टीकापुर नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेशमा पर्ने कैलाली जिल्लाको एक नगरपालिका हो। कैलाली जिल्लाको तत्कालिन टीकापुर गाउँ विकास समितिका सम्पूर्ण वडालाई वि.सं. २०५३ माघ ११ गते टीकापुर नगरपालिका घोषणा गरिएको थियो। नेपालमा सङ्घीय शासन व्यवस्था लागू भएपछि स्थानीय तहको गठन भएसँगै वि.सं. २०७३ फाल्गुन २२ मा आंशिक रूपमा नारायणपुरधनसिंहपुर गाविसका केही वडाहरूलाई यसमा गाभेर यो नगरपालिकाको क्षेत्र विस्तार गरिएको थियो।[३][४][५] कुल ९ वडामा विभाजित यो नगरपालिकाको जनसङ्ख्या वि.सं. २०६८ सालको जनगणना अनुसार ७६,०८४ रहेको छ। यो नगरपालिकालाई सुदूरपश्चिमको पूर्वी मूल गेट कर्णाली पुलबाट १३ किलोमिटर पश्चिममा पर्ने लम्की, धनगढी, महेन्द्रनगर जस्ता प्रमुख सहरहरू जोड्ने उद्गम बिन्दु मान्ने गरिन्छ।[६]नेपालको सबैभन्दा ठूलो मानव निर्मित उद्यान टीकापुर पार्क यसै नगरपालिकाभित्र रहेको छ।[७]

टीकापुर
नगरपालिका
टीकापुर उद्यान
टीकापुर उद्यान
टीकापुर is located in सुदूरपश्चिम प्रदेश
टीकापुर
टीकापुर
नक्सामा टीकापुरको अवस्थिति
टीकापुर is located in नेपाल
टीकापुर
टीकापुर
टीकापुर (नेपाल)
निर्देशाङ्क: २८°३१′३०″उ॰ ८१°०७′१५″पू॰ / २८.५२५००°N ८१.१२०८३°E / 28.52500; 81.12083निर्देशाङ्कहरू: २८°३१′३०″उ॰ ८१°०७′१५″पू॰ / २८.५२५००°N ८१.१२०८३°E / 28.52500; 81.12083
देश नेपाल
प्रदेशसुदूरपश्चिम प्रदेश
जिल्लाकैलाली
नगरपालिकावि.सं. २०५३ माघ ११[१]
समावेश (गाविस)टीकापुर
सम्मिलित (मिति)वि.सं. २०५३ माघ ११
समावेश (गाविस)आंशिक रूपमा नारायणपुरधनसिंहपुर
सम्मिलित (मिति)वि.सं. २०७३ फाल्गुन २२
सरकार
 • मेयरतपेन्द्र बहादुर रावल
 • उप मेयरकेशरी कुमारी रावल बिष्ट
क्षेत्रफल
 • जम्मा११८.३३ किमी (४५.६९ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा७६०८४
 • घनत्व६४०/किमी (१७००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत०९१
वेबसाइटtikapurmun.gov.np

नामकरण सम्पादन गर्नुहोस्

घना जङ्गलले भरिभराउ रहेको यस क्षेत्रमा मानिसहरूको बस्ती बसाल्ने क्रममा यहाँका मानव बस्तीहरू टीका जस्तै गोलाकार रूपमा बसेकोले यस क्षेत्रको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ। यस्तै अर्कों भनाइ अनुसार मानव बस्ती बसने क्रममा जङ्गल फडानीको कार्य दशैंको टीकाको दिनदेखि प्रारम्भ गरिएकोले यस ठाउँको नाम टीकापुर रहन गएको भन्ने भनाइ छ।[८]

भूगोल सम्पादन गर्नुहोस्

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको वि.सं. २०६८ को जनगणना अनुसार टीकापुर नगरपालिकाको जनसङ्ख्या ७६,०८४ रहेको छ।[२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "चार किल्ला खोली नगरपालिका क्षेत्र तोकी बिभाजन गरेको", नेपाल राजपत्र, नेपाल सरकार, अन्तिम पहुँच जनवरी २०२२ 
  2. २.० २.१ "नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)", राष्ट्रिय योजना आयोग, नेपाल सरकार, नोभेम्बर २०१२, अन्तिम पहुँच नोभेम्बर २०१२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-१०-२६ मिति
  3. "गाउँ र नगरपालिका कुन जिल्लामा कति ?", नयाँ पत्रिका दैनिक, पुष २३, २०७३, अन्तिम पहुँच १४ जेठ २०७४ 
  4. काफ्ले, प्रतिक्षा (३० फाल्गुन २०७३), "जिविस अब देखि जिल्ला समन्वय समिति", कान्तिपुर, अन्तिम पहुँच ३० फाल्गुन २०७३  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०५-०६ मिति
  5. "स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील", सेतोपाटी, २८ फाल्गुण २०७३, अन्तिम पहुँच २८ फाल्गुण २०७३ 
  6. "टीकापुर नगरपालिकाको भ्रमण: अनुभूति र सिकाई", अनुमोदन दैनिक (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३० 
  7. "ओझेलमा टीकापुर पार्क", आँपूर्ण पोस्ट (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३० 
  8. "टीकापुर नगरपालिकाको संक्षिप्त परिचय", टीकापुर नगरपालिका (नेपालीमा), अन्तिम पहुँच २०२२-०१-३० 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्