गठन1964 Feb 28
प्रधान कार्यालयकाठमाडौँ
नेताप्रा. डा. भगमन कोइराला
मुख्य अङ्ग
परिषद
सम्बद्धतानेपाल सरकार
वेबसाइटनेपाल मेडिकल काउन्सिल

नेपाल मेडिकल काउन्सिलको स्थापना नेपाल मेडिकल काउन्सिल ऐन, २०२० बमोजिम भएको हो।[२]

गठन सम्पादन गर्नुहोस्

काउन्सिलमा देहायका सदस्यहरू छन्ः–

विवरण नियुक्त हुने पद संख्या
दर्तावाला चिकित्सकको रूपमा कम्तीमा बीस वर्षको अनुभव हासिल गरेको र चिकित्सा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत अध्यक्ष
दर्तावाला चिकित्सकहरूले कम्तीमा पन्ध्र वर्षको अनुभव हासिल गरेका दर्तावाला चिकित्सकमध्येबाट चिकित्सक तोकिएबमोजिम निर्वाचन गरी पठाएको उपाध्यक्ष
अध्यक्ष, नेपाल चिकित्सक संघ सदस्य
आधुनिक चिकित्साशास्त्र सम्बन्धी विषयमा अध्ययन हुने विश्वविद्यालय वा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन वा शिक्षाध्यक्षमध्ये नेपाल सरकारबाट मनोनीत सदस्य
उपभोक्ताहरूमध्ये नेपाल सरकारबाट मनोनीत सदस्य
दर्तावाला चिकित्सकमध्ये तोकिएबमोजिम निर्वाचित चिकित्सक निर्वाचित सदस्य
अध्यक्ष, नेपाल दन्त चिकित्सक संघ सदस्य
दन्त चिकित्सक बाहेक चिकित्सा सम्बन्धी विचिकित्सक बाहेक चिकित्सा सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत सदस्य
झा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त दन्त चिकित्सकमध्ये नेपाल सरकारबाट मनोनीत सदस्य
कुल १९
  • काउन्सिलका मनोनीत वा निर्वाचित सदस्यहरूको पदावधि चार वर्षको हुनेछ ।
  • पदावधि समाप्त भएपछि निजहरू पुनः मनोनीत वा निर्वाचित हुन सक्नेछन्।
  • तर नेपाल सरकारबाट मनोनीत सदस्यलाई नेपाल सरकारले उचित कारण देखाई सदस्यबाट हटाउन सक्नेछ ।
पदावधि समाप्त नहुँदै कुनै सदस्यको पद रिक्त हुन आएमा बाँकी अवधिको लागि अर्को सदस्य मनोनीत वा निर्वाचित हुनेछ ।

काउन्सिलको काम, कर्तव्य र अधिकार सम्पादन गर्नुहोस्

  1. चिकित्साशास्त्र अध्ययन अध्यापन गराइने तथा तालिम दिने दिलाउने मेडिकल कलेजलाई तोकिए बमोजिम मान्यता दिने ।
  2. चिकित्साशास्त्र अध्ययन अध्यापन गराउने तालिम दिने दिलाउने मेडिकल कलेजको पाठ्यक्रम भर्नाका शर्तहरू तथा परीक्षा प्रणाली सम्बन्धी तोकिए बमोजिमको नीति तथा अन्य आवश्यक पूर्वाधारहरू तथा मापदण्ड सम्बन्धी कुराहरूको मूल्याङ्कन र पुनरावलोकन गर्दा सो बमोजिम नभएको ठहर भएमा दर्ता तथा स्वीकृति खारेजीको लागि सिफारिस गर्ने ।
  3. चिकित्सा व्यवसाय सुचारु रूपले सञ्चालन गर्न आवश्यक नीति निर्धारण गर्ने ।
  4. चिकित्सकहरूको योग्यता निर्धारण गरी योग्यता पुगेका चिकित्सकहरूको तोकिए बमोजिमको दर्ता प्रमाणपत्र परीक्षा  लिई दर्ता प्रमाणपत्र दिने ।
  5. चिकित्सकहरूको तोकिएबमोजिम आचार संहिता तयार गर्ने र त्यस्ता आचार संहिता उल्लङ्घन गर्ने चिकित्सक उपर तोकिएबमोजिम कारबाही गरी दर्ता किताबबाट नाम हटाउने ।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Foreign doctors without NMC permission arrested", अन्तिम पहुँच ०५ Jan २०२० 
  2. काउन्सिल, नेपाल मेडिकल, "नेपाल मेडिकल काउन्सिल ऐन, २०२०", नेपाल मेडिकल काउन्सिल, मूलबाट |archiveurl= |archivedate= आवश्यक (सहायता)-मा सङ्ग्रहित। 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्