डोसा एक दक्षिण भारतीय लोकप्रिय व्यञ्जन हो। यो कालो चना, सुजी, मैदा, चामलको पिठोले बनाइने गरिन्छ। वर्तमान समयमा डोसा दक्षिण एसियामा समेत लोकप्रिय भइसकेको छ। डोसालाई तातो, प्रायः चटनी र साम्बरसँग पस्किने गरिन्छ।

डोसा
डोसा
उत्पत्ति स्थानभारत
क्षेत्र वा राज्यकर्नाटक
खान उपयुक्ततातो
मुख्य सामग्रीहरूचामलकालो चना

नामहरू सम्पादन गर्नुहोस्

भाषा अनुवाद
कन्नड: ದೋಸೆ डोसे
मलयालम: ദോശ डोसा
तमिल: தோசை दोसई
तेलगु: దోశ डोसा

इतिहास सम्पादन गर्नुहोस्

डोसा दक्षिण भारतमा विकसित भएको प्रारम्भिक अनुमान गरिएको छ। इतिहासकार पि थाङ्कप्पन नायरका अनुसार डोसाको उत्पत्ति वर्तमान कर्नाटकको उडुपी सहरमा भएको हो।[१] यद्यपि, खाद्य इतिहासकार केटी आचायका अनुसार, सङ्गम साहित्यमा उल्लेख गरिएका सन्दर्भहरूले सङ्केत गर्दछ कि डोसा (दोसाईको रूपमा) पहिले देखि नै प्राचिन तमिल देशमा पहिलो शताब्दीको वरिपरि प्रयोगमा थियो।[२][३]

तयारी सम्पादन गर्नुहोस्

पानीमा भिजाइएको चामल र कालो वा हरियो चनाको मिश्रणलाई पिठो बनाउनको लागि मसिनो पारिन्छ। कतिपयले अलिकति भिजेको मेथीको दाना थप्छन्। दालमा चामलको अनुपात सामान्यतया ३:१ वा ४:१ हुन्छ। इच्छा अनुसार स्थिरता प्राप्त गर्न पानीमा मिसाउनु अघि झोल पदार्थमा मुसिएको पिठोलाई रातभर अमिल्याउनको लागि राख्ने गरिन्छ।[४] त्यसपछि मुसिएको पिठोलाई तातो तावामा राखेर तेल वा घिउमा पकाइन्छ। तावामा राखेपछि यसलाई डाडुले गोलो आकार दिन चलाइने गरिन्छ। डोसालाई प्यानकेक जस्तै बाक्लो, वा पातलो र क्रिस्पी बनाउन सकिन्छ। डोसालाई आधा पट्याएर वा घुमाएर तातो पस्किने गरिन्छ। यो सामान्यतया चटनी र साम्बरसँग खाने गरिन्छ। कालो चना र चामलको मिश्रणलाई अत्यधिक परिष्कृत गहुँको पिठो वा सुजीले प्रतिस्थापन गर्न सकिन्छ।

चित्र दीर्घा सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. P. Thankappan Nair (२००४), South Indians in Kolkata, Punthi Pustak, पृ: ३२०, आइएसबिएन 81-86791-50-7 
  2. K. T. Achaya (नोभेम्बर २००३), The Story of Our Food, Universities Press, पृ: ८०, आइएसबिएन 81-7371-293-X 
  3. "8 oldest Udupi restaurants in Mumbai", The Free Press Journal, २०१९-०५-३१, अन्तिम पहुँच २०२२-०८-१५ 
  4. "Recipe: Light white dosa", The Times of India