तीते करेला वैज्ञानिक वर्गीकरण अनुसार फूलफुल्ने वनस्पतिको समूहमा कुकुरबिटासी परिवारमा पर्ने एक वनस्पति हो। वैज्ञानिक नाम Momordica charantia बाट चिनिने तीते करेलालाई संस्कृतमा कंटफल, उग्रकाँड र हिन्दीमा करेला नै भनिन्छ। अङ्ग्रेजीमा भने यसलाई बिटर मेलन वा बिटर गोर्ड पनि भन्ने गरिन्छ। हेर्नमा हरियो र सेतो, स्वादमा तीते करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले भरपूर सब्जी हो। सब्जीको रूपमा प्रयोगगरिने करेला लहरामा फल्ने फल हो। करेलामा रहेको Momordicin नामक रासायनिक पदार्थले गर्दा यसको स्वाद तीतो हुन्छ। [१]

तीते करेला
वैज्ञानिक वर्गीकरण
जगत: Plantae
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Cucurbitales
कुल: Cucurbitaceae
वंश: Momordica
प्रजाति: M. charantia
वैज्ञानिक नाम
Momordica charantia
Descourt.

इतिहाससम्पादन

आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ। विशेषगरी- उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा पिसाबको रोग निको पार्छ, मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ। पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्‍याउँछ। रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ। त्यसको आपूर्ति करेलाबाट लिन सकिन्छ।

पदार्थसम्पादन

  • क‍रेलामा फस्फोरस , क्याल्सियम , प्रोटिन कार्बोहाड्रेट , रेशा र अन्य खनिज पदार्थ पाइन्छ।
  • १०० ग्राम तीते करेलामा भिटामिन 'ए' २१० मिलिग्राम, भिटामिन 'बी' ०.०७ मिलिग्राम रहेको हुन्छ।

यसका अन्य गुणमासम्पादन

  • दैनिक खाने गरेमा कब्जियत ,अरूचि हटाउने एवं पाचन र मल निष्कासनलाई नियमित गर्दछ।
  • दाद खजुली निस्किएको ठाउँमा करेलाको रस लगाई दिएमा धेरै राम्रो हुन्छ।
  • यस रोगीले हरियो पातलाई टिपेर सलाद जस्तै बनाइ सेवन गरेमा मधुमेह नियन्त्रणमा सहयोग पुग्दछ।
  • कम रक्तअल्पता हुने र कमजोरी व्यक्तिले तीते करेला नियमित सेवन गर्दा रिङ्गटा लाग्ने अथवा कमजोर महसुस हुने गरेको देखिन्छ ।

औषधोपचारसम्पादन

  • जुका परेमा
तीन दिनसम्म १/१ चम्चा करेलाको रस विहान खाली पेटमा खाने गरेमा जुगा परेको नाश हुन्छ ।
  • जण्डिस(कमलपित्तमा)
एक चम्चा करेलाको रसमा आधा चम्चा हर्रोको धूलो मिसाएर विहान/वेलुका खाने गरेमा दुई हप्तामै कमलपित्त रोग निको हुन्छ ।
  • उच्च रक्तचाप
उच्च रक्तचाप भएका बिरामीले बिहान तितेकरेलाको जुस वा तरकारी खाएमा उच्च रक्तचापमा कम हुँदै जान्छ ।

तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।

बियाँसम्पादन

  • पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ ।
  • साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ ।

फलसम्पादन

 
फल
  • ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।
  • मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ ।

पातसम्पादन

  • तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ ।
  • तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
  • बर्षा याममा हैजा लागेको शङ्का लागेमा वा हैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ ।

जरासम्पादन

  • तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
  • तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वाससम्बन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. [१] What is Bitter Melon and Why Does it Taste the Way it Does?

यो पनि हेर्नुहोससम्पादन