तरुवा
तरुवा वा तरुआ[१] भारत र नेपालको मैथिल समुदायको रैथाने र लोकप्रिय परिकार हो।[२] यो मिथिला क्षेत्रको लोकप्रिय र विशेष परिकारहरू मध्ये एक हो र यसलाई अतिथि सत्कारदेखि लिएर विशेष अवसर र चाड पर्वहरूमा बनाएर खाने गरिन्छ।[३][४][५][६][७]
उत्पत्ति स्थान | भारत र नेपाल |
---|---|
क्षेत्र वा राज्य | मिथिला |
मुख्य सामग्रीहरू | सागसब्जी, बेसन, चामलको पिठो |
बनाउने तरिका
सम्पादन गर्नुहोस्हरियो सागसब्जी र सागसब्जीको पातलाई विभिन्न आकारमा काटेर तरुवा बनाइने गरिन्छ। बेसन वा चामलको पिठोको हल्का पातलो झोलमा खर्सानीको धुलो र नुन मिसाएर तेलमा राताम्मे भएसम्म तारेर तरुवा बनाइन्छ।[८]
किसिम
सम्पादन गर्नुहोस्तरुवा हरियो सागसब्जीबाट बनाइन्छ।[६] तरुवाको सबैभन्दा लोकप्रिय किसिम 'तिलकोरको तरुवा' हो जुन तिलकोरको पातबाट बनाइन्छ।[९]। यसै प्रकार आलुबाट आलुको तरुवा, रामतोरियाँबाट भिन्डी तरुवा, भान्टाबाट बैगन तरुवा, फर्सीबाट कदिमा तरुवा, काउलीबाट कद्दु तरुवा, तीते करेलाबाट करेला तरुवा, कर्कलोबाट औरबी तरुवा, कुभिण्डोबाट कुमहर तरुवा, लौकाबाट लौकी तरुवा, परबरबाट परवल तरुवा र तरुलबाट खमहरूवा तरुवा बनाइने गरिन्छ।[६]
लोकगीतमा तरुवा
सम्पादन गर्नुहोस्बृहत् मिथिला क्षेत्रमा पर्ने भारत र नेपालको भूभागभित्र बस्ने मैथिलहरूको लोकगीतमा समेत तरुवाको बारेमा बखान गरिएको छ।[६]
भिनभिनायत भिन्डीके तरुआ,
आगु आ ने रे मुँह जरुआ
हमरा बिनु उदास अछि थारी,
करगर तरुआ रसगर तरकारी— (मैथिली लोकगीत, मैथिली भाषामा)
मौसम अनुसारको लगभग सबै सागसब्जीबाट तरुवा बनाइने गरिन्छ। मिथिला क्षेत्रमा सबैभन्दा महत्वपूर्ण र लोकप्रिय तरुवा तिलकोरको पातबाट बनाइन्छ। तिलकोर एक प्रकारको कन्दमुल जस्तै फलको पात हो जसमा औषधीय गुण रहेको हुन्छ। अतिथि सत्कारमा यसको प्रयोग व्यापक रहेको छ। नेपालको मधेश प्रदेश तथा भारतको बिहार, झारखण्ड र पश्चिमी उत्तर प्रदेशको क्षेत्रमा तिलकोरको लहरा सजिलै पाउन सकिन्छ। तिलकोर बाहेक खमहरुवा र कोबीको तरुवासमेत यस क्षेत्रमा लोकप्रिय रहेको छ।[६]
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ Vidyarthi, Lalita Prasad; Prasad, Ramakant; Upadhyay, Vijay S. (१९७९), Changing Dietary Patterns and Habits: A Socio-cultural Study of Bihar (अङ्ग्रेजीमा), Concept Publishing Company।
- ↑ "ठूला होटेलमा अब नेपाली रैथाने खानाको मेनु अनिवार्य", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-१७।
- ↑ "पर्वपिच्छे फरक स्वाद", कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-१७।
- ↑ "मिथिला खाना: स्वादिलो, स्वस्थ्यकर र शाकाहारी", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२०-०९-१७।
- ↑ मैथिलहरूको भोजन सम्बन्धी शब्दावली (मैथिलीमा) (1ST संस्करण), Mithila Research Society, २०११।
- ↑ ६.० ६.१ ६.२ ६.३ ६.४ "मिथिला का तरूआ तो तरूआ है, पकौड़ा नहीं है", aajtak.intoday.in (हिन्दीमा), अन्तिम पहुँच २०२०-०५-२१।
- ↑ "मिथिलांचल में वैदिक रीति से होता अतिथि सत्कार" [मिथिलामा अतिथि सत्कार], दैनिक जागरण (हिन्दीमा), अन्तिम पहुँच २०२०-०५-२१।
- ↑ Lal, -Rajeev Ranjan, "मिथिला के तरुआ" [मिथिलाको तरुवा] (मैथिलीमा), अन्तिम पहुँच २०२०-०५-२१। वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-०१ मिति
- ↑ "Maithil Cuisine", Cook With Tutu (अङ्ग्रेजीमा), २०१८-०९-१५, अन्तिम पहुँच २०२०-०५-२२। वेब्याक मेसिन अभिलेखिकरण २०२०-११-३० मिति