जण्डौल नेपालको सगरमाथा अञ्चलको सप्तरी जिल्लाको एक गाँउ विकास समिति हो । यो गाविस सप्तरी जिल्लाको महेन्द्र राजमार्गको छेउमा छ । तीन ओटा गाउँ (जण्डौल,घोंघिदाहा र भवानीपुर) मिलेर जणडौल गाविस बनेको छ । एक देखि पाँच वार्ड सम्म जण्डौल पर्छ । छ- सात घोँघिदाहा र आठ-नौँ भवानीपुर वार्डमा पर्छ । यस गाविसमा दुई वटा उ.मा.वि.छ । यो गाविसमा कम्तिमा पचास विघा जति जमीनमा आँपको बोट छ । यहाँको आम्दनीको श्रोत आँपको खेति रहेको छ । यहाँको बासिन्दालाई प्रत्येक व्यक्तिको घरमा चार-दश ओटा जति आँपको बोट छ । धेरै जातजाती थारु जाति, दनुवार जाति, मुस्लिम आदिको बसोबास यस गाबिसमा रहेको छ ।

जण्डौल
जण्डौलको आधिकारिक छाप
देश नेपाल
अञ्चलसगरमाथा अञ्चल
जिल्लासप्तरी
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा४३६०
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०३१
वेबसाइटwww.ddcsaptari.gov.np

जनसङ्ख्या सम्पादन गर्नुहोस्

नेपालको सन् २०११ को जनगणना अनुसार जण्डौलको ८७० घर धुरीमा कुल जनसङ्ख्या ४,३६० रहेको छ ।[१]


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्


यी पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्