ताशि बिरालो[२] ( वैज्ञानिक नाम:Otocolobus manul) नेपालमा पाइने बिरालो जातको जन्तु हो। ठूलो अनुमानित जनसंख्या र व्यापक फैलावटका कारण सन् २०२० मा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घले यसलाई "कम चासोका" संरक्षण स्थितीमा सूचिकृत गरेको छ। यस अघि भने ताशि बिरालोलाई "सङ्कटापन्न" संरक्षण स्थितीमा सूचिकृत गरिएको थियो।

ताशि बिरालो
वैज्ञानिक वर्गीकरण edit
जगत: जनावर
Phylum: रज्जुकी
वर्ग: स्तनधारी प्राणी
गण: मांसाहारी
परिवार: फेलिडे
उपपरिवार: फेलिने
Brandt, 1841
वंश: पार्डोफेलिस
(Pallas, 1776)
प्रजाति:
P. marmorata
वैज्ञानिक नाम
Pardofelis marmorata
(Pallas, 1776)
ताशि बिरालो पनइने ठाउँहरु( गाढा सुन्तला-हाल रैथाने, फिक्का सुन्तला-सायद रैथाने र हरियो-अध्ययनको कमि)

फैलावट सम्पादन गर्नुहोस्

 

ताशि बिरालो खासगरि मध्य एशियमा रैथाने बिरालो हो। यो पश्चिममा इरान र पूर्वमा भुटान सम्म पाइन्छ। नेपाल, इरानभुटानसँगै ताशि बिरालो चीन(खासगरि तिब्बत),भारत,अफगानिस्तान,ताजकिस्तान,किर्गिस्तान,मङ्गोलिया,रुस, पाकिस्तान,काजकिस्थानतुर्कमेनिस्तानमा पाइन्छ[३]। ताशि बिरालो ४४० मिटरको उचाइदेखि ५५९३ मिटरको उचाइसम्म पाइएको छ[३]।अहिलेसम्मकोसबैभन्दा धेरै उचाइमा ताशि बिरालो मनाङमा ५५९३ मिटरमा पाइएको थियो[३]

नेपालमा ताशि बिरालो सम्पादन गर्नुहोस्

नेपालमा ताशि बिरालो पहिलो पटक सन् २०१२ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा अवस्थित मनाङ जिललामा हिउँ चितुवाको अध्ययनका लागि छाडिएको क्यमेरा ट्रयाप प्रविधिमा देखिएको थियो[४][५]। यस अघि नेपालमा यो बिरालो कहिल्यै देखिएको थिएन र त्यसैले यसको कुनै नेपाली नाम थिएन। त्यसैले अध्ययनकर्मीहरुले यसलाई संरक्षणकर्मी ताशि घले, जसले यस बिरालोलाई नेपालमा पत्ता लगाउनमा ठूलो भूमिका निभाए र उच्च हिमाली भेगका जैविक विविधताको धेरै अध्ययन गरे, उनलाई सम्मान स्वरुप यस बिरालोको नाम 'ताशि बिरालो' राखिदिए[६]तिब्बती भाषामा ताशिको अर्थ "भाग्यमानी" वा "भाग्यले साथ दियोस्" हुन्छ।

तस्विर सङ्ग्रह सम्पादन गर्नुहोस्



सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. Ross, S.; Barashkova, A.; Dhendup, T.; Munkhtsog, B.; Smelansky, I.; Barclay, D.; Moqanaki, E. (२०२०), "Otocolobus manul", आइयुसिएनको रातो सूची अनुसार सङ्कटापन्न प्रजातिहरू 2020: e.T१५६४०A१८०१४५३७७, अन्तिम पहुँच ७ जनवरी २०२१  |name-list-style= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. आषिश गुरुङ,बाबु राम लामिछाने. (२०१७). नेपालका जङ्गली बिरालोहरुको सूची. 10.13140/RG.2.2.12697.03684.
  3. ३.० ३.१ ३.२ Ross, S., Barashkova, A., Dhendup, T., Munkhtsog, B., Smelansky, I., Barclay, D. & Moqanaki, E. २०२० Otocolobus manul (२०२० मा सम्पादित). अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची: e.T15640A180145377.
  4. श्रेष्ठ, विक्रम. (२०१४). नेपालको पहिलो ताशि बिरालो. CATnews(क्याट न्युज). 60. 23-14.
  5. ताशि घले: नेपालको लागि नयाँ बिरालोको प्रजाति सन् २०१४
  6. सोनम ताशि लामा, नेपाल ताइमस(अङ्ग्रेजीमा): नेपालको भाग्यमानी बिरालो अन्तिम पहुँच सन् २०१५ जनावरी नाै