गुरू तथा पुरोहित ब्राह्मणलाई सम्मान स्वरुप दिइने भेटी, अथवा यज्ञ श्राद्ध जस्ता कुनै पनि धामर्मिक अनुष्ठानहरूमा दिइने धनलाई दक्षिणा भनिन्छ । यसका साथै छोरी चेली तथा जवाईं, भान्जहरूलाई पनि कुनै धार्मिक कृत्यमा दक्षिणा दिइन्छ । हिन्दू धर्ममा दक्षिणाको ठुलो महत्त्व रहेको पाइन्छ । कुनै धार्मिक काम गराउँदा ब्राह्मणहरूले यजमानलाई वैद्धिक मन्त्रोच्चारण सहित दक्षिणा संकल्प गराउने परम्परा चलिआएको छ । दक्षिणा विना गराइएको यज्ञादी कुनै पनि धार्मिक कृत्य अधुरो मानिन्छ । गुरुसँग विद्या आर्जन गर पश्चात गुरुहरूलाई गुरु दक्षिणा दिइन्छ भने टिका, माला लगाएमा छोरी चेलीहरूलाई माइती माओलीहरूले दक्षिणा दिने परम्परा छ ।

चित्र:Ekalavya's Guru Dakshina.jpg
एकलव्यले आफ्ना गुरूलाई दायाँ हातको बुढी औंला काटेर गुरू दक्षिणा दिंदै

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्