गल्कोट नगरपालिका
(गलकोट नगरपालिकाबाट अनुप्रेषित)
गल्कोट नगरपालिका बागलुङ जिल्लाका ४ वटा नगरपालिकाहरू मध्ये एक हो।[३] २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका दुधिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेवास, पाण्डवखानी र रिघा गाविसहरू यसमा गाभिएका थिए।
गल्कोट नगरपालिका | |
---|---|
निर्देशाङ्क: २८°३१′०७″N ८४°२१′३२″E / २८.५१८६१९°N ८४.३५८७६८°E | |
देश | नेपाल |
प्रदेश | गण्डकी प्रदेश |
जिल्ला | बागलुङ |
स्थापित | २७ फागुन २०७३ |
सरकार | |
• नगरप्रमुख | भरत शर्मा (नेपाली काङ्ग्रेस) |
• उपप्रमुख | फमलाल नीउरे (नेकपा (माओवादी केन्द्र)) |
क्षेत्रफल | |
• जम्मा | १९४.३९ किमी२ (७५.०५ वर्ग माइल) |
जनसङ्ख्या | |
• जम्मा | ३०,५८८ |
• घनत्व | १६०/किमी२ (४१०/वर्ग माइल) |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
क्षेत्रीय सङ्केत | ९७७-६८ |
केन्द्र | साविकको हरीचौर गाविसको कार्यालय |
वेबसाइट | आधिकारिक वेबसाइट |
जनसङ्ख्या
सम्पादन गर्नुहोस्राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार गल्कोट नगरपालिकाको कुल जनसङ्ख्या ३०,५८८ रहेको छ भने यहाँ ७,७१४ घरधुरी रहेका छन्।[२]
भौगोलिक अवस्थिति
सम्पादन गर्नुहोस्यस नगरपालिकाको केन्द्र साविकको हरीचौर गाविसको कार्यालयमा राखिएको छ। यस नगरपालिकालाई ११ वडामा विभाजन गरिएको छ। यस नगरपालिकाको सिमाना पूर्वमा काठेखोला गाउँपालिका, पश्चिममा वडिगाड गाउँपालिका उत्तरमा ताराखोला गाउँपालिका तथा दक्षिणमा वरेङ गाउँपालिका र गुल्मी जिल्लासम्म फैलिएको छ।[३][४]
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१।
- ↑ २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१।
- ↑ ३.० ३.१ "हेर्नुहोस्, तपाईँ कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?", सेतोपाटी, अन्तिम पहुँच फाल्गुन २०७३। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०३-१२ मिति
- ↑ "स्थानीय तहहरूको नाम, संख्या, केन्द्र र वडाको सीमाना सहितको विवरण", सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, नेपाल सरकार, अन्तिम पहुँच २०७३ फाल्गुण २७।