श्रीमद्भागवत् पुराण

भागवत पुराण हिन्दूहरूका अठार पुराणहरू मध्येको एक हो। यसलाई श्रीमद्भागवतम् अथवा केवल भागवतम् पनि भनिन्छ। यसको मुख्य वर्ण्य विषय भक्ति योग हो, जसमा कृष्णलाई सबै देवका देव वा स्वयं भगवानका रूपमा चित्रित गरिएकोछ। यसका अतिरिक्त यस पुराणमा रस भावको भक्तिको निरूपण पनि गरिएकोछ, परम्परागत रूपमा यस पुराणका रचयिता वेद व्यासनेपालको तनहु जील्लामा जन्मीएका र ईनैले सुर्ती भावमा रहेको वेदलाई समेत लिखीत रूपमा लेखेको हुनाले यीनको नाउ वेद व्यास भनीन्छ । भगवान शुकदेवद्वारा महाराज परीक्षितलाई सुनाइएको भक्तिमार्गको वर्णन यसै पुस्तकमा छ। यसका प्रत्येक श्लोकमा श्रीकृष्ण-प्रेमको सुगन्धि छ। यसमा साधन-ज्ञान, सिद्धज्ञान, साधन-भक्ति,सिद्धा-भक्ति, मर्यादा-मार्ग, अनुग्रह-मार्ग, द्वैत, अद्वैत समन्वयका साथ प्रेरणादायी विविध उपाख्यानहरूको अद्भुत सङ्ग्रह छन्। [१]

श्रीमद्भागवत
भागवत.gif
गीताप्रेस गोरखपुरको आवरण पृष्ठ
लेखकवेदव्यास
देशभारत
भाषासंस्कृत
संस्करणपुराण
विषयश्रीकृष्ण भक्ति
प्रकारप्रमुख वैष्णव ग्रन्थ
पृष्ठ१८,००० श्लोक
सन १५००मा लिखित एक भागवत पुराणमा यशोदा कृष्णलाई स्नान गराउँदै

भागवत पुराणमा महर्षि सूत गोस्वामी उनका समक्ष प्रस्तुत साधुहरूलाई एक कथा सुनाउँछन्। साधुहरू उनीसित विष्णुका विभिन्न अवतारका बारेमा प्रश्न गर्छन्। सुत गोस्वामी भन्दछन् - यो कथा उनले एक अर्का ऋषि शुकदेवबाट सुनेकाथिए। यसमा जम्मा बाह्र स्कन्ध छन्। प्रथम स्कन्धमा सबै अवतारहरूको सारांश रूपमा वर्णन गरिएको छ।

स्कन्धसम्पादन

स्कन्ध संख्या विवरण
प्रथम स्कन्ध यसमा भक्तियोग र यसबाट उत्पन्न एवं यसलाई स्थिर गर्ने वैराग्यको वर्णन गरिएकोछ।
द्वितीय स्कन्ध ब्रह्माण्डको उत्त्पत्ति एवं त्यसमा विराट् पुरुषको स्थितिको स्वरूप।
तृतीय स्कन्ध उद्धवद्वारा भगवानको बाल चरित्रको वर्णन।
चतुर्थ स्कन्ध राजर्षि ध्रुव एवं पृथु आदिको चरित्र।
पञ्चम स्कन्ध समुद्र, पर्वत, नदी, पाताल, नरक आदिको स्थिति।
षष्ठ स्कन्ध देवता, मनुष्य, पशु, पक्षी आदिका जन्मको कथा।
सप्तम स्कन्ध हिरण्यकश्यिपु, हिरण्याक्षको साथ प्रहलाद-चरित्र।
अष्टम स्कन्ध राजवंशहरूको विवरण।
नवम स्कन्ध श्रीरामको कथा।
दशम स्कन्ध भगवान श्रीकृष्णका अनन्त लीलाहरू।
एकादश स्कन्ध यदु वंशको संहार।
द्वादश स्कन्ध विभिन्न युग तथा प्रलय र भगवानका उपांगहरू आदिको वर्णन।

स्रोतसम्पादन

बाहिरका लिङ्कहरूसम्पादन