ऋद्धिबहादुर मल्ल (वि. सं. १९५५-२०२५)नेपालको पहिलो साहित्यिक पत्रिका शारदा मासिकका संस्थापक सम्पादक थिए । शारदा पत्रिका १९९१ सालको माघे संक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आएको हो । मल्लको सम्मानस्वरुप सरकारले २०५४ सालमा उनको मुहारचित्र अङ्कित हुलाक टिकट प्रकाशनमा ल्याएको थियो ।

ऋद्धिबहादुर मल्ल
जन्मवि. सं. १९५५ मंसिर २४
वनारस, वरुणापुल कोठी, भारत
मृत्यु२०५५ वैशाख ५
काठमाडौँ
पेशालेखक, प्रकाशक, सम्पादक
भाषानेपाली
राष्ट्रियतानेपाली नेपाल
नागरिकतानेपाली
विधाउपन्यास, साहित्यिक पत्रिका
उल्लेखनीय कार्यहरूशारदा पत्रिका, जोर गणेश प्रेस
जीवनसाथीआनन्दकुमारी
बच्चाहरूछोरा गोविन्दबहादुर मल्ल, विजय मल्ल, फत्तेबहादुर मल्ल र हिक्मतबहादुर मल्ल, छोरी शान्ति
अभिभावकहरूबुवा वीरबहादुर मल्ल, आमा नीरकुमारी
धर्महिन्दु

मल्लको जन्म वि. सं. १९५५ मंसिर २४ गते वनारसको वरुणापुल कोठीमा भएको थियो । उनी सुब्बा वीरबहादुर मल्ल र नीरकुमारीका जेठा छोरा थिए । वीरबहादुर मल्ल जंगबहादुरकी कान्छी छोरी दीपकुमारीका सेवामा बाँधिएका थिए । वीरशमशेर प्रधानमन्त्री भएपछि उनले दीपकुमारीलाई देश निकाला गर्दा वीरबहादुर पनि सँगै वनारस पुगेका थिए । त्यही परिवेशमा ऋद्धिबहादुर मल्ल जन्मिएका थिए ।[]

२२ वर्षको उमेरमा म्याट्रिक्स पास गर्दा राज्यले उनलाई दोसल्ला ओडाएर हात्तीमा काठमाडौं सहर घुमाएको थियो । त्यस प्रकारको सम्मान प्राप्त गर्ने उनी अन्तिम व्यक्ति पनि भए । १९७६ सालपछि राज्यबाट यसरी सम्मान गर्ने प्रथा बन्द गरिएको थियो ।[]

मल्लले घरको आर्थिक अवस्थाका कारण कलेजस्तरको शिक्षा लिन सकेनन् । त्यसैले उनी जागिरमा लागे र सुब्बा भए । जुद्धशमशेरकी छोरीको निजी सचिव भएर उनले आफ्नो युवा अवस्था कटाए ।

 विवाह र परिवार

सम्पादन गर्नुहोस्

ऋद्धिबहादुर मल्लको विवाह १९७० सालमा साहु द्वारिकादास मूलकी छोरी आनन्दकुमारीसँग भएको थियो । यी दम्पतीबाट छोरा गोविन्दबहादुर, विजयबहादुर, फत्तेबहादुर र हिक्मतबहादुर र छोरी शान्तिको जन्म भएको थियो । गोविन्दबहादुर मल्ल गोठाले र विजय मल्ल पनि नेपाली भाषासाहित्यका प्रतिष्ठित प्रतिभा हुन् ।

 प्रकाशित कृति 

सम्पादन गर्नुहोस्

मल्लले नेपाली भाषामा ६ वटा उपन्यास अनुवाद गरे र एउटा उनको मौलिक लेखनमा प्रकाशित भएको पाइन्छ । यद्यपि उनका कृतिको संख्या र प्रकृतिका सम्बन्धमा साहित्यकार तथा समालोचकहरुको एउटै मत छैन । उनले लेखेको 'शकुन्तला'नामक पुस्तक जुद्धशमशेरले छपाइदिन हुकुम गरेका थिए । पाण्डुलिपि शिक्षा डाइरेक्टर मृगेन्द्रशमशेरका हातमा पुग्यो । तर दुई वर्षसम्म पनि किताब प्रकाशित भएन । पछि मल्लको सोही किताब कर्णेल शिवप्रतापशमशेर थापालाई लेखक बनाएर प्रकाशनमा आयो ।

मौलिक कृति

  1. शर्मिष्ठा (वि. सं. १९८५), उपन्यास

सम्पादित, अनूदित र फुटकर कृति

  1. आँखाको कसिंगर (अनुवाद), उपन्यास
  2. डुंगा पल्टियो (अनुवाद, २०२२), उपन्यास
  3. शेष प्रश्न (अनुवाद, २०२२), उपन्यास
  4. चरित्रहीन (अनुवाद, २०२२), उपन्यास
  5. गोरा (अनुवाद, २०१८), उपन्यास
  6. न्याट्रिड्यामको कुम्भे (अनुवाद, २०२५), उपन्यास
  7. शारदा (सम्पादन), मासिक पत्रिका

 शारदाको प्रकाशन 

सम्पादन गर्नुहोस्

नेपाली साहित्यमा युग निर्माण गरेको मानक साहित्यिक पत्रिका शारदालाई मानिन्छ । यो पत्रिका १९९१ सालको माघे संक्रान्तिदेखि मल्लकै सम्पादन र प्रकाशनमा आएको हो । यस पत्रिकालाई जसरी रुद्रराज पाण्डेले सहयोग पुर्‍याएका थिए, त्यसरी नै प्रेमराज शर्माले पनि मद्धत गरेका थिए । शारदा प्रकाशनका लागि मल्लसँग होस्टेमा हैंसे गर्नेहरुमध्ये बालकृष्ण सम, जितेन्द्रबहादुर शाह, बडाकाजी मरिचीमान सिंहको पनि भूमिका थियो । लेखनाथ पौड्याल, लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, गुरुप्रसाद मैनाली, विश्वेश्वरप्रसाद कोइराला, भवानी भिक्षु, सूर्यविक्रम ज्ञवाली, गोविन्दबहादुर मल्ल गोठाले आदि थुप्रै लेखकलाई यसै पत्रिकाले उभ्याएको हो । राणा प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले पत्रिका निकाल्न मल्ललाई वार्षिक ५०० रुपैयाँ खड्ग निसाना गरेर दिएको ‘उन्नयन’ को ऋद्धिबहादुर मल्ल विशेषांक (पूर्णांक २५, २०५४) मा सुन्दरप्रसाद शाह ‘दुःखी’ ले उल्लेख गरेका छन् । त्रिचन्द्र कलेजका प्रिन्सिपल सरदार रुद्रराज पाण्डेलाई मल्लले कोलकाताको हेउर स्कुलको जस्तै शिक्षक–विद्यार्थीका रचना संकलन गरेर मासिक–पत्र निकाली आफ्नो जोरगणेश प्रेसमा छाप्न सुझाएका थिए । निकै पछि सरदार पाण्डेले मेजर जनरल मृगेन्द्रशमशेरसित ‘त्रैमासिक’ निकाल्न कुरा मिलाए र जुद्धशमशेरले ‘दैनिक पत्रिका निकाल्छ भने पनि निकाल्न दिनू’ भनी हुकुम गरेका थिए ।[]

जुद्धशमशेरले पद्मशमशेरलाई राजकाज सुम्पेर गएपछि २००२ सालमा शारदा संकटमा पर्‍यो । कागज, मसी इत्यादि किन्ने पैसाको अभाव भयो । संक्रमणकालीन सत्ताले पनि शंकाको नजरले हेर्न थाल्यो । ऋद्धिबहादुरले पत्रिका चलाउन पैसाको मद्दत मागे । त्यसमा डाइरेक्टरले वर्षको १,२०० रुपैयाँ दिने भए । सम्पादकलाई ३६०, लेखकलाई महिनैपिछे ५० को दरले ६०० दिने तय भयो । सम्पादक पनि गोपालप्रसाद रिमाललाई खटाएर पठाइयो । त्यही बेला रिमाल राणाविरोधी आन्दोलनमा लागेको थाहा भएपछि अर्को आदेश आयो, ‘शारदाबाट रिमाललाई झिक, तिम्रो आफ्नो छोरालाई सम्पादक बनाऊ ।’ फलस्वरूप गोविन्दबहादुर मल्ल सम्पादक भए । सात सालको आन्दोलन र श्री ५ को दिल्ली सवारीका घटनापछि शारदा अनियमित भयो । २००७ सालको राजनीतिक परिवर्तनपछि जसोतसो १–२ अंक मात्र छापिए ।[] राणाको स्तुति र चाकरी गरेर नै उनले शारदालाई पनि सञ्चालन गरिरहे । वि. सं. २००७ फागुन ७ गते प्रकाशित भएको दैनिक आवाज प्रकाशित गर्ने पनि मल्ल नै थिए । वास्तवमा उनी परिस्थिति अनुसार काम गर्थे ।

 जोरगणेश प्रेस 

सम्पादन गर्नुहोस्

शारदाको नाउँमा गाँसिएको अर्को संस्था हो- जोरगणेश प्रेस । मल्लले खरदार तीर्थराज सुवालसँग साझेदारीमा प्रेस खोलेका थिए । केही समयपछि नै खरदार सुवालले प्रेसबाट हात झिके । त्यसपछि मल्ल एक्लैले जोरगणेश प्रेस सञ्चालन गरे । त्यसै प्रेसबाट शारदा पत्रिका प्रकाशित भइरह्यो ।[]

मल्लको २०२५ वैशाख ५ गते काठमाडौंमा देहान्त भयो ।

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. http://nai.com.np/contents.php?id=324 वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-१० मिति
  2. http://nai.com.np/contents.php?id=324 वेब्याक मेसिन अभिलेखिकरण २०२३-०७-१० मिति
  3. https://ekantipur.com/koseli/2022/08/13/16603561831725466.html
  4. https://ekantipur.com/koseli/2022/08/13/16603561831725466.html
  5. https://shikshakmasik.com/2636/esewa.com.np