कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कन) एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। जसलाई हरे कृष्ण र गौडिय बैष्णव भनिन्छ। [१] यो एउटा हिन्दु धार्मिक समूह हो। इस्कन सन् १९६६ मा अमेरिकाको न्युयोर्कमा भक्तिवेदन्त दर्शनका स्वामी प्रभुपादद्वारा स्थापित भएको थियो। इस्कन मन्दिर धेरै देशहरूमा अवस्थित छन्।

इस्कन मन्दिर

इतिहाससम्पादन

कृष्ण चेतनाका लागि अन्तर्राष्ट्रिय समाज (इस्कन) एउटा अन्तर्राष्ट्रिय कृष्ण सचेतता समाज हो। हालसम्म इस्कन अन्तर्गत चार सय भन्दा बढी मन्दिर, चालिस ग्रामिण समुदाय र सय भन्दा बढी साकाहारी भोजानलय निर्माण भइसकेका छन्। यसको मुख्य उदेश्य भनेको विश्वव्यापी सिद्धान्त, अध्यात्मिक समझ, एकता, शान्ति र धार्मिक सचेतता बारे पहिचान गराउनु हो। इस्कनले वेद र वैदिक शिक्षासँगसँगै भगवत् गीता र श्रीमद्भगवत[२]को ज्ञानलाई सिकाउँछ। जस अन्तर्गत वैष्णव र भगवान कृष्णप्रति भक्ति प्रेमको बारेमा शिक्षा पनि प्रदान गर्दछ।

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "gaudiya baisnav", cite web, अन्तिम पहुँच २३ सेप्टेम्बर २०१७ 
  2. "Shreemad Vaghvata", अन्तिम पहुँच २५ सेप्टेम्बर २०१७