दमौली नेपालको गण्डकी प्रदेशमा पर्ने तनहुँ जिल्लाको सदरमुकाम तथा व्यास नगरपालिकाको प्रशासनिक केन्द्र हो। दमौलीलाई दुई वटा वडामा विभाजित गरिएको छ जसलाई दमौली बजार र मुख्य बजार क्षेत्र भन्ने गरिन्छ। दमौली व्यास नगरपालिकाको वडा नं. २ र वडा नं. ३ मा पर्दछ। दुवै वडाको जम्मा क्षेत्रफल १.१२ वर्ग किलोमिटर (०.४३ वर्ग माइल) रहेको छ भने ३,१३८ घरधुरीको बसोबास रहेको यस नगरको जनसङ्ख्या ११,४०१ रहेको छ।[५]

दमौली
दमौली बजारको दृश्य
दमौली बजारको दृश्य
दमौली is located in गण्डकी प्रदेश
दमौली
दमौली
नक्सामा दमौली बजारको अवस्थिति
दमौली is located in नेपाल
दमौली
दमौली
दमौली (नेपाल)
निर्देशाङ्क: २७°५८′३५″उ॰ ८४°१६′०५″पू॰ / २७.९७६३९°N ८४.२६८०६°E / 27.97639; 84.26806निर्देशाङ्कहरू: २७°५८′३५″उ॰ ८४°१६′०५″पू॰ / २७.९७६३९°N ८४.२६८०६°E / 27.97639; 84.26806
देश नेपाल
प्रदेशगण्डकी प्रदेश
जिल्लातनहुँ जिल्ला
नगरपालिकाव्यास नगरपालिका
वडा२ र ३
नगरपालिकाको भागवि.सं. २०४८ चैत्र ३०[१]
सदरमुकाम घोषितवि.सं. २०२५ माघ १[२]
सरकार
 • वडाध्यक्ष (वडा २)काशीराम श्रेष्ठ[३]
 • वडाध्यक्ष (वडा ३)प्रेमकुमार श्रेष्ठ[३]
क्षेत्रफल
 • जम्मा१.१२ किमी (०.४३ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा११४०१
 • घनत्व१००००/किमी (२६०००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
हुलाक कोड
३३९००
क्षेत्रीय सङ्केत+९७७-६५

विभाजन सम्पादन गर्नुहोस्

व्यास नगरपालिका[४]
वडा नं. प्रशासनिक केन्द्र क्षेत्रफल (किमी) जन. २०६८ घरधुरीहरू
दमौली बजार ०.३८ ७,४१९ २०७८
मुख्य बजार क्षेत्र ०.७४ ३,९८२ १०६०

पृष्ठभूमि सम्पादन गर्नुहोस्

तत्कालिन श्री ५ को सरकारद्वारा नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्ने वि.सं. २०१९ मङ्सिर ५ गतेको निर्णय र वि.सं. २०१९ पौष २ गते नेपाल गजेटमा प्रकाशित सूचना अनुसार तनहुँ जिल्ला गठन गरि बन्दीपुरलाई सदरमुकाम तोकिएको थियो।[६] वि.सं. २०२५ माघ १ गते तत्कालिन श्री ५ को सरकार कानून तथा न्याय मन्त्रालयद्वारा गरिएको निर्णय र सोही मितिमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार सदरमुकाम दमौली बजार क्षेत्र कायम गरिएको थियो।[२][७] वि.सं. २०४८ चैत्र ३० गतेसम्म गाउँ विकास समितिको रूपमा रहेको दमौलीलाई नेपाल सरकारको निर्णय बमोजिम वि.सं. २०४८ चैत्र ३० गते यसलाई व्यास नगरपालिकाको भाग बनाइएको थियो।[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "नगरपालिकाको क्षेत्र तोकेको" (नेपालीमा), नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०४८ चैत्र ३०, पृ: १२, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १२ 
  2. २.० २.१ "तनहुँ जिल्ला अदालत दमौलीमा सारेको सम्बन्धमा", नेपाल राजपत्र, नेपाल सरकार, वि.सं. २०२५ माघ १, अन्तिम पहुँच वि.सं. २०७८ फाल्गुन १३ 
  3. ३.० ३.१ निर्वाचित पदाधिकारी विवरण, व्यास नगरपालिका (Report). नगर कार्यपालिकाको कार्यालय, व्यास. https://vyasmun.gov.np/sites/vyasmun.gov.np/files/documents/Elected%20Body.pdf. अन्तिम पहुँच मिति: वि.सं. २०७८ फाल्गुन १३. 
  4. ४.० ४.१ नगर पार्श्व चित्र, व्यास नगरपालिका (Report). नगर कार्यपालिकाको कार्यालय, व्यास. https://vyasmun.gov.np/sites/vyasmun.gov.np/files/documents/%E0%A4%A8%E0%A4%97%E0%A4%B0%20%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%9A%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AD%E0%A5%AB%20-%20%E0%A4%AC%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B8%20%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%BF%E0%A4%AE%20%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%A4%E0%A4%BF%E0%A4%B5%E0%A5%87%E0%A4%A6%E0%A4%A8.pdf. अन्तिम पहुँच मिति: वि.सं. २०७८ फाल्गुन १३. 
  5. "वडा प्रोफाइल", व्यास नगरपालिका वेबसाइट, व्यास नगरपालिका, अन्तिम पहुँच सन् २०२२ फेब्रुअरी २५ 
  6. "नेपाल अधिराज्यलाई १४ अंचल ७५ जिल्लामा विभाजित", नेपाल गजेट, नेपाल सरकार, अन्तिम पहुँच फेब्रुअरी २०२२ 
  7. "बन्दीपुरमा बन्दै ‘ग्रेटवाल’", गोरखापत्र (नेपालीमा), अन्तिम पहुँच सन् २०२२ फेब्रुअरी २५, "२०२५ सालमा तनहुँको सदरमुकाम दमौलीमा सरेपछि उजाड बनेको बन्दीपुरमा यतिबेला जिल्लाको मात्रै होइन मुलुककै एक मुख्य आकर्षणको केन्द्र बन्ने गरी काम भइरहेको छ ।" 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्