भक्तपुरमा दत्तात्रय मन्दिर संगै रहेको भैरब मन्दिरमा रहेको लिंगको आकृति भएको काठरातो कपडाको योनी जुधाएर होलीको सुरूवात गरिन्छ। फागुन शुक्ल अष्टमीको दिन शनिबार भिमसेन मन्दिरमा राखिएको लिङ्ग लाई टोल-टोलमा घुमाएर पुन मन्दिरको पाटीमा राखिन्छ। काठबाट बनेको दुई हात लामो लिङ्गको करिब ३० इन्च मोटाई रहेको छ। यसलाई भिमसेनको लिङ्ग र कपडाबाट बनाएको प्वाललाई द्रौपतीको योनीको रूपमा लिने गरिन्छ।नेवारी परम्परा अनुसार यसलाई चिर स्वायगू भनिन्छ |

साङ्केतिकरूपमा यौनसँग सम्बन्धित फागु पर्व अर्थात् होली पर्व दक्षिण एसियामै कतै कृष्णसँग र कतै प्रल्हादसँग सम्बन्धित रहे पनि भक्तपुरमा भिमसेनसँग सम्बन्धित रहने गरेको छ| होली पर्व सुरू भएपछि फागुन नवमीको दिनमा भिमसेनको लिङ्गलाई दुई जनाले काँधमा बोकेर भक्तपुरको इनाचो, बाचुटोल, जेला, जगाती, ब्रम्हायणी, च्यामासिंह हुँदै, दत्तात्रय मन्दिर वरिपरी रहेको घर, पसलपिच्छे लिङ्ग दर्शनका लागि लगिन्छ | घर र पसल घुमाएको लिङ्गलाई भक्तजनले ढोग्ने र दान दक्षिणा चढाउने गर्दछन । लिङ्गको दर्शन गरेर दक्षिणा दिए व्यापार फस्टाउने धार्मिक विश्वास रहेको छ|

बजार घुमाएर ल्याएको लिङ्ग र योनी आकारको प्वाल भएको रातो कपडा भिमसेनको पाटीमा सात दिनसम्म झुण्ड्याउने गरिन्छ । झुन्ड्याएको लिङ्ग हल्लाउँदा योनी आकारको कपडाको प्वाल भित्र छिर्ने गर्दछ । यसलाई भिमसेन र द्रौपदीको यौन समागमको रूपमा लिइने गरेको संस्कृतिकर्मी बताउँछन् । चिर स्वायगू झुण्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने परम्परा रहेको छ । विशेषगरी होलीभरी शनिबारमंगलबार भिमसेन मन्दिरमा भव्य मेला लाग्ने गर्दछ । यहाँका गायजु गुठीले भिमसेन मन्दिरको पाटीमा बसेर होलीको गीत गाउने गरेका छन् ।