गोविन्द बहादुर मल्ल

नेपाली साहित्यकार


गोविन्द बहादुर मल्ल “गोठाले” (वि. सं. १९७९ - वि.सं. २०६७) नेपाली भाषाका चर्चित साहित्यकार हुन्। ऋद्धिबहादुर मल्ल र आनन्दमायाबाट काठमाडौँको पुरानो भन्सारमा जन्मिएका जयबहादुर मल्लको साहित्यिक नाम गोविन्दबहादुर मल्ल गोठाले हो । उनले सिद्धिचरणबाट लेख्ने, रिमालबाट आधुनिक बन्ने र देवकोटाबाट लगनशील बन्ने प्रेरणा पाएका हुन् । उनले कथा, उपन्यास र नाटकका क्षेत्रमा ख्याति प्राप्त गरेका छन् ।[१]

गोविन्द बहादुर मल्ल
जन्मवि. सं. १९७९ असार २९
मृत्यु२०६७ मंसिर २७
काठमाडौँ
पेशालेखक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाकथा, नाटक, उपन्यास
उल्लेखनीय कार्यहरूपल्लो घरको झ्याल
आफन्तहरूभाइ विजय मल्ल

जीवनीसम्पादन

गोठालेको जन्म वि. सं. १९७९ असार २९ गते ओमबहाल, काठमाडौमा भएको थियो। उनका बाबु सुब्बा ऋद्धिबहादुर मल्ल र आमा आनन्दमाया हुन्। शारदाका प्रकाशक/सम्पादक उनका पिता ऋद्धिबहादुर भाषासेवी थिए भने दाजु विजय मल्ल ठूला साहित्यकार थिए। उनले आई.एस्सी. सम्म पढे। नीजि व्यवसायमा संलग्न रहे।

कवि सिद्धिचरण श्रेष्ठ, गोपालप्रसाद रिमाल, लक्ष्मीप्रसाद देवकोटा लगायतसँग उठ्बस गर्न भ्याएका गोठाले नाटक, कथा र उपन्यास गरी तीन विधाका पहिलो आधुनिक प्रयोक्ता थिए। गोठालेले साहित्यिक पत्रिका शारदाको सम्पादक भएर समेत काम गरे ।

उनी शारदाका सम्पादक र जोरगणेश प्रेसका निर्देशक रहे। यसका साथै विभिन्न कालमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य, प्रेस काउन्सिलका सदस्य, निर्वाचन आयोगका सदस्य, नेपाल लेखक सङ्घका अध्यक्ष भए। आफू सम्पादक हुँदा शारदालाई उनले नेपाल बाहिरका नेपाली भाषी माझ समेत पुर्‍याएका थिए। गोठाले नेपालको पहिलो दैनिक अखबार आवाजको प्रधान सम्पादकसमेत भएका थिए।

कृतिहरूसम्पादन

उनले वि. सं. १९९२ तिरै लेखेको 'ममता' शीर्षकको कविता उनको पहिलो रचना हो। गोठालेद्वारा वि. सं. २०१६ सालमा लेखिएको पल्लो घरको झ्याल उपन्यासले अत्यधिक लोकप्रियता पाएको थियो। कथा, उपन्यास, नाटक आदिमा कलम चलाएका मल्लका कृतिहरू यस प्रकारका छन्:-

गोविन्द बहादुर मल्लका कृतिहरू
प्रकाशन मिति शीर्षक विधा
वि. सं कथा सङ्ग्रह कथा सङ्ग्रह
वि. सं २०१३ भुसको आगो नाटक
वि. सं २०१६ पल्लो घरको झ्याल उपन्यास
वि. सं २०१६ कथैकथा कथा
वि. सं २०१६ च्यातिएको पर्दा नाटक
वि. सं २०२७ दोष कसको छैन नाटक
वि. सं २०३४ भोको घर नाटक
वि. सं २०३९ प्रेम र मृत्यु कथा सङ्ग्रह
वि. सं २०५२ बाह्रकथा कथा सङ्ग्रह
वि. सं २०५३ अपर्णा उपन्यास
वि. सं २०५६ पियानानी उपन्यास
वि. सं २०६१ जङ्गबहादुर र हिरण्यगर्भकुमारी कथा

पुरस्कारसम्पादन

नेपाली भाषा-साहित्यका विविध विधामा खास गरी कथा, नाटक र उपन्यासमा पाँच दशकभन्दा बढी समयदेखि उच्च दर्जाका कृतिहरूको सिर्जना गरी नेपाली वाङ्मयको श्रीवृद्धिका लागि उल्लेखनीय योगदान गरेबापत उनले २०५५ सालको जगदम्बाश्री पुरस्कार पाएका उनका अन्य सम्मानहरू निम्नानुसार छन्:-

  • नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको मानार्थ आजीवन सदस्य (२०३३)
  • गोरखा दक्षिण बाहु दोस्रा (२०३६)
  • त्रिभुवन प्रज्ञा पुरस्कार (२०४२)
  • भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४५)
  • वेदनिधि पुरस्कार (२०४८)
  • सर्वश्रेष्ठ रचना पुरस्कार (२०५०)
  • पहलमानसिंह स्वाँर पुरस्कार (२०५२)
  • सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार (२०५३)

भ्रमणसम्पादन

नेपालका विभिन्न ठाउँ, भारत, लेबनान, फ्रान्स, जर्मनी, इटली, चीन, थाइल्यान्ड, बेलायत, हल्याण्ड, सिरिया, बेल्जियम आदि देशको भ्रमण गरेका मल्ल नेपाली साहित्य आकाशका कहिल्यै ननिभ्ने तारा हुन् ।

निधनसम्पादन

उनको वि.सं. २०६७ मंसिर २७ गते (सन् २०१० डिसेम्बर १३) का दिन ८९ वर्षको उमेरमा निधन भयो।

सन्दर्भ सामग्रीसम्पादन

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौँ : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य कडीहरूसम्पादन