चन्द्र घिमिरे
चन्द्र घिमिरे ( जन्म वि.सं.२०२१ मङ्सिर १५ गते तदनुसार ई.सं. ३० नोभेम्बर १९६४ धरान, सुनसरी जिल्ला, नेपालमा भएको थियो ।[१][२] उनी नेपाली कवि, निबन्धकार तथा बौद्धीक व्यक्तित्व, नेपाल सरकारका वरिष्ठ प्रशासक हुन् ।[३][१] राजनीतिक, सामाजिक वा प्राकृतिक उथलपुथलमा आधारित रहेर कविता बुन्न सक्ने क्षमता भएका कवि चन्द्रका विशेष खुबी भनेकै नेपाली आममानिसले अनेकपटक भोगेका दर्दनाक घट्नाक्रमहरूमा आधारित रही सुन्दर र सुकुमार ढङ्गले कविता प्रस्तुत गर्नु । तराईको, पहाडको, घासिया, हलिया, कमैयाको भाषामा उनका कविता फरर बोल्छन् र इतिहास, धर्म सत्ता र शक्तिले थिचिएका, वर्जना र वञ्चनामा परेका मानिसहरुका त्रासदीका कथा भन्छन् ।[४]
चन्द्र घिमिरे | |
---|---|
जन्म | वि.सं.२०२१ मंसिर १५ गते |
राष्ट्रियता | नेपाली |
शिक्षा | एम.फिल.(बर्गेन विश्वविद्यालय, नर्वे), एम.पी.ए. (गोल्डमेडसहित, त्रिभुवन विश्वविद्यालय) |
पेशा | लेखन, सरकारी सेवा |
कामदार | उच्च प्रशासक, नेपाल सरकार |
चिनारीको कारण | लेखनमा कविता, लेख निबन्ध साथै पेशामा बौद्धीक उच्च प्रशासक तथा कूटनीतिज्ञ |
उल्लेखनीय कार्य | डन्ट टच मी ओ कविताहरु (२०१२) र काठको बाकस (२०१५) |
गृहनगर | धरान |
जीवनसाथी | सरिता नेउपाने घिमिरे |
सन्तान | सौरभ घिमिरे र श्रद्धा घिमिरे |
मातापिता | नेत्रकुमारी घिमिरे र नरनाथ घिमिरे |
पुरस्कार | नेपाल विद्याभूषण पदक, शैक्षिक वर्ष सन् २०००–२००४ पब्लिक हाइस्कूल सम्मान, २०१४ |
प्रारम्भिक जीवन
सम्पादन गर्नुहोस्धरानमा बाल्यकाल बिताएका घिमिरे प्रारम्भिक शिक्षा त्यसबेला भारतीय सेनामा कार्यरत पिताजीबाटै प्रारम्भ गरे । अनौपचारीक शिक्षा लिँदै गरेका थिए । बङ्गलादेश स्वतन्त्रता सँग्राम चर्किएको बेला सुरक्षित ठाउँमा सर्ने क्रममा सन् १९७१ फेब्रुअरीमा अभिभावकले पूर्वी नेपालमा पर्ने धरान नगरमा ल्याए । सोही साल धरानको ल्याबोरेटोरी स्कूलबाट एकैपल्ट कक्षा २बाट प्राथमिक तहको शिक्षा सुरु भयो ।[५] सन् १९७३ देखि धरानको नेपालकै जेठो विद्यालयमा पर्ने पब्लिक हाइस्कूलमा कक्षा ४ देखि १० सम्म अध्ययन गरे । उक्त विद्यालयका साहित्यकार गुरुहरु चन्द्रमणि अधिकारी र कवयित्री कुन्ता शर्माको प्रभावमा घिमिरे आए । कलेज पढ्न धरानको जेठो महेन्द्र बहुमुखी क्याम्पसमा प्रवेश गरेपछि लेखक साथीहरूको सँगतमा परे ।[५] त्यो बेलाको एकदलीय पन्चायत व्यवस्थाको समय थियो । लेखनमा उनी विद्रोही धारतर्फ लागे । त्यही बेला सन् १९८७ तिर धरान नेपालमा केही युवाहरूले साहित्यिक समूह ‘अर्को जमात’ खोले ।[६] यो स्थापना गर्ने मुख्य चार युवा कवि लेखकहरूमा चन्द्र घिमिरे पनि एक थिए । अन्य संस्थापकमा एउटै उमेरका कवि लेखकहरु रमेश के.सी., नविन सुब्बा र टंक घिमिरे लगायत अरु पनि थिए । त्यो साहित्यिक सँस्था ‘अर्को जमात’ ले धरान बजारमा विद्रोही खालका कविताहरु सहितको पर्चा छर्न ‘मार्गण’ नामक काव्य पर्चा सुरु गरे । सन् १९८९ मा उच्च अध्ययन गर्ने उद्देश्यले काठमाण्डौ प्रवेश गरे ।[१]
शिक्षा र कार्य जीवन
सम्पादन गर्नुहोस्घिमिरेले विद्यालय शिक्षा धरानको पव्किल हाइस्कूलबाट सके । त्यसपछि कमर्स विषय लिएर धरानकै महेन्द्र बहुमुखी क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट प्रमाणपत्र तह अध्ययन सन् १९८६ मा पूरा गरे । सन् १९८९ मा काठमाण्डौको शंकरदेव क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनशास्त्रमा स्नातक तह सिध्याए । सन् १९९६ मा काठमाण्डौको शंकरदेव क्याम्पस, त्रिभुवन विश्वविद्यालयबाटै व्यवस्थापनशास्त्रमा एम.बि.ए. सम्पन्न गरे । सोही बिच घिमिरेले प्राइभेट विद्यार्थीका रूपमा सन् १९९६ मा कानुनमा स्नातक पढाई पूरा गरे । सन् २००२ मा त्रिभुवन विश्वविद्यालयबाट स्वर्णपदक सहित एम.पि.ए.उत्तिर्ण गरे । तत्पश्चात उच्च अध्ययन गर्न २००६ अगस्टदेखि नर्वेको बर्गेन विश्वविद्यालयमा गए । त्यहाँबाट उनले एम.फिल.अध्ययन पुरा गरे । सो अध्ययनका दौरान उनले नर्वेका ख्यातिप्राप्त प्राज्ञिक व्यक्तित्व प्रोफेसर पिएर लाग्रिडसँग रिसर्च थेसिस गर्ने मौका पाए ।
घिमिरेले बेलायतको प्रतिष्ठित चेभेनिँग फेलोसिप पाएर बेलायतको योर्क विश्वविद्यालयमा सन् २००६ मा केही महिना बिताए । त्यसैगरी, हवार्ड विश्वविद्यालयको केनेडी स्कूल अफ गर्भनेन्समा सन् २०१० मा अमेरिकी अन्तर्राष्ट्रिय व्यापारविद प्रोफेसर रबर्ट लरेन्सबाट छोटो समय प्रशिक्षित हुने मौका पाए ।
सन् १९८९ देखि घिमिरे अनवरत काठमाण्डौमा रहे । सन् १९८९ मा उनले नेपालको निजामती सेवामा शाखा अधिकृतको रूपमा प्रवेश गरे । सन् १९९६ मा उपसचिव पदमा बढुवा भए भने सन् २००५ मा सहसचिव पदमा बढुवा भए । सन् २००६ मा नर्वेको बर्गेन सहरमा अध्ययनका लागि गए । नर्वेबाट सन् २००८ मा नेपाल फिरेपछि अनवरत नेपालको निजामति सेवाको सहसचिव पदमा रहेर सेवा गरे । सन् २०१२ जनवरीमा नेपाल सरकारले उनलाई नेपालको लागि भारतको कोलकातास्थित महावाणिज्यदूत पदमा नियुक्त गरेदेखि हाल कूटनीतिज्ञको रूपमा कोलकातामा कार्यरत छन् ।[७]
लेखन विषय र शैली
सम्पादन गर्नुहोस्घिमिरे नेपाली कवितामा एक पृथक शैलीका कवि हुन् । बिम्बमा लेख्न रुचाउने यीनी औसत सामाजिक कविता लेख्न रुचाउँछन् । तथापी यीनले प्रेम, नैराश्य, दुःख जस्ता अनूभूतीजन्य कविता पनि लेखेको छन् । पछिल्ला समयमा यीनले पिछडिएका, सिमान्तकृत र सबाल्टर्नहरुका पक्षमा लेखिएका कविता र राजनीति तथा समाजमा देखिने विकृतीमाथि प्रहार गरेर अधिकतर कविताहरु लेखेका छन् ।[६][८] कहिले गाउँ, कहिले सरह छिर्ने, कहिले पहाड चढ्ने, कहिले तराई झर्ने कवि चन्द्र घिमिरे कवितामा भुइँमान्छेहरूसँग सम्वाद गर्न मन पराउँछन् ।[९]
कविताका अतिरिक्त लेख निबन्ध पनि लेख्दै आएका छन् । निबन्धतर्पm अनूभूतिलाई पोखेर लेख्नु यीनको विशेषता मानिन्छ । [६]
साहित्य देखि बाहेका घिमिरे सुशासन, विकास विमर्शमा पनि तिखो कलम चलाउँछन् । नेपाली ब्यूरोक्रेसीमा रहेर ब्यूरोक्रेसीका विसँगतीमाथि लेखिएका कैयौँ लेखहरु कान्तिपुर दैनिक तथा अन्यत्र प्रकाशित छन् ।[८]
डन्ट टच मी ओ कविताहरू !
बिहान
चिऽऽऽसो स्वप्नदोष सुरुङबाट म उम्कन्छु जब
दुर्गन्धित अन्डरवेयर अनुहार पखाल्छु
जन्डिस स्टोभ सल्काउँछु
चिया उमाल्न
धुजिएको अखबार मार्का कमिजमा आइरन कुदाउँछु
सरकारी वनजस्तो पातलो दारी मिलाउँछु
छिमेकी घर हेर्छु
झ्यालमा ओएसिस युवती देखे
पैले, कपाल मिलाउथँे
बैँस सुसेल्थेँ
कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !
दिउँसो
स्लो पोइजन खाना होटेलमा उधारो खान्छु
एउटा श्रम–शिविरजस्तो जागिर
जहाँ धाउँछु
दिनभरि स्वाभिमानको छाला काढ्छु
घरी–घरी घडीमाथि शंका उमार्छु
गर्भवती टाइपिस्टबारे
सामाजिक प्रदूषण फैलाउँछु
र पनि कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !
बेलुका
अल्छे ढोका मेरो स्पर्शले
ब्यूँझन्छ आङ तानेर क्यारऽऽऽ
ओछ्यानमा पल्टेर
आरक्षित दुर्भाग्यजस्तो सिलिङको कालो माकुरो ताकेर
गाउँमा उमेरले लखेटेका बाआमा सम्झन्छु
बैँसले बहिष्कृत
र पनि अविवाहित ठूल्दिदी कल्पन्छु
नपढेर गाउँमा साइरन बजाउँदो भाइलाई सम्झन्छु
कर्तव्यबोधले मैलाई लात हान्छ कस्सेर
र पनि कविता कोर्दथेँ
आइन्दा डन्ट टच मी ओ कविताहरू !
साँझपख
पसलको एक छेउ
ट्रान्जिस्टर नारायणगोपाल सुसाइरा’ हुन्छ
“जीवनदेखि धेरै धेरै नै थाकेर......”
अर्को छेउ म
मृत्युभन्दा तीऽतो रक्सी खिप्दै उक्लन्छु
मतालु सिंढी टक–टक–टक–टक
साँघुरो गल्ली
अतिक्रमण गर्छु एकाएक जब
सडकछाप कुकुर गाली भुक्छ ‘साऽऽऽला’
जति बेला पुग्छु डेरा
घरपट्टिकी छोरी कविता
मैले म्वाइँ खाएदेखिन् मकहाँ धाउन छाडेकी छे
कौसीबाट लुकेर
सिमसिमे नजरको टर्चलाईटले
चियो गरिरा’ हुन्छे ।
आजभोलि
कविताहरू मदेखि रुष्ट छन्
मेरा नियतिसँग असन्तुष्ट छन्
ओ कविताहरू !
नटोक मलाई
अरू मात्न देऊ
क्रमशः स्खलित हुन देऊ
मर्लिन मुन्रोले आत्महत्या गर्दा
रात मलाई हाराकिरी गर्न देऊ
बिन्ती !
तिम्रो टापूमा मलाई डाक्ने नगर
मेरो दुःस्वप्नको हाट तिमी नभर
प्लिज, समान्था फक्स बजाउने नगर “टच मी...”
महंगीमा मेरो माया
कवितासरि सस्तिएछ
अस्वीकृत कविताको लाम
बजारमा सूचिकृत हुन सकेन
अस्ति भट्टीमा धरौटी बस्न सकेन
भिसा नमाग, ओ कविताहरू !
आइन्दा कविता लेख्दिन
डन्ट टच मी ओ कविताहरू !
लेखन र प्रमुख कृति
सम्पादन गर्नुहोस्सन् १९९२ पश्चात लेखनबाट टाढा बसेका कवि घिमिरे करीब अढाई दशक पछि फेरि कविता लेखनमा देखा परे । लामो समयान्तरमा फेरि कवितामा आएका घिमिरेले तत्कालै चर्चा बटुले । पुस्ताकार रूपमा घिमिरेको प्रकाशित पहिलो कृति सन् २०१२ सेप्टेम्बरमा प्रकाशित ‘डन्ट टच मी ओ कविताहरु’ हो ।[६][१०][११][१२][१३][१] नेपाली भाषामा लेखिएका कविता सँग्रहका रूपमा आएको उनको यो पुस्तक फाईन प्रिन्ट्स, नेपालबाट प्रकाशित थियो । नेपाली भाषामै लेखिएका कविताहरूको सँग्रहको रूपमा दोश्रो पुस्तक ‘काठको बाकस’ नेपालको साँग्रिला बुक्सले २०१५ मा बजारमा ल्याएको छ ।[१४][१५] यसका अलावा फुटकर रूपमा उनका अनेकौँ निबन्धहरु प्रकाशित छन् ।
यीनको एकल कविता वाचन पहिलो सन् २०१२ अक्टोबर ३ मा धरानमा र दोश्रो सन् २०१३ अक्टोबर २६ मा हेटौडामा भएको थियो । तेश्रो एकल वाचन शिल्पी थियेटरले काठमाण्डौमा सन् २०१३ डिसेम्बर २८ मा आयोजना गरेको थियो ।
साहित्यका अलावा घिमिरेले सार्वजनिक प्रशासन, अन्तर्राष्ट्रिय व्यापार क्षेत्रमा काम गरेकाले उनका अनेकौँ लेखहरु प्रकाशित छन् । विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनहरूमा पनि यीनले पेपरहरु प्रस्तुत गरेका छन् । साथै, कैयन नेपाल र बाह्य फोरमहरूमा वक्ताका रूपमा बोलेका छन् ।
पुरस्कार तथा सम्मान
सम्पादन गर्नुहोस्- नेपाल विद्याभूषण पदक, त्रिभुवन विश्वविद्यालयमा एम.पि.ए.मा सर्वोच्च स्थान हाँसिल गरेवापत, शैक्षिक वर्ष सन् २०००–२००४
- पब्लिक हाइस्कूल सम्मान, २०१४
सन्दर्भ सूची
सम्पादन गर्नुहोस्- ↑ १.० १.१ १.२ १.३ होम लन्चमा ‘डोन्ट टच मी ओ कविताहरु’.
- ↑ राम अविकास, च्याटभ्यू, कवि चन्द्र घिमिरे[स्थायी मृत कडी]
- ↑ CONSULATE GENERAL OF NEPAL वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-२१ मिति
- ↑ मनु मञ्जिल, कथाको बाकस, कोसेली, कान्तिपुरः शनिबार, २२ फाल्गुण २०७२ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०६ मिति
- ↑ ५.० ५.१ http://wecollegetimes.blogspot.in/2014/06/blog-post_6364.html मध्य कोसीमा टाइटानिक सम्झना, कलेज टाईम्स.
- ↑ ६.० ६.१ ६.२ ६.३ पच्चीस वर्षपछि कवितामा ‘कम्–ब्याक’ वेब्याक मेसिन अभिलेखिकरण २०१६-०६-३० मिति
- ↑ ‘हाम्रो प्रतिव्यक्ति आय सार्कमै अगाडि हुनसक्छ’, - प्रस्तुति : किशोरकुमार कार्की, व्लाष्ट टाईम्स, बुधबार, १३ फाल्गुण २०७१[स्थायी मृत कडी]
- ↑ ८.० ८.१ डन्ट टच मी ओ कविताहरू, Pustak Sansar Dot Com वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०५ मिति
- ↑ चन्द्र घिमिरे, मेनिफेस्टो, अन्नपूर्ण पोष्ट, २०७२ फाल्गुन १ शनिबार वेब्याक मेसिन अभिलेखिकरण २०२१-१०-२७ मिति
- ↑ "FinePrint", http://fineprint.com.np/, अन्तिम पहुँच २०१३। वेब्याक मेसिन अभिलेखिकरण २०१५-०४-२० मिति
- ↑ Nepali Authors Attending the Nepali Literature Festival 2012/Kathmandu वेब्याक मेसिन अभिलेखिकरण २०१५-०२-१९ मिति
- ↑ Bivek Thapa, Bold Insights, The Kathmandu Post, : 2012-09-27[स्थायी मृत कडी]
- ↑ ' डन्ट टच मी ओ कविताहरू! ' नामक पुस्तकको विवरण, Monographs Search of Madan Puraskar
- ↑ 'Kath Ko Bakas released', The Himalayan Times, February 14, 2016 वेब्याक मेसिन अभिलेखिकरण मार्च ११, २०१६ मिति
- ↑ Explore our Nepali Literature Section, Ratna Pustak Bhandar